३ मंसिर २०८१ सोमबार
image/svg+xml

कर्णाली नदीमा बेपत्ता यात्रुको हेलिकोप्टरबाट खोजी गरिँदै

कर्णाली नदीमा जीप खस्दा १५ जना भन्दा बढी वेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए

कर्णाली नदीमा जीप खस्यो, १५ जना वेपत्ता

कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप दुर्घटना भएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसारजीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दाबढी सवार थिए ।

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, ५ जना गम्भीर घाइते

बझाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ। चैनपुर नजिकै डुङ्ग्रीबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको जिप बझाङ्को मस्टा गाउँपालिकास्थित डौठी भन्ने स्थानमा दुर्घटना भएको थियो।

भेनेजुएलामा सडक दुर्घटना, १८ जनाको मृत्यु

पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

ट्याक्सी दुर्घटनामा एकको मृत्यु

गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ।

काठमाडौंबाट छुटेको बस रामेछापमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँबाट रामेछापका लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ।

हेलमेट नलगाई ३/३ जना चढेको दुई मोटरसाइकल आपसमा जुध्दा...

सर्लाहीस्थित छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। हरिपुर नगरपालिका–७, चिताईनमा बुधबार राती दुइटा मोटरसाइकल आपसमा जुध्दा दुबै चालकको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष गम्भीर घाइते

बैतडीको पुर्चौडी नगरपालिका वडा नं.४, भटनाका वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्ट मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। बुधबार साँझ नगरपालिकाबाट घर जाने क्रममा  मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुबै चालकको मृत्यु

दुबै मोटरसाईकलमा तीनतीनजना चढेको र तीब्र गति रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ।

विपद्मा गरिने उद्धार कला प्रदर्शन

२०६९ सालमा बंगलादेशमा तालिम लिएका २५ जनामध्ये सशस्त्र प्रहरीमा अहिले १९ जना गोताखोर रहेका छन्।

आप्रवासी चढेको डुंगा दुर्घटना, ३० जना बेपत्ता

भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएली आप्रवासी बेपत्ता भएका छन् । पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिएका छन्।उनले बेपत्ता भएका व्यक्ति परिवारको सम्पर्कमा नआएको पनि बताए।सो घटनाका बारेमा सरकारी अधिकारीले भने कुनै टिप्पणी गरेका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्