७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

शान्तिपूर्ण प्रदर्शनप्रति कठोर बन्दै सरकार

शान्तिपूर्ण तबरले आफ्ना माग राख्न र सरकारलाई जिम्मेवार बनाउन सडकमा निस्किएका युवाप्रति सरकार कठोर बन्दै गएको छ। कोरोना भाइरस रोकथाममा सरकारले गम्भीरता नदेखाएको भन्दै दबाब दिन शुक्रबार बालुबाटार क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवाहरूप्रति सरकारले दमनको नीति लिएको हो।

शान्तिपूर्ण र सत्याग्रहको विचार अझै सान्दर्भिक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरु अहिलेको समयमा अझ बढी सान्दर्भिक भएको बताएका छन्।

थरुहट-थारुवान सम्मेलन शान्तिपूर्ण बनाउन ७ बुँदे सहमति

२०७२ भदौ ७ गते टीकापुरमा भएको दुःखद घटनामा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो।

मृत्युदण्डविरुद्ध शान्तिपूर्ण विरोध

एम्नेस्टी इन्टरनेशनल नेपाललगायत विभिन्न संस्थाले यही असार ११ गते श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले लागुऔषधको अपराधमा कारागारमा रहेका चारजनालाई मृत्युदण्डको सजाय कार्यान्वयनका लागि अधिकारपत्रमा हस्ताक्षर गरेकोप्रति शान्तिपूर्ण विरोध गरेका छन्।

'प्रहरी धरपकड बन्द गरौं'

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले पनि गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले धरपकड गरेकोमा आपत्ति जनाएका छन।

‘गुठी विधेयक संविधानको मर्म र भावना विपरित’

समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि सरकारले हस्तक्षेप गरेकोमा आपत्ति जनाएका छन्।

राजधानीमा बम आतंकपछि विप्लव समूहलाई ‘प्रचण्ड’को चेतावनी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नरहेको बताएका छन्।

विप्लव र सरकारलाई सचेत गराउँदै कांग्रेसले भन्यो : नागरिकको जीवनप्रति गम्भीर बन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन अपिल गरेको छ। सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मंगलवार बसेको केन्द्रीय समिति बैठकले हत्या, हिंसा र चन्दा आतंकको मार्ग परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव समूहलाई अपिल गरेको हो।

‘अमेरिकासँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहन्छौं’

उत्तर कोरियाले संयुक्त राज्य अमेरिकासँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको खुलासा गरेको छ। संयुक्त राष्ट्रसंघीय प्रायोजनमा जेनेभामा भएको निःशस्त्रीकरणसम्बन्धी एउटा सम्मेलनमा जेनेभास्थित राष्ट्र संघका लागि उत्तर कोरियाली राजदूत हान ताई सङले कोरियाली प्रायःद्वीपमा स्थायी र दीगो शान्ति संयन्त्र स्थापनाका लागि प्योङयाङले निरन्तर काम गरिरहने बताउँदै अमेरिकासँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको बताएका हुन्।

संखुवासभामा कांग्रेसको विरोधसभा शान्तिपूर्ण

नेपाली कांग्रेस संखुवासभाले गरेको सरकार विरुद्धको विरोध र्‍याली प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। कांग्रेसले गरेको देशव्यापी विरोध अन्तर्गत संखुवासभा कांग्रेसले मंगलबार विरोध र्‍यालीमा प्रदर्शन गरेको हो।

चीनसँग शान्तिपूर्ण सम्बन्धमा भारतको जोड

भारतले चीनसँग शान्तिपूर्ण सम्बन्धनमा जोड दिने बताएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमण गरी स्वदेश फर्केलगत्तै शनिबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारत र चीनले शान्तिपूर्ण सम्बन्धमा जोड दिने समझदारी भएको बताएको छ।

परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने

यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा १२ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा ११ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ।

बिस्केट जात्रा शान्तिपूर्ण बनाउन सिसिटिभी

भक्तपुरको बिस्केट जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जात्रास्थलमा सिसिटिभी क्यामेरा जडान गरिने भएको छ। विशेष गरेर भैरवनाथको रथ तान्ने क्रममा हुन सक्ने हुलदंगा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाको समन्वयमा ३५ ठाउँंमा सिसिटिभी क्यामरा जडान गरिने भएको हो।

श्रीलङ्कामा निर्वाचन शान्तिपूर्ण, ७० प्रतिशत मत खस्यो

श्रीलङ्कामा स्थानीयस्तरको प्रतिनिधिका चयन गरिने स्थानीय निर्वाचनमा ७० प्रतिशत मतदाताले सहभागिता जनाएका यहाँको निर्वाचन आयोगले शनिबार जनाएको छ।

धरानमा अनसन स्थगित, शान्तिपूर्ण आन्दोलनको घोषणा

प्रदेश राजधानीको मागले अन्यत्र हिंसापूर्ण आन्दोलन चर्किर्दै गर्दा प्रदेश नम्बर १ को धरानमा भने महिना दिन लामो रिले अनसन स्थगित गरिएको छ। धरान प्रदेश नं १ को राजधानी बनाउ अभियान स्वतन्त्र समितिले बिहिबार रिले अनसन स्थगित गर्दै रचनात्मक एवं शान्तिपूर्ण आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्