लुंगिनमा ‘एक टोल, एक खेलमैदान’ अभियान
मैदान निर्माणपछि स्थानीय युवामा उत्साह उल्लेखनीय रूपमा बढेको छ। बिहान-बेलुका नियमित रूपमा भलिबल खेलिने गरेको छ भने विभिन्न टोलबीच मैत्रीपूर्ण प्रतियोगिता पनि सञ्चालन हुन थालेका छन्। यसले गाउँमा आपसी सम्बन्ध सुदृढ बनाउन र सामाजिक सद्भाव कायम गर्न सहयोग पुगेको स्थानीय बासिन्दा बताउँछन्।

