२६ आश्विन २०८१ शनिबार
image/svg+xml

केरलाबाट राहुलको उम्मेदवारी दर्ता

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा सदस्यका लागि केरलाको वायानादबाट निर्वाचन लड्ने गरी उम्मेदवारी दर्ता गराएका छन्।

छ किलो सुनसहित ४ भारतीय विमानस्थलबाट पक्राउ

छ किलो सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार ४ सय ९७ ग्राम सुन बोकेका एक पुरुष र ५ किलो सुनजस्तो देखिने वस्तुसहित ३ महिलालाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो।

किन कमजोर हुँदै छन् मोदी ?

इन्दिरा गान्धीको पालामा कंग्रेस बहुमत सरकार गठनपछि एकल सरकार गठन गर्ने भाजपा नै पहिलो दल हो। लामो समय गठबन्धन सरकार चलेको भारतमा गठबन्धन सरकारलाई प्रभावमा पारेजस्तै बहुमत सरकारका प्रधानमन्त्रीलाई आफूअनुकूल चलाउन शक्ति राष्ट्रलाई सहज नभएको विश्वास गरिन्छ।

टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतको आदेश

भारतमा टिकटक प्रतिबन्ध लगाउन एक अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। टिकटकले अश्लील र अनुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै मद्रासको उच्च अदालतले प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको हो। टिकटक एप डाउनलोड निषेध गर्नसमेत आदेशमा भनिएको छ।

पेट्रोल पाइपलाइन सम्पन्न गर्न भारत बढी आतुर

नेपालको नयाँ संविधानप्रति असहमति जनाउँदै भारतले लगाएको नाकाबन्दीको असर सर्वत्र परे पनि भारत र नेपालका बीच बन्न लागेको पेट्रोलियम पाइपलाइन परियोजनामा भने यसले फाइदा पु-याएको छ।

हावाहुरी पीडितलाई भारतीय महावाणिज्य दूतावासको सहयोग

बाराका हावाहुरी पीडितलाई वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासले त्रिपाल सहयोग गरेको छ। दूतावासले फेटा गाउँपालिकाका घरबार गुमाएका पीडितलाई ५ सय थान त्रिपाल र सुवर्ण गाउँपालिकास्थित हर्दिया गाउँका ७१ परिवारलाई राहत सामग्री वितरण गरेको हो।

कंग्रेससम्बद्ध कैयौं फेसबुक पेज बन्द

भारतको प्रमुख विपक्षी दल कंग्रेससम्बद्ध ७१२ वटा फेसबुक खाता र ३९० वटा पेज बन्द गरिदिएको छ। अनधिकृत गतिविधि गरेको पाइएकाले ती खाता र पेज बन्द गरिएको फेसबुकले सोमबार जनाएको छ।

लगानी सम्मेलनको छायामा व्यापार मेला, भारत–पाक तनाव पनि कारक

पाकिस्तान र भारतबीचको सीमा विवादको यतिवेला नेपालमा भइरहेको व्यापार मेलामा प्रत्यक्ष रुपमा देखापरेको छ। ८ औं अन्तर्राष्ट्रिय व्यापार मेलामा पाकिस्तानले २५ वटा स्टल बुक गरेको थियो। तर उसले दुई वटामा मात्र भाग लियो। दुई देशबीचको विवादले बुकिङ भएका स्टलसमेत त्यत्तिकै रहे।

नेपाल–भारत सीमा बैठक : निर्वाचन अवधिमा ७२ घण्टा सीमा बन्द हुने

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै ७२ घण्टा भारत–नेपाल सीमानाका बन्द गरिने भएको छ। भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा बैठकले चैत २६ गतेदेखि तीन दिनसम्म  निर्वाचनलार्य शान्तिपूर्वक सम्पन्न गर्न सीमा नाका बन्द गर्ने  निर्णय गरेको हो।

‘यस्तो लोकतन्त्रले मात्र भारतको सपना साकार हुन्छ’

सन् २०१६ को फेब्रुअरीमा कन्हैया कुमारको नाम भारतमा एकाएक चर्चामा आयो। उनी त्यत्तिबेला जवाहरलाल नेहरु विश्वविद्यालय(जेएनयु)को विद्यार्थी युनियनका सभापति थिए। उनलाई प्रहरीले गिरफतार गरी राजद्रोहको आरोप लगाएको थियो। कन्हैयाले ‘आजादी’ को माग गर्दै नारा लगाएको प्रमाणित गर्न त्यतिबेला सार्वजनिक गरिएको श्रव्यदृश्य कालान्तरमा नक्कली भएको पुष्टि भयो। त्यो घटना भएको तीन वर्षपछि गएको जनवरी महिनामा प्र्रहरीले उनीविरुद्ध औपचारिक रूपमा मुद्दा दायर ग-यो। तर प्रहरीको उक्त अभियोगपत्रमा धेरै प्रकारका अस्पष्टता छन्। यसबीच कन्हैयाले विद्यावारिधि हासिल गरे। भारतमा हुन लागेको लोकसभा निर्वाचनमा उनले विहारको बेगुसारियाबाट भारतीय कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन्।

२४ किलो चरेशसहित भारतीय नागरिक पक्राउ

२४ किलो चरेशसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले शनिवार पत्रकार सम्मेलन गरी चरेशसहित वीरगञ्ज १५ स्थित बसपार्कबाट पक्राउ परेका भारतको कलकत्ता शिविरपुर २७ का सहनवाद अब्दुललाई सार्वजनिक गरेको हो।

गान्धीनगरबाट पहिलोपटक लोकसभा चुनाव लड्दै अमित शाह

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवारी दिएका छन्। भारतको सत्तारुढ दलका अध्यक्ष शाहले शनिबार आफ्नो उम्मेदवारी दर्ता गराएकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। अध्यक्ष शाह अहिले राज्यसभा सदस्य छन्। उनले पहिलो पटक लोकसभाका लागि उम्मेदवारी दिएका हुन्।

मोदीद्वारा ‘नयाँ भारतको प्रतिबद्धता’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न लोकसभा निर्वाचनका लागि आफ्नो दल भारतीय जनता पार्टी (भाजपा)को औपचारिक चुनावी अभियान बिहीबार सुरु गरेका छन्।

काश्मिर आत्मघाती हमलामा हाम्रो संलग्नता छैन – पाकिस्तान

पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ।

सन्राइजको स्वास्थ्य योजना भारतमा लागू हुने

सन्राइज बैंकले हाल दिइरहेकको स्वास्थ्य बिमा योजना सुविधामा भारतका प्रमुख १५ वटा अस्पताल पनि समावेश गरेको छ। समावेश गरिएको अस्पतालको सूची सन्राइज बैंकको वेबसाइटमा हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्