हत्याका दोषीलाई तुरुन्त कारबाही गरियोस् : मोर्चा
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीमा भएको घटनाप्रति भर्त्सना गरेको छ। सोमबार बेलुका सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको आकस्मिक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सप्तरीमा जनताले गरिरहेको शान्तिपूर्ण विरोध कार्यक्रमको सिलसिलामा प्रहरीले गोली हानेर हत्या गर्नुका साथै दर्जनौंलाई घाइते बनाएको घटनाप्रति मोर्चाले घोर निन्दा गरेको जारी विज्ञप्तिमा उल्लेख छ।