संसद्लाई रास्वपाको क्रीडास्थल बन्न नदिऔंः पूर्ण बस्नेत
संसद् चल्न नदिन अपनाएको विरोधको रास्वपा शैलीप्रति कटाक्ष गर्दै बस्नेतले नेपालको राजनीतिमा को कसरी कतिसम्म नाङ्गिन सक्छ भन्ने कुरा जनताले राम्ररी ठम्याइसकेको दाबी गरे। उनले भने, 'रास्वपाको नैतिकताको जामाले कसैको लाज छोपिने अवस्था छैन।'