मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटनामा परी ज्यान गुमाउने संख्या २ पुग्याे, १० गम्भीर घाइते
पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटमा यात्रुबहाक बस दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटमा यात्रुबहाक बस दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
भिमादको जुकेपानीमा यात्रुबाहक जिप दुर्घटनामा परेको छ। भिमाद बजारदेखि आधामारतर्फ जाँदै गरेको ग १ ज ६५२५ नम्बरको जिप जुकेपानीमा सडकमा पल्टिदा ८ जना यात्रु घाइते भएका छन्।
उदयपुरमा गएराति ट्याक्टरको ठक्करबाट एक युवाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडास्थित निर्माणाधीन मदन भण्डारी लोकमार्गमा एउटाले अर्को ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा लागेको ठक्करबाट मोटरसाइकल चालक कालीदास भण्डारी (कृष्ण) को मृत्यु भएको प्रहरीले जनाएको छ।
खुम्बु–पासाङल्हामु गाउँपालिका–२ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा वैशाख १ गते भएको विमान दुर्घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार स्थलगत अध्ययन गरेको छ। टोलीले लुक्ला पुगेर स्थलगत अध्ययन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले बताए।
रम्भा गाउँपालिका–३, देउरालीमा जिप दुर्घटना हुँदा जिप चालकको मृत्यु भएको छ।
सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा गए राति १२ः४५ बजे बस र टिपर एकआपसमा ठक्कर खाएर भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
ट्र्याक्टर दुर्घटनामा परेर मङ्गलबार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ । पोखराको सोही ठाउँ बस्ने ५५ वर्षीया रमादेवी खड्का ग १ त ३१५७ नंको ठक्करबाट गम्भीर घाइते भएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
भक्तपुरको च्याम्हासिंहमा मंगलबार राति ट्रकले पैदल यात्रीलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ।
पाकिस्तानमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केही महिला र बालबालिकासमेत रहेको अधिकारीहरुले मंगलबार जानकारी दिएका छन्।
अगाडि रहेको मोटरबाइकलाई जोगाउन खोज्दा खोटाङको हलेसीमा बस दुर्घट्ना भएको खुलेको छ।
खोटाङमा भएको बस दुर्घटनामा एकको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्। काठमाण्डौंबाट दिक्तेलका लागि छुटेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घट्ना भएको हो।
काठमाडौंबाट खोटाङका लागि छुटेको बस हलेसीमा दुर्घटनामा परेको छ। काठमाडौंबाट यात्रु बोकेर दिक्तेल आउँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घटना भएको हो।
खोटाङ - काठमाडौंबाट खोटाङका लागि छुटेको बस हलेसीमा दुर्घटनामा परेको छ। काठमाडौंबाट यात्रु बोकेर दिक्तेल आउँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घटना भएको हो।
रौतहटमा सोमबार बस र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। गौर–चन्द्रनिगाहपुरसँगै जोडिएको सहायक राजमार्ग अन्तर्गत हर्साहा चौकमा बस र मोटरसाइकल आपसमा ठोकिँदा गरुडाबैरियाका २५ वर्षीय किसन साहको मुत्यु भएको हो। दुर्घटनामा उनकी श्रीमती २२ वर्षीया आरती साह गम्भीर घाइते भएकी छन्।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङको हेलिप्याड गेट नजिकै भएको कार दुर्घटनामा २ जना घाइते भएका छन्।