११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एन्फा एकेडेमी र महेन्द्र एकेडेमी सेमिफाइनलमा

प्रदेशस्तरीय यु–१४ प्रथम एन्फा एकेडेमी कप फुटबल प्रतियोगितामा एन्फा केडेमी धरान र महेन्द्र मेमोरियल फुटबल एकेडेमी सेमिफाइनल प्रवेश गरेका छन्।

सुशील र प्रदीप अन्तिम चारमा

आर्मीका सुशील थापा र एपिएफका प्रदीप महर्जन १३औं दक्षिण एसियाली खेलकुद (साग) छनोटको सेमिफाइनलमा पुगेका छन्। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा आइतबार पुरुष ४९ केजीमा आर्मीका सुशील र एपिएफका प्रदीप सेमिफाइनलमा पुगेका हुन्। सुशीलले सुदूरपश्चिम प्रदेशका मोहन गुरुङलाई र प्रदीपले पुलिसका दीपेश राईलाई समान अंकका आधारमा ५–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन्।

टिआइए र पञ्चकन्याले सेमिफाइनल खेल्ने

टिआइए र पञ्चकन्या स्कुलले प्रथम बिबिबिएचएस अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

सावित्राको गोलबाट नेपाल फाइनलमा

स्ट्राइकर सावित्रा भण्डारीको निर्णायक गोलबाट नेपाल मंगलबार किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

सेरेना र एन्ड्रिस्क्युबीच उपाधि भिडन्त

क्यानडाकी बियन्सा एन्ड्रिस्क्यु र अमेरिकी सेरेना विलियम्स युएस ओपनको फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार भएको सेमिफाइनलमा विश्व वरीयतामा १५औं स्थानमा रहेकी एन्ड्रिस्क्युले स्विट्जरल्यान्डकी बेलिन्डा बेन्सिचमाथि ७–६(७–३),७–५ को जितका साथ सेरेना विलियम्ससँग शनिबार हुने फाइनल भेट पक्का गरेकी हुन्। पहिलो पटक सन् १९९९ मा सेरेनाले युएस ओपनको उपाधि जित्दा एन्ड्रिस्क्यु जन्मेकी पनि थिइनन्।

इनोभेटिभ सेमिफाइनलमा

इनोभेटिभ १०औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ।

नाडालको लय कायमै

अर्जेन्टिनी डिएगो स्क्वार्चम्यानलाई ६–४, ७–५, ६–२ ले हराउँदै युएस ओपनको सेमिफाइनल प्रवेश गरेसँगै राफेल नाडालले आफू अझै स्वाभाविक लयमा रहेको प्रतिक्रिया दिएका छन् ।

न्यु समिट र टेक्सस सेमिफाइनलमा

आयोजक न्यु समिट र टेक्सस दोस्रो टियु बिएसस्सी सिएसआइटी अन्तरकलेज बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ।

सिसिआरसी सेमिफाइनलमा

सिसिआरसी मंगलबार नवौं बर्नहार्ट कप अन्तरकलेज पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बल्खुस्थित बर्नहार्ट कलेजको कोर्टमा भएको खेलमा सिसिआरसीले समृद्धिलाई ६०–५५ को स्कोरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। खेलमा सिसिआरसीका सफल मगरले सर्वाधिक १४ स्कोर गरेका थिए।

वावरिन्का क्वार्टरफाइनलमा

डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच रिटायर्ड हर्ट हुँदै युएस ओपनको तेस्रो चरणबाटै आइतबार बाहिरिँदा उनका प्रतिद्वन्द्वी स्टान वावरिन्काले सहजै क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

भुटानलाई ६–० ले हराउँदै नेपाल भारतमा जारी साफ यु–१५ पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहीबार भारतको कल्याणी रंगशालामा भएको राउन्ड रोबिन लिगको अन्तिम खेलमा भुटानमाथि ६–० को रबाफिलो जित हात पार्दा फाइनल यात्रा निश्चित भएको हो। भुटानमाथिको यो जितसँगै नेपालले भारतमा जारी साफ यु–१५ मा लगातार तेस्रो जित निकाल्न सफल भएको छ।

आयोजक सेमिफाइनलमा

आयोजक ग्रिनल्यान्ड सोमबार चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

रेडियन्ट सेमिफाइनलमा

आयोजक रेडिअन्ट सोमबार सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। रेडिअन्टले इबिएलाई २८–१४ ले पराजित ग¥यो। रेडिअन्टका रोहित चौधरीले ५ अंक जोडे। जुनियर ब्वाइजमै दोहोरो जित निकालेको सेब क्वार्टरफाइनलमा पुग्यो। सेबले

न्यु समिटका दुवै टोली क्वार्टरफाइनलमा

न्यु समिटको सिनियर ब्वाइज र गल्र्सका दुवै टोली १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्