८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

बिस्केट जात्राको लिंगो ल्याइयो

भक्तपुर- काठमाडौं उपत्यकामै प्रख्यात भक्तपुरको बिस्केट जात्राको तयारी सुरू गरिएको छ। यो वर्ष चैत २८ गतेदेखि सुरू हुने जात्राका लागि गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरले आवश्यक तयारी सुरू गरेको हो। जात्रा बैशाख ५ गतेसम्म चल्नेछ।

संस्थानले जात्राको मुख्य आकर्षणको रुपमा रहेको लिंगो उठाउने कामका लागि आवश्यक लिंगो जात्रास्थल भेलुखेल ल्याइपुर्‍याएको छ। भक्तपुरको पूर्ववत् चितपोल गाविस (हालको सूर्यविनायक नगरपालिका) स्थित लिंगो वनबाट लिंगो जात्रास्थल भक्तपुर नगरपालिका–११ स्थित ल्योसिंखेल भेलुखेल ल्याइपुयाएको हो। वनबाट रुख काटेर डोरीको सहायताले तानेर लिंगो उठाउने ठाउँ भक्तपुर ल्योसिंखेलमा ल्याइपुर्‍याइएको छ।

संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जात्राका लागि दुई वटा लिंगो ल्योसिंखेल भेलुखेल पुयाइएको जानकारी दिए। एकपटकमा दुई वटा लिंगो ल्याउने परम्पराअनुसार यो वर्ष दुई वटा लिंगो ल्याएको कार्यालय प्रमुख सुवेदीले बताए। लिंगो उठाउने क्रममा भाँंचे विकल्पको रुपमा थप एउटा लिंगो साँंचेर राखिन्छ।

जात्राका लागि प्रत्येकवर्ष नयांँ लिंगो ल्याउने गरिँदैन। पुरानो लिंगो नै उठाउने गरिन्छ। तर पुरानो लिंगो काम नलाग्ने भएपछि नयाँं लिंगो ल्याउने परम्परा छ। पुरानो लिंगो उठाउने क्रममा भाँंचिए नयाँं ल्याउने गरिन्छ।

जात्रामा करिब ५५ हात लामो लिंगो डोरीको सहायताले सैयौँ जात्रालुले तानेर उठाउने गरिन्छ। जात्राको मुख्य आकर्षण पनि यहि हो। प्रत्येकवर्षको अन्तिम दिन (यो वर्ष चैत ३१ गते) यो लिंगो भक्तपुर नगरपालिका ११ स्थित भेलुखेलमा ठड्याइँदै छ। लिंगोलाई प्रत्येकवर्षको नयाँं वर्ष बैशाख १ गते ढाल्ने गरिन्छ। 

प्रमुख सुवेदीले जात्राको क्रममा आवश्यक भैरवनाथको रथ निर्माण कार्य पनि सुरू गरिएको बताएका छन्। भक्तपुर नगरपालिका–११ स्थित पाँचतल्ले मन्दिर टौमढीमा राखेर रथ बनाउन सुरू गरिएको उनले बताए। रथ तीनतल्ले प्यागोडा शैलीमा काठैकाठबाट बनाइन्छ।

उनले रथ तान्नका लागि आवश्यक डोरी खरिद कार्य पनि सम्पन्न भएको बताए। जात्राका क्रममा लिंगो उठाउन र भैरवनाथ र भद्रकालीको रथ तान्न मोटो डोरी आवश्यक पर्छ। भक्तपुरमा प्रत्येकवर्ष नयाँं वर्षको चार दिन अघिबाट सुरू हुने जात्रा बैशाख ५ गतेसम्म चल्ने परम्परा छ। भक्तपुरको टौमढीमा राखेर बनाइएको भैरवनाथको रथ तानेर सुरू हुने यो जात्रा बैशाख ५ गते त्यही ठाउँंमै भैरबनाथकै रथ तानेर सम्पन्न हुने परम्परा रहिआएको छ।

प्रकाशित: ३ चैत्र २०७३ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App