काठमाडौं– सन्राइज बैंकले हाल दिइरहेकको स्वास्थ्य बिमा योजना सुविधामा भारतका प्रमुख १५ वटा अस्पताल पनि समावेश गरेको छ। समावेश गरिएको अस्पतालको सूची सन्राइज बैंकको वेबसाइटमा हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ।
सन्राइज बैंकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च बढीमा एक लाख रूपैयाँ वा बचत खातामा रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशतमा नबढ्ने गरी नगद दाबी गर्न सक्नेछन्।विगतका योजना अनुसार वर्षमा एकचोटि बिमा दाबी गर्न सकिन्थ्यो। गएको चैत १ देखि ग्राहकको सुुविधालाई मध्यनजर गर्दै वर्षमा तीन पटकसम्म बिमा दाबी गर्न सक्ने योजना अघि सारेको छ। साथै सन्राइज बैंकका बचतकर्ताले पाँच लाखसम्मको दुर्घटना बिमा र एक सयभन्दा बढी अस्पतालमा २० प्रतिशतसम्म छुट दिँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १४ चैत्र २०७५ ०६:२६ बिहीबार