१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

‘अरूलाई असर नपार्ने गरी चाडपर्व मनाऔं’

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वमा खुसियाली मनाउँदा टोल, छिमेकी र समुदायलाई प्रभावित नपार्न सचेत गराएको छ। देउसी–भैलोसहितका कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने प्रशासन कार्यालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ।

निमित्त प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईद्वारा जारी सूचनामा तिहार तथा छठ पर्वका क्रममा खुसी मनाउँदा अन्य व्यक्ति, टोल, छिमेक, समुदाय र सार्वजनिक जीवनमा असर गर्न नहुनेमा सचेत गराइएको छ।

यस्तै पटाका, भुइचम्पा, आतसबाजीसहितका विस्फोटक तथा अति प्रज्ज्वलनशील पर्दाथ आयात, बिक्री र ओसारपसार गर्न नपाइने प्रशासन कार्यालयले जनाएको छ। जुवा, तास खेल्ने-खेलाउने गरेको पाइए यस्तो कार्यमा संलग्नलाई कानुनअनुसार कारबाही हुने चेतावनीसमेत प्रशासन कार्यालयले दिएको छ। प्रशासन कार्यालयले संस्कृतिको जगेर्ना र शान्तिसुरक्षा कायम राख्नका लागि सहयोग गर्नसमेत सबैसँग आग्रह गरेको छ।

प्रकाशित: २३ कार्तिक २०८० ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App