५ आश्विन २०८१ शनिबार
image/svg+xml

ब्रेक्जिट सम्झौतामा हस्ताक्षर, बेलायत बाहिरिने बाटाे खुल्याे

युरोपेली युनियन परिषदले ऐतिहासिक बेलायती बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गरेको छ। ब्रसेल्समा आइतवार आयोजित विशेष समारोहमा (इयु)का २७ सदस्य राष्ट्रका प्रतिनिधिको उपस्थितीमा अध्यक्ष डोनाल्ड टस्कले सम्झौतामा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि अध्यक्ष टस्कले बेलायतको बहिर्गमन सम्झौता र राजनीतिक घोषणापत्रलाई इयुका २७ सदस्य राष्ट्रले अनुमोदन गरेको जानकारी दिएका छन्।

नेकपा नेता नेपाल स्वदेश फिर्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी स्वदेश फर्किएका छन्।

ब्रिटेन इयुबाट बाहिरिए पनि नेपालसंगको व्यापारमा असर पर्दैन : बेलायत

नेपालका लागि वेलायती राजदूत रिचार्ड मोरिसले ब्रिटेन इयुबाट बाहिरिएपछि पनि नेपालसंगको व्यापारमा कुनै असर नपर्ने जनाए। मंगलबार बेलुका लण्डनस्थित नेपाली दूतावासद्वारा आयोजित चौथो नेपाल विकास सम्मेलनमा बोल्दै उनले नेपालसंग दोहोरो कर हटाउने सन्ध‌ि गर्नेबारे गृहकार्य भैरहेको जानकारी पनि दिए।

नेपाल र बेलायतबीच शैक्षिक सहकार्यको प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच सोमबार भएको भेटमा शैक्षिक सहकार्यका विषयमा छलफल भएको छ।

बेलायती दूतावास भित्रै  च्यातियो पर्यटनमन्त्री अधिकारीको  भिसा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायतको  भिसा च्यातिएको अवस्थामा भेटिएको छ। नोभेम्वर ५ देखी ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागि हुन वेलायत आउन लागेका अधिकारीको  भिसामा वेलायती दूतावासको लापर्वाही गरेको कारणले भिसा रद्द भएको हो।

बेलायतमा ‘छक्का पन्जा ३’ को पहिलो शोमै ११ लाख संकलन

दिपाश्री निरौलाद्धारा निर्देशित ‘छक्का पन्जा ३’ बेलायतमा प्रर्दशन भएको पहिलो शोलाई दर्शकहरुले निकै रुचाएका छन्। शनिवार अल्डरशटस्थित प्रिन्सेस हलमा चलचित्र हेर्न आउनेहरुको बाक्लो उपस्थिती थियो। वितरक नेपाली इन्टरटेन्टमेन्ट युकेका विरेन खडकाका अनुसार पहिलो शोमा ७ हजार ८ सय पाउण्ड (११ लाख भन्दा बढी) संकलन भएको छ।

बाघको संख्या दोब्बर वृद्धि भएकोमा बेलायतद्धारा नेपालकाे प्रशंसा

बेलायत सरकारको आयोजनामा लण्डनमा बन्यजन्तुको अवैध व्यापार निराकरण सम्बन्धी द्धिदिवसीय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले अवैध वन्यजन्तु व्यापारलाई संगठित अपराधको रुपमा लिई यसको नियन्त्रणको लागि सरकार र सबै सरोकारवाला निकायहरुबीच साझेदारी र सहयोग अभिवृद्धि लक्ष्य निर्दिष्ट २० वुदेँ विश्व घोषणापत्र जारी गरेको नेपाली दूतावास लण्डनले जनाएको छ।

बेलायती राजकुमारी मर्केल गर्भवती

बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ। राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को बर्षको बसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो। “राजकुमार र राजकुमारीलाई आउँदो सन् २०१९ को बसन्तमा सन्तान लाभ हुने भएको छ,” बेलायती राजदरबार केन्सीङ्टनद्वारा जारी वक्तव्यमा उल्लेख छ।

दुई मन्त्री सहित अाधी दर्जन सरकारी अधिकारीकाे बेलायतमा दशैं

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराई, वन तथा स्वास्थ्य मन्त्रालयका सरकारी कर्मचारी लगाएत आधी दर्जन भन्दा बढी सरकारी अधिकारी सहभागी भएर बेलायतमा दशैं मनाएका छन्।

वनमन्त्री बस्नेत बेलायत प्रस्थान

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अवैध वन्यजन्तुको अंगप्रत्यंग (आखेटोपार) बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार राति बेलायत प्रस्थान गरेका छन्।

युरोपेली युनियनसंग बेलायतको पारपाचुके : चुनौती बन्दै व्यापारिक स्वार्थ

संयुक्त अधिराज्य बेलायत  सन् १९७३ देखिको आबद्धता रहेको युरोपेली  युनियनबाट बाहिरिने जनमत संग्रहको आदेशसंगै अघि बढेको ब्रेक्जिटको बहस बेलायत, यूरोपियन युनियन साथै विश्व बजारमा चरम उत्कर्समा पुगेको छ।

भूकम्प पीडितको कथा सुनेर बेलायती सांसद भावुक

नेपाल भ्रमणमा रहेका बेलायती सांसद स्टेफन गेथिन्स नेपालका भूकम्प पीडितको कथा सुनेर भावुक बनेका छन्। २०७२ सालको भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन्। ‘यो मेरो नेपाल भ्रमणको सबैभन्दा उपलब्धिमुलक भेट भयो’, उनले भने।

संविधान दिवस मनाउन बेलायती राजकुमार नेपाली दूतावासमा

लण्डनस्थित नेपाली दूतावासले एक समारोहका बीच चौथो संविधान दिवस भव्य रुपमा मनाएको छ।  समारोहमा  बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल तथा बेलायतबीच उच्चस्तरीय भ्रमणको तयारी गर्ने बेला भएको बताएका छन्।

विवादित हुँदा पनि युवामाझ किन लोकप्रिय छ गोर्खा भर्ती ?

बेलायती सेना र त्यस अन्तर्गतको सिंगापुर पुलिसका लागि केन्द्रीय अथवा अन्तिम छनोट प्रक्रिया आउँदो जनवरीदेखि पोखरामा सुरु हुँदैछ। सन् २०१९ का लागि करिब ४०० पदको लागि झन्डै दश हजार नेपाली युवा बेलायती सेनाका लागि भिडिरहेका छन्। अन्तिम छ्नोटअघि प्रतिस्पर्धीहरुले धरान र पोखरामा हुँदै गरेको क्षेत्रीय छनोटमा नाम निकाल्न पर्ने हुन्छ।

‘ब्रेक्जिट’ बारे दोस्रो जनमत संग्रह माग

युरोपेली संघबाट बेलायतको बर्हिगमनबारे दोस्रो जनमत संग्रह गर्न लन्डन महानगरका मेयर सादिक खानले माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्