६ आश्विन २०८१ आइतबार
image/svg+xml

बेलायत सरकारद्वारा भूतपूर्व गोर्खाका लागि ६ अर्बको राहत प्याकेज घोषणा

लामो समयदेखि आन्दोलरत भूतपूर्व गोर्खा सैनिकका लागि बेलायत सरकारले विशेष राहत प्याकेज घोषणा गरेको छ। लण्डनस्थित नेपाली दूतावासका अनुसार बेलायतले बिहीबार भूतपूर्व गोर्खाका लागि ४६ मिलियन पाउण्ड अर्थात् ६ अर्ब ७० करोड रुपैयाँ बराबरको राहत प्याकेजको घोषणा गरेको हो।

प्यारासुट नखुलेपछि नेपाली सेनाका हवल्दार घाइते

राजधानीको टुँडिखेलमा सैनिक दिवस मनाउने क्रममा प्यारासुट जम्पिङका क्रममा प्यारासुट राम्राेसँग नखुलेपछि नेपाली सेनाका हवल्दार पूर्णबहादुर भण्डारी घाइते भएका छन्।

प्यारासुट अनियन्त्रित हुँदा एक सैनिक घाइते

प्यारासुट जम्पिङका क्रममा प्यारासुट अनियन्त्रित हुँदा नेपाली सेनाका एक सैनिक घाइते भएका छन्। प्यारासुट उडाउने क्रममा एक सेना घाइते भएका नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए।

सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्झौता

सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंक लिमिटेडबीच शैक्षिक कर्जासम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा कोषका उपरथी ताराध्वज पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन्।

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच भेटवार्ता

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले आज शिष्टाचार भेट गरेका छन्। उनले नेपालको विकास र समृद्धिका लागि सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गरे।

भूतपूर्व गोर्खा सैनिकको पेन्सनमा विभेद नहोस् : रक्षामन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र संयुक्त अधिराज्य बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यानकास्टरबीच भेटवार्ता भएको छ। रक्षा मन्त्रालय सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

सामरिक कसरतको अखडा

गोर्खाली सैनिकहरूबारे कूटनीतिक परामर्श गर्ने निहुँमा वेलायतका मन्त्री आएका छन्। युरोपेली संघको अध्यक्षता गरिरहेको अस्ट्रियाका मन्त्रीको नेपाल भ्रमण पनि पूर्वनिर्धारित छ। चिनियाँहरूको कूटनीतिक अग्रसरता अनौपचारिक तवरबाट हुने गर्छ। त्यसैले त्यसबारेको विस्तृत विवरण सार्वजनिक वृत्तमा बिरलै देखापर्छ।

काश्मिरमा भारतीय सैनिकमाथि फेरि आक्रमण, ७ जनाकाे मृत्यु

भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात सैनिकको मृत्यु भएको छ।  काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो।

काश्मिर आक्रमणमा ४० सैनिकको मृत्यु

भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ४० जना सैनिकको मृत्यु भएको छ। भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण आक्रमण हो। श्रीनगर शहरको बाहिरी इलाकाबाट जैस–ए–मोहम्मद इस्लामिक समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ। करिब २५ सय अर्धसैनिकहरु लिएर गइरेहको ७८ ओटा सवारी साधनलक्षित यो आक्रमण भएको थियो।

१० लडाकु मारिए

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सरकारी फौजले गरेको कारबाहीमा कम्तीमा १० जना लडाकु मारिनुका साथै दर्जनौं घाइते भएको सेनाले जनाएको छ। सैनिक कारबाहीमा विद्रोहीको नियन्त्रणमा रहेका दर्जनौं गाउँलाई पनि पुनःमुक्त गरिएको सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताए।

सैनिक स्मारक भत्काएर व्यापारिक कम्प्लेक्स

देशका लागि प्राण आहूति दिने सैनिकको स्मृतिमा स्थापित स्मारक रहेको जमिनमा व्यापारिक भवन बन्ने भएको छ। सैनिक स्मारकसमेत रहेको पुल्चोकस्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रहेको १७ रोपनी जग्गामध्ये १० रोपनी जग्गामा आकृति हाउजिङले व्यापारिक कम्प्लेक्स बनाउन प्रक्रिया थालेको हो।

अमेरिकाले सिरियाबाट सैनिक फिर्ता नगर्ने

संयुक्त राज्य अमेरिकाले सिरियाबाट सैनिक नभएर अन्य उपकरणहरु फिर्ता गर्न लागेको जनाएको छ। यसअघि अमेरिकाले सिरियाबाट आफ्नो सैन्य सदस्यहरु नै फिर्ता गर्न लागेको बताइएको थियो। तर पनि अहिलेका लागि अमेरिकाले आफ्ना सैनिक फिर्ता नगर्ने निर्णय गरेको हो।

सिरियाबाट अमेरिकी सेना फिर्ता हुन सुरु

सिरियामा तैनाथ अमेरिकी नेतृत्वको सैनिकहरु फिर्ता हुनेक्रम सुरु भएको छ। गठबन्धनका एकजना प्रवक्ताले सैनिक फिर्तीको स्थान वा समय तालिकाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेका छन्।

अफगानिस्तानमा २५ तालिवानी लडाकु मारिए

अफगानी सैनिकको हवाई कारवाहीमा कम्तिमा २५ जना तालिवानी लडाकु मारिएका छन । सोमवार भएको उक्त सैन्य कारवाही कावुलवाट ३५ किलोमिटर पश्चिममा रहेको वर्दक प्रान्तमा भएको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ।

अफगानिस्तानमा २५ तालिवानी लडाकु मारिए

अफगानी सैनिकको हवाई कारवाहीमा कम्तिमा २५ जना तालिवानी लडाकु मारिएका छन । सोमवार भएको उक्त सैन्य कारवाही कावुलवाट ३५ किलोमिटर पश्चिममा रहेको वर्दक प्रान्तमा भएको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्