२६ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतमा दोस्रो चरणको मतदान सुरु

भारतको तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान शुरु भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा ९५ स्थानका लागि बिहीबार मतदान हुँदैछ

मेरो राजनीति कर्पोरेट क्षेत्र पोस्न हैन : कन्हैया कुमार

यदि म देशद्रोही नै हुँ भने भारतको निर्वाचन आयोगले के हेरेर बसिरहेको थियो ? यो निर्वाचन अभियानमा मलाई देशद्रोही करार गर्नु त यो सरकारको बाध्यता हो।

हावाहुरीका कारण भारतमा ४१ को मृत्यु

भारतका विभिन्न ठाउँमा आएको हावाहुरीका कारण ४० जनाभन्दा बढीको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमाचल, हरियाणा तथा नयाँ दिल्लीमा हावाहसरीसँगै भिषण वर्षा भएको छ।

विश्वकप क्रिकेटका लागि भारतीय टिममा काे परे, काे बाहिरिए ?

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आज १५ सदस्यीय टोली घोषणा गरेको हो। टिममा रोहित शर्मालाई उपकप्तानकाे जिम्मेवारी दिइएकाे छ।

मोदीकालमा जेएनयूलाई कसरी बनाइँदैछ कमजोर?

सन् १९७५ मा भारतले सिक्किमलाई आफ्नो भूभागमा गाभेको विरोधमा जेएनयुका विद्यार्थी आन्दोलनमा थिए। त्यहीँबेला इन्दिरा गान्धी आफ्नो पिताको शालिकमा माल्यार्पण गर्न जाँदा विद्यार्थीले उनलाई प्रवेश गर्न दिएनन्। तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी विश्वविद्यालयको गेटबाटै फर्किइन्।

जेट एयरवेज उडान बन्द

भारतीय वासेवा कम्पनी जेट एयरवेजले शुक्रबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । भारतकै सबैभन्दा पुरानो निजी वायुसेवा कम्पनी आर्थिक संकटमा परेपछि उडान स्थगित गरेको बुझिएको छ । नेपालमा पनि लगातार दुई वर्षभन्दा बढी पर्यटक भित्र्याउने सफल जेट एयरवेजले काठमाडौं–डिल्ली उडान पनि बन्द गरेको हो ।

‘भारतमा बहुमतको सरकार बन्ने सम्भावना कम छ’

भारतमा बहुमतको सरकार बनने सम्भावना एकदमै कम छ। हामीले केही समयअघि भएको महत्त्वपूर्ण ठाउँका विधानसभाको निर्वाचनलाई हेर्ने हो भने पनि बहुमतको सरकारको सम्भावनालाई त्यसले सहज नभएको बताउँछ।

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले दियो ८० करोड

भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि ८० करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। भूकम्पबाट क्षतिग्रस्त गोरखा र नुवाकोटमा ५० हजार घर निर्माणका लागि भारत सरकारले ८० करोड रुपैयाँ हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ।

भारतमा बरामद ३३ किलो सुन नेपालबाट नलगिएको दाबी

भारतीय प्रहरीले गत पुसमा बरामद गरेको ३३ किलो सुन नेपालबाट गएको नभई भुटानबाट आएको दाबी गरेको छ। भारतीय राजस्व अनुसन्धान विभागले दिएको जानकारीअनुसार सो परिमाणको सुन नेपालबाट लगिएको नभई भुटानबाट तस्करी भई भारत आएको हो। कोलकाताको राजस्व अनुसन्धान विभागका वरिष्ठ अनुसन्धान अधिकृत तुषारकान्ती विश्वासले दिएको प्रतिवेदनमा बरामद ३३ किलो सुन भुटानको बाटो हँुदै भारत भित्रिएको र सुन ल्याउने व्यक्ति पनि भारतीय नै भएको उल्लेख छ।

भारतमा आज पहिलो चरणको मतदान

भारतमा लोकसभाको निर्वाचन बिहीबार सुरु भएको छ। देशभर सात चरणमा सम्पन्न हुने निर्वाचनमा पहिलो चरणअन्तर्गत विभिन्न २० राज्यका ९० क्षेत्रमा निर्वाचन हुँदैछ। पहिलो चरणमा नेपालसँग सीमा जोडिएका बिहार र उत्तरप्रदेशका विभिन्न क्षेत्रसहित आन्द्रप्रदेश, अरुणाञ्चल, आसाम, छत्तीसगढ, सिक्किम, उत्तराखण्डलगायतका राज्यमा निर्वाचन हुँदैछ। मे १९ मा निर्वाचन सम्पन्न भएपछि मे २३ मा मतगणना सुरु हुनेछ।

भारतद्वारा सिराहामा २५ शैय्याको प्रसूति अस्पताल निर्माण

भारतले सिराहामा निर्माण गरेको २५ शैय्याको चन्द्र नारायण यादव मेमोरियल प्रसूति अस्पतालको उद्घाटन गरिएको छ। बुधबार भारतीय राजदूत मञ्जिभसिंह पुरी, नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले विभिन्न राजनीतिक दलका नेता तथा सामुदायिक अगुवा एवम् स्थानीयको उपस्थितिमा अस्पतालको उद्घाटन गरेका हुन्। सीता चन्द्रनारायण यादव मेमोरियल ट्रस्टकी अध्यक्ष पनि हुन्।

भाजपाद्वारा चुनावी घोषणापत्रसार्वजनिक, कृषिलाई विशेष प्राथमिकता

भारतको सत्तारुढ भारतीय जनता पार्टीले आसन्न लोकसभा निर्वाचनका लागि सोमबार आफ्नो चुनावी घोषणापत्र जारी गरेको छ। भाजपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा विशेषगरी किसानमैत्री कार्यक्रमलाई जोड दिइएको छ।

म कसरी दमाई ?

सन् १९६५ मा भारत सरकारले डा. भीमराव अम्बेडकर जयन्तीमा दिँदै आएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको कडा विरोध गर्दै राजनीतिमा प्रवेश गरेका बहुजन नायक कांशीराम (सन् १९३४–२००६) ले १९८४ मा बहुजन समाज पार्टी स्थापना गरे। उनले भनेका छन्, ‘एउटा कुकुरलाई ढुंगोले हान्नुस्, त्यो कुकुर डरले भाग्छ तर माहुरीको गोलोमा ढुंगो हान्नुस् त तिनीहरूले तपाईँलाई कसरी आक्रमण गर्नेछन् ? किनभने कुकुर एक्लै हुनाले डराउँछ तर माहुरीको झुन्ड हुन्छ र शत्रुविरुद्ध आक्रमण गर्छन्।’

भाजपाविरुद्ध मत हाल्न छ सय बढी कलाकारकाे आग्रह

बिहीबार छ सयभन्दा बढी कलाकारले एउटा संयुक्त विज्ञप्ति जारी गर्दै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई मत नदिन भनेको विषयले यतिबेला भारत मात्रै नभई विश्वको ध्यान खिचेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्