५ आश्विन २०८१ शनिबार
image/svg+xml

बेलायती प्रधानमन्त्रीलाई नयाँ म्यान्डेट

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)सम्बन्धी यसअघि युरोपेली नेतासँग गरिएको सम्झौतामा पुनर्विचार गर्न बेलायतको संसद्ले प्रधानमन्त्री थेरेसा मेलाई अख्तियारी दिएको छ। बेलायती संसद्ले प्रधानमन्त्री मेलाई नयाँ म्यान्डेट दिए पनि युरोपेली संघका नेताहरुले यसअघि बेलायतसँग भएको सम्झौतामा पुनर्विचार हुनै नसक्ने अडान राख्दै आएका छन्।

‘ब्रेक्जिट रोकिएमा देशले राजनीतिक सुनामी को सामाना गर्नुपर्छ’

बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनबारे सरकारले निर्णय नलिएमा देशले ‘राजनीतिक सुनामी’ को सामना गर्नुपर्ने अवस्था आउने बेलायती व्यापार मन्त्रीले बताएका छन्। अन्तर्राष्ट्रिय व्यापार मन्त्री लियाम फक्सले टेलिग्राफ दैनिकमा लेखेका छन्, “ब्रेक्जिट प्रक्रिया अवरुद्ध हुनुले संसद र जनताबीचको दूरीलाई बढाइदिनेछ, जुन हाम्रो मुलुकको राजनीतिक प्रणालीमा विभाजनको कारक बन्नसक्छ र यसबाट अनपेक्षित नतिजाको सामना गर्नुपर्ने हुन्छ।”

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न वेलायतमा उच्चस्तरीय समिति

नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ सफल पार्न  बेलायतमा एक उच्चस्तरिय समिति गठन गरिएको छ। बेलायतस्थित नेपाली समुदायका प्रतिनिधी तथा वेलायती सांसद समेतको उपस्थितमा शनिवार साँझ दूतावास भवनमा आयोजित एक समारोहका बीच वेलायतका लागि नेपाली राजदूत  डा. दुर्गा बहादुर सुवेदीको संयोजकत्वमा  ‘नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरिय मुल समिति यूके’ गठन  गरिएको हो।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न बेलायतमा उच्चस्तरीय समिति

नेपाल सरकारले घोषणा गरेको 'भिजिट नेपाल २०२०' सफल पार्न  बेलायतमा एक उच्चस्तरीय समिति गठन गरिएको छ।

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

बेलायतकी प्रधानमन्त्री थेरेसा मे विरुद्धको अविश्वासको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ। युरोपेली युनियनबाट बेलायत अलग हुने विषयसँग सम्बन्धित ब्रेक्जिट सम्झौता बहुमतले अस्वीकृत भएपछि विपक्षी लेबर पार्टीले सरकारले संसदमा विश्वासको मत गुमाएको भन्दै प्रधानमन्त्री मेविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको छ।

ब्रेक्जिट सम्झौता संसदबाट अस्वीकृत, प्रधानमन्त्री मेविरुद्ध अविश्वासको प्रस्ताव

युरोपेली संघबाट बेलायत बाहिरिने सम्झौता ‘ब्रेक्जिट’ संसदबाट अस्वीकृत भएको छ। बेलायती प्रधानमन्त्री थेरेसा मेको महत्वाकांक्षी योजना ब्रेक्जिटबारे मंगलवार राती संसदमा भएको मतदानमा ४३२ सांसदले विपक्षमा मत थिए भने २०२ सांसद मात्रै पक्षमा उभिए। यससँगै ब्रेक्जिट सम्झौता संसदबाट बहुमतले अस्वीकृत भयो।

ब्रेक्जिट रोके लोकतन्त्रका लागि दुर्भाग्य हुने चेतावनी

बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) रोके सो कदम लोकतन्त्रका लागि विनाशकारी हुने चेतावनी दिएकी छन्। आइतबार देशका सांसदहरुसँग बोल्दै प्रधानमन्त्री मेले ब्रेक्जिट गर्न नसके त्यसले लोकतन्त्रमा प्रकोप निम्त्याउने चेतावनी दिएकी हुन्।

