१९ आश्विन २०८१ शनिबार
image/svg+xml

जनजाति संघ क्यानडामा बुढाथोकी

नेपाली जनजाति संघ क्यानडाको अध्यक्षमा गिरिप्रसाद बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्। सन् २०१७ र १८ को कार्यकालका लागि ब्रामटनमा निर्वाचन कार्यक्रम भएको थियो। अध्यक्षमा उनी सर्वसम्मत चयन हुन सफल भए।

डोनाल्ड ट्रम्पः एउटा अर्बपतिको ह्वाइटहाउस यात्रा

आफ्ना आलोचकको पछाडि लाग्नुभन्दा आफूले बोलेकै छाप्ने पत्रकारहरूको खोजीमा उनी लाग्थे। त्यस्तालाई उनी समाचारको स्रोत पनि दिन्थे। कहिलेकाहीँ उनले विशेष सूचना चुहाउँथे र 'योचाहिँ अफ द रेकर्ड हो है' भन्थे अनि तुरुन्तै तिमीले मेरो नाम नराखी यसलाई समाचार बनाए हुन्छ पनि भन्थे।

बालबालिकाको आँखा क्यान्सर

रेटिनोब्लास्टोमा पाँच वर्षमुनिका बालबालिकाको आँखाको पर्दामा हुुने एक प्रकारको आँखा क्यान्सर हो । यो प्रायः नवजात शिशुु तथा २ वर्षमुुनिका बालबालिकामा देखिन्छ । २० हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुुने सम्पूर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ ।

क्यान्सरपीडित चौधरीबाट सहयोगको लागि आग्रह

क्यान्सर रोगले पीडित पथरैया, कैलालीका ३२ वर्षीय नारायण चौधरीले आर्थिक सहयोगका लागि आग्रह गरेका छन्।

क्यान्सरपीडित युवतीलाई अफगानिस्तानका नेपालीको सहयोग

क्यान्सर रोगबाट पीडित बनेकी ओखलढुंगा मुलखर्क-१ निवासी अनिका तामाङ,२० को उपचारका लागि अफगानिस्तानमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन्।

बेलायतमा क्यान्सर पीडित युवतीको मृत शरिर संरक्षण गरिने

बेलायतकी एक १४–बर्षिया किशोरीले क्यान्सरबाट आफ्नो मृत्य हुने निश्चय भएपछि यहाँको अदालतलार्ई पत्र लेख्दै आफू क्यान्सरको उपचार हुन नसक्दा मृत्यु हुन लागेको जनाउँदै मृत्युपछि उनको शरिरलाई अन्त्येष्टि नगर्न र संरक्षण गरिदिन गरेको आग्रहको पक्षमा यहाँको अदालतले फैसला दिएको छ ।

क्यान्सर अस्पतालमा ‘प्रसाद’ शीर्षकमै दुई लाख खर्च

गरिब बिरामीलाई उपचारमा सहुलियत दिन बजेट अभाव भएको जनाउँदै आएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अनावश्यक खर्च प्रशस्त भएको पाइएको छ । अस्पतालमा दसैँ, तिहार र विश्वकर्मा पूजामा प्रसादका लागि मात्रै रु एक लाख ९५ हजार ५७७ खर्च भएको छ ।

प्रसूतिगृहमा अत्याधुनिक क्यान्सर परीक्षण सेवा

थापाथलीस्थित प्रसूतिगृहले पाठेघरसँग सम्बन्धित क्यान्सर पत्ता लगाउने दुई अत्याधुनिक परीक्षण सेवा सञ्चालनमा ल्याएको छ। प्रसूतिगृहले पाठेघरको पानी जाँचेर क्यान्सर पत्ता लगाउने परीक्षण विधि एलबिसी टेस्ट र पाठघेरको मुखको क्यान्सर जाँच गर्ने भिडियो एक्सरे 'कल्कोस्कोपी' सेवा सञ्चालन गरेको हो।

ट्रम्पको जितले क्यानडाको इमिग्रेसन वेबसाइट क्र्यास

अमेरिकी राष्ट्रपति चुनाबको मतगणनामा भइरहँदा अमेरिकीहरुले क्यानडा सर्ने निवेदनमा तीब्रता दिए। ट्रम्प विजय हुने सुनिश्चित हुँदै गएपछि अमेरिका छोडेर क्यानडा बसाइँ सर्न चाहने अमेरिकीहरु यति धेरै भए कि आवेदन ट्राफिक धान्न नसक्दा क्यानडाको इमिग्रेसन वेबसाइट क्र्यास हुन पुग्यो।

कांग्रेस नेतृ सुजाता काेइरालालाई स्तन क्यान्सर

नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालालाई स्तन क्यान्सर भएको आशंका गरिएको छ। दसैंलगत्तै मलेसिया भ्रमणमा रहेका बेला रिँगटा लागेपछि अस्पताल पुगेकी नेतृ कोइरालालाई स्तन क्यान्सर भएको चिकित्सकहरूले जनाएको उनी निकट स्रोतले बतायो। ‘मलेसियामा उहाँको शल्यक्रिया भइसकेको छ,’ निकट स्रोतले भन्यो, ‘बायोप्सीको रिपोर्ट आउन बाँकी छ ।’

गलत खानपानले पाचन अंगमा क्यान्सर

दोलखा मालुकी ५० वर्षीया मसली कार्की (मिजार) भोजन थैलीको क्यान्सर भएपछि यति खेर वीर अस्पतालको अंकोलोजी वार्डमा उपचार गराउँदैछिन् । उनलाई सुरुमा पेट पोल्ने र दुख्ने समस्या देखियो । चार वर्षअघि पेटमा पत्थरी भएको भन्दै धुलिखेल अस्पतालले पित्तथैलीको शल्यक्रिया गर्यो तैपनि उनलाई निको भएन । गत वर्ष फेरि परीक्षण गर्न आउँदा उनलाई भोजन थैलीको क्यान्सर भएको पत्ता लाग्यो ।

स्तन क्यान्सरसम्बन्धी भिडियो हटाएकोप्रति फेसबुकले माफी माग्यो

विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकले क्यान्सरसम्बन्धी एउटा जनचेतनामुलक भिडियो हटाएकोप्रति माफी मागेको छ।

पूर्वराष्ट्रपति डा यादव क्यान्सरमुक्त

अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहेका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन्। यादवकी छोरी अनिता यादवले भनिन्- गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा रहनुभएको छ ।'

राती काम गर्ने महिलामा स्तन क्यान्सरको जोखिम कम

लण्डन– बेलायतका वैज्ञानिकहरुले गरेको एक अध्ययनले रात्रि सेवामा काम गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम भएको देखाएको छ।

क्यान विवाद समाधान गर्न सल्लाहकार समिति

नेपाली क्रिकेटको पछिल्लो विवाद समाधान गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपालमा जारी क्रिकेट विवाद समाधानका लागि ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।नेपाल क्रिकेट संघ (क्यान) माथि प्रतिबन्ध लगाएको आइसिसीले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई एक पत्र लेख्दै समिति गठन गर्न दिएको राखेप सल्लाहकार रोहित दहालले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्