११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कीर्तिमानको योजनामा जोकोभिच

नोभाक जोकोभिचले एटिएफ टुरको फाइनलमा जितका साथ कीर्तिमानी छैटौंपटक विश्व नम्बर एकमा रहँदै वर्ष २०१९ को अन्त्य गर्ने योजनामा रहेको बताएका छन्।

नेपाल पुलिस क्वार्टरफाइनलमा

प्रतिस्पर्धात्मक खेलमा झापा–११ लाई २–१ गोलले पराजित गर्दै पुलिसले क्वार्टरफाइनलको यात्रा गरेको हो। पुलिसका लागि सुमन लामा र सौजन याख्खाले १÷१ गोल गरेका थिए। खेलको छैटौं मिनेटमै झापा–११ का निरज बस्नेतले प्रहार गरेको बल गोलपोस्टबाट फर्किंदा गोल गर्ने अवसर गुमायो। त्यसपछि पाएका अवसरमा पनि झापा–११ ले गोल गर्न भने सकेन। तर, १३औं मिनेटमा पाएको फ्रिकिकबाट पुलिसले अग्रता बनायो।

पाहुना टोली सिक्किम क्वार्टरफाइनलमा प्रवेश

पाहुना टोली एफसी सिक्किमले झापाको डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि सुरु अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमा आयोजक जायोन स्पोर्ट्स क्लबलाई ५–२ गोलले पराजित गर्दै सिक्किम क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

पाँच विद्यालय क्वाटर फाइनलमा

प्रथम नेपाल–हिल्फे कप जिल्लास्तरीय खुला छात्रा भलिबल प्रतियोगिताको अन्तिम आठमा विभिन्न पाँच विद्यालयले स्थान सुरक्षित गरेका छन्।

नेपाल पुलिस क्लब फाइनलमा

नेपाल पुलिस क्लब नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ सिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

काठमाडौं फाइनलमा

विराटनगर टाइटन्समाथि ९ विकेटको फराकिलो जित निकाल्दै क्याट क्विन्स काठमाडौं राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसिल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

त्रिभुवन आर्मी सेमिफाइनलमा

साबिक विजेता एपिएफ क्लबलाई १–० ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सोमबार नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

वुमन्स च्याम्पियन्स लिग : चितवन अपराजित रहँदै फाइनलमा

अपराजित यात्रालाई आइतबार पनि निरन्तरता दिएको चितवन राइनोज राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) को फाइनलमा प्रवेश गरेको छ।

जावलाखेल क्वार्टरफाइनलमा

युनाइटेड फुटबल क्लब दार्जिलिङलाई ३–१ गोलअन्तरले पराजित गर्दै जावलाखेल फुटबल क्लब आइतबार नारायगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

नेटबलको सेमिफाइनल समीकरण पूरा

पहिलो दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ। लिग चरणका दुई खेल बाँकी छँदै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो।

एपिएफ क्वार्टरफाइनलमा

सडन डेथमा झापा–११ लाई ५–४ ले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब शनिबार नारायणगढमा जारी टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयभित्र दुवै टोलीले गोल गर्र्ने प्रयास गरे पनि सफल नहुँदा खेल टाइब्रेकरतर्फ धकेलिएको थियो।

जापान क्वार्टरफाइनलमा

आयोजक राष्ट्र जापानले जारी रग्बी विश्वकपमा एकपछि अर्को अपत्यारिलो जित निकाल्ने क्रममा स्कटल्यान्डलाई स्तब्ध बनाउँदै आइतबार क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

ओसाका क्वार्टरफाइनलमा

प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएकी ओसाकाले पहिलो खेलमा बाई पाएकी थिइन्। शीर्ष वरीयताकी ओसाकाले वेस्टर्न जापानमा भएको खेलमा १ सय ८१औं वरीयताकी तोमोभाविरुद्ध ७–५,६–३ को जित हात पारिन्।

महिला टोली फाइनलमा

मित्रराष्ट्र इन्डोनेसियाको योकार्ता सहरमा जारी २४औं एसियन टेबलटेनिस च्याम्पियनसिप २०१९ मा नेपाली महिला टोली फाइनल प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्