‘रुस र बेलायतबीच जनवरीबाट कूटनीतिज्ञ आदानप्रदान’

बेलायत र रुसबीच लामो समयदेखि जारी कूटनीतिक तिक्तता अन्त्य हुने भएको छ। मस्को र लन्डनबीच आ–आफ्ना दूतावासमा केही कर्मचारीलाई खटाउने सहमति भएसँगै दुई देशबीच जारी कूटनीतिक समस्या हल हुने भएको हो। सन् २०१८ को सुरुवातमा बेलायत र रुसले एकअर्काका कूटनीतिज्ञलाई देश निकाला गरेपछि दुई देशबीचको कूटनीतिक समस्या चरम उत्कर्षमा पुगेको थियो।

पोखरा म्याराथनलाई बेलायतबाट सहयोग

बेलायत स्थित नेपाली समुदायको तर्फबाट पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि १५ लाख रुपैंया सहयोग गर्ने भएका छन्। फागुन ७ गते पोखरामा हुन् लागेको १३ औं   पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि यो सहयोग गरिन लागिएको हो।

पुनर्निर्माणमा बेलायती राजकुमारको चासो

बेलायतका राजकुमार विलियम्स डुक अफ क्यामब्रिजले भूकम्प पछि नेपालमा भैरहेको पुनर्निर्माणको बारेमा चासो व्यक्त गरेका छन्। राजकुमार विलियम्सले वेलायतका लागि नेपाली राजदूत  डा. दुर्गा बहादुर सुवेदीसँगको भेटमा नेपालको पुननिर्माणको प्रगतिको जानकारी  लिएका हुन्।

प्रदेश छिर्दै बेलायतका राजदूत मोरिस

नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले प्रदेश सरकार र सरोकारवालासँगको भेटलाई तीव्रता दिएका छन् । प्रदेश ३ को राजधानी हेटौंडा पुगेर उनले बिहीबार बिहान प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भेट गरेका थिए ।

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट सम्झौता र आफ्नो करिअर जोगाउन सङ्घर्षरत बेलायती प्रधानमन्त्री थेरेसा मे तीन दिनको बीचमा दोस्रो पटक ब्रसेल्स आइपुगेकी छिन्। युरोपेली युनियनको मुख्यालयमा हुने वार्तामा युरोपेली मध्यस्थकर्ताहरुले प्रधानमन्त्री मेका पछिल्ला धारणाहरुका बारेमा विचारविमर्श गर्नेछन्।

‘विजय माल्यालाई बेलायतबाट भारत सुपुर्दगी गर्नुपर्छ’

भारतका शक्तिशाली व्यापारी विजय माल्यालाई बेलायतबाट भारत सुपुर्दगी गर्नु पर्ने लन्डन अदालतले सोमबार फैसला गरेको छ।

चिताएअनुरूपको सन्तान

बेलायती लेखक एल्डस हक्सलेले सन् १९३२मा ‘ब्रेभ न्यु वल्र्ड’ उपन्यास लेखे। भविष्यमा कस्ता मानिस जन्मन्छन् र के गुण भएका नागरिकले संसारलाई शासन गर्छन् भन्ने भविष्यवाणी गरिएको उक्त पुस्तकलाई सन् २००३ मा बेलायती प्रशारण संस्था बिबिसीले झण्डै १० लाख पाठकमाझ गरेको सर्भे ‘द बिग रिड’ ले प्राचीनकालदेखि त्यसबेलासम्म प्रकाशित लाखौँ पुस्तकमध्ये पढ्नैपर्ने उच्च १०० को स्थानमा छान्यो।

बेलायत गरिब हुने सरकारको चेतावनी

युरोपेली संघमा बस्नुको दाँजोमा ब्रेक्जिट (युरोपेली संघबाट बेलायतको बर्हिगमन)को कुनै पनि प्रकारले बेलायतलाई आर्थिक रूपमा झनै गरिब बनाउने एक सरकारी विश्लेषणले सुझाव दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्