८ मंसिर २०८१ शनिबार
image/svg+xml

तयार भयो बिस्केट जात्राको रथ

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको मुख्य आकर्षण मानिने भैरवनाथको रथ तयार भएको छ । प्रसिद्ध पाँचतले मन्दिरअगाडि राखेर झन्डै ३० फिट अग्लो प्यागोडा शैलीको रथ निर्माण भएको हो।

बिस्केट जात्रा शान्तिपूर्ण बनाउन सिसिटिभी

भक्तपुरको बिस्केट जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जात्रास्थलमा सिसिटिभी क्यामेरा जडान गरिने भएको छ। विशेष गरेर भैरवनाथको रथ तान्ने क्रममा हुन सक्ने हुलदंगा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाको समन्वयमा ३५ ठाउँंमा सिसिटिभी क्यामरा जडान गरिने भएको हो।

बिस्केट जात्रालाई व्यवस्थित गरिने

ऐतिहासिक बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यसवर्ष दिउँसो भैरवको रथ तान्ने निर्णय भएको छ।

बिस्केट जात्रास्थल सफाइ

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु हुन झण्डै दुई साता बाँकी हुँदै बिहीबार जात्राको मुख्य आकर्षणस्थल ल्योसिंखेलमा मान्छेको भीड लाग्यो।

सकियो बिस्केट जात्रा

नौ दिन लामो भक्तपुरको बिस्केट जात्राको मंगलबार समापन भएको छ । भक्तपुरको टौमढीमा राखिएको भैरवनाथको रथ तान्ने क्रम समाप्त भएसँंगै आठ रात नौ दिन लामो जात्रा सकिएको हो ।

भक्तपुरको बिस्केट जात्रा हेर्न बिहानैदेखि भीड

नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा शुक्रबार बिहानैदेखि सुरु भएको छ ।

बिस्केट जात्रामा एकको मृत्यु

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको लिंगो उठाउने क्रममा बिहीबार राति एक जनाको मृत्यु भएको छ। उठाउने क्रममा लिंगो भाँच्चिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन नसकेको महागरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईले बताए।

बिस्केट जात्रामा ढुंगा हान्ने थप ८ पक्राउ

भक्तपुरको बिस्केट जात्रामा सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा ढुंगा प्रहार गर्ने थप ८ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बिस्केट जात्रामा झडप, ४ प्रहरीसहित ११ घाइते

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन्।

भक्तपुरमा आठरात नौ दिन मनाइने बिस्केट जात्रा सुरु (फोटो फिचर)

नयाँ वर्षको आगमनसंगै सुरु हुने भक्तपुरको प्रसिद्घ ऐतिहासिक, साँस्कृतिक एवम् तान्त्रिक महत्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा सुरु भएको छ। सोमबार अपराह्न ५ बजे तौमढीबाट भैरव नाथको रथ तानेर हर्षोल्लासका साथ जात्रा सुरु भएको हो।

आजदेखि भक्तपुरमा बिस्केट जात्रा सुरु

प्रत्येक वर्ष नयाँं वर्षको आगमनसँंगै भक्तपुरमा हुने बिस्केट जात्रा सोमबारदेखि सुरु हुँंदैछ। भक्तपुरको पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथलाई तानेर जात्रा सुरु हुनेछ। रथलाई सोमबार साँंझ तान्न सुरु गरेसँंगै आठ रात नौ दिन लामो भक्तपुरको बिस्केट जात्रा सुरु हुनेछ।

सय वर्षअघिको काठबाट बनाइँदै बिस्केट जात्राको रथ

नयाँ वर्षको आगमनसँंगै प्रत्येक वर्ष भक्तपुरमा मनाइने बिस्केट जात्राका लागि चाहिने भैरवनाथको रथ सयअघिको काठबाट बनाउन थालिएको छ। प्रसिद्ध पाँचतल्ले मन्दिर अगाडि राखेर पुरानो काठैकाठको जोडाइबाट रथ निर्माण सुरु गरिएको हो। प्रत्येक वर्ष जात्राका लागि आवश्यक रथ यही ठाउँंमा राखेर बनाइन्छ।

बिस्केट जात्रामा एक हजार सुरक्षाकर्मी परिचालन गरिने

प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने विश्व प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र पारिएको छ ।

बिस्केट जात्राको लिंगो ल्याइयो

काठमाडौं उपत्यकामै प्रख्यात भक्तपुरको बिस्केट जात्राको तयारी सुरू गरिएको छ। यो वर्ष चैत २८ गतेदेखि सुरू हुने जात्राका लागि गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरले आवश्यक तयारी सुरू गरेको हो। जात्रा बैशाख ५ गतेसम्म चल्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्