१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

प्रदेश ५मा स्थायी राजधानीका लागि सहमति खोजिँदै

-प्रदेश ५ को स्थायी राजधानीका लागि ‘उपयुक्त स्थान’ पहिल्याउन सहमतिको प्रयास थालिएको छ । पार्टीका नेता तथा प्रदेश सांसदहरूले उपयुक्त स्थानमा स्थायी राजधानी घोषणा गर्नका आआफ्नो तवरबाट सहमतिका लागि पहल थालेका हुन् । वर्तमान सरकारले घोषणा गरेको अस्थायी मुकाम भौगोलिक तथा भौतिक पूर्वाधारका हिसाबले पनि उपयुक्त नभएको भन्दै स्थायी राजधानीका लागि उपयुक्त थलो चयन गनैैपर्ने आवाज राजनीतिक वृत्तमा व्यापक उठेको छ।

नेपाल–भारत अधिकारीबीच सर्वे टोली पर्खने सहमति

कञ्चनपुरको बेलौरी नगरपालिका– १० सडकघाटमा नेपाली भूमिमा सडक बनाउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको विषयमा दुवै देशका सुरक्षा निकायबीच नेपाल–भारत संयुक्त सर्वे टोलीलाई पर्खेर विवाद समाधान गर्ने सहमति भएको छ।

सहमति नभए चुनावबाट मुख्यमन्त्रीको टुंगो, राष्ट्रिय सभाका मतदातालाई प्रशिक्षण

नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीमा मुख्यमन्त्रीको लागि सहमती नभए चुनाबमा जाने निर्णय गरेको छ।

खानेपानी निर्माण सहमतिको विरोध, मानहानी मुद्दा हाल्ने

विजयपुर दरबार क्षेत्रमा खानेपानी आयोजनाको लागि पानी टंकी निर्माण गर्ने सहमतिको विभिन्न जातीय संघ संस्थाहरुले चर्काे विरोध जनाएका छन्।

सेनाको गाडी खरिदमा रक्षाको असहमति

विशिष्ट पदाधिकारी (भिभिआइपी) को सुरक्षाका लागि सवारीसाधन खरिद गर्न बजेट उपलब्ध गराउन रक्षा मन्त्रालयले असहमति जनाएको छ । नेपाली सेनालेभिभिआइपीको सवारीका क्रममा अगाडि र पछाडि प्रयोग हुने सवारीसाधन किन्न बजेट माग्दा रक्षाले विमति जनाएको हो ।

रोहिङ्ज्यालाई दुई बर्षभित्र स्वदेश फिर्ता गर्ने सहमति

लाखौँको सङ्ख्यामा म्यानमारबाट बङ्गलादेशका विभिन्न भागमा बसोबास गर्दै आएका रोहिङ्ज्या मुशलमानलाई आगामी दुई बर्षभित्र फिर्ता गर्ने लक्ष्यसहित सहमति भएको बङ्गलादेशका अधिकारीले जनाएका छन्।

सरकार र डा.केसीबीच पाँच बुँदे सहमति, अाज अनशन ताेड्दै

मेडिकल शिक्षा सुधारको माग गर्दै पटक पटक सत्याग्रह गर्दै आएका प्रा.डा. गोविन्द केसी र सरकारबीच पाँच बुँदे सहमति भएपछि डा. केसीले शनिवार बिहान १० बजे अनसन तोड्ने भएका छन् । शुक्रवार साँझ सुरु भएको वार्ता मध्यरातअघि सहमतिमा पुगेको छ ।

देउवाले भने– सहमति जुट्ला जस्तो छैन, तर प्रयास गरिरहेको छुँ

रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा दलहरुबीच सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले शुक्रबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सहमति खोज्ने प्रयास आफूले गरिरहेको छु तर सहमति जुट्ला जस्तो छैन।’

दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताएका छन्।  राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँ आज आयोजना गरेको चियापान समारोहमा उनले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको बताए।

दलीय सहमतिमा अस्थायी राजधानी तोक्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख, प्रदेशका अस्थायी राजधानी दलीय सहमतिमा तोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् । राष्ट्रपतिलाई भेट्न सोमबार बिहान १० बजे शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई प्रमुख राजनीतिक दलसँग समन्वय गरेर अघि बढ्न सुझाव दिएकी हुन ।

‘सरकारले सहमतिमै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने’

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सरकार सकेसम्म सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने प्रयासमा रहेको बताएका छन्। आइतबार सञ्चारकर्मीसँग विशेष कुराकानी गर्दै मन्त्री बस्नेतले सरकार सम्भव भएसम्म सहमतिमै उक्त निर्णय गर्ने भनेर पर्खेको स्पष्ट पारे।

कौटिन्होको सरुवामा सहमति

ब्राजिली मिडफिल्डर फिलिप कौटिन्होको सरुवाका लागि स्पेनिस ला लिगा क्लब बार्सिलोना र इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल शनिबार सैद्धान्तिक सहमतिमा पुगेको खबर स्पेनका सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यास नगर्ने सहमति

दक्षिण कोरियाको प्योङच्याङमा हुने शीतकालिन ओलम्पिक खेललाई मध्यनजर गर्दै अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यासलाई केही ढिलो गर्न सहमति भएको छ।

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा कुनै सहमति भएन

बाम नेताहरुले सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा एमाले-माओवी नेताहरुले राष्ट्रिय सभाको निर्वाचन मितिसहित सत्ता हस्तान्तरणको बाटो खोलिदिन आग्रह गरेका हुन्।

ब्याज नबढाउने ‘भद्र सहमति’

लगानीयोग्य पुँजीको अभाव खेपिरहेका बैंकहरुले धमाधम ब्याजदर बढाएर मुद्दती निक्षेप तानिरहेका बेला बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले त्यसरी बारम्बार ब्याजदर नबढाउने भद्र सहमति गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्