१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

सेरेना र एन्ड्रिस्क्युबीच उपाधि भिडन्त

न्युयोर्क – क्यानडाकी बियन्सा एन्ड्रिस्क्यु र अमेरिकी सेरेना विलियम्स युएस ओपनको फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार भएको सेमिफाइनलमा विश्व वरीयतामा १५औं स्थानमा रहेकी एन्ड्रिस्क्युले स्विट्जरल्यान्डकी बेलिन्डा बेन्सिचमाथि ७–६(७–३),७–५ को जितका साथ सेरेना विलियम्ससँग शनिबार हुने फाइनल भेट पक्का गरेकी हुन्। पहिलो पटक सन् १९९९ मा सेरेनाले युएस ओपनको उपाधि जित्दा एन्ड्रिस्क्यु जन्मेकी पनि थिइनन्।

सेरेनाले करियरको पहिलो ग्रान्डस्लाम युएस ओपन जितेको एक वर्षपछि मात्र एन्ड्रिस्क्युको जन्म भएको थियो। यद्यपि, उनै एन्ड्रिस्क्यु यस पटक सेरेनाविरुद्ध चुनौती प्रस्तुत गर्दैछिन्। १९ वर्षे एन्ड्रिस्क्युको यो चौथो ग्रान्डस्लाम सहभागिता हो। उनी २०१४ पछि युएस ओपनको फाइनल प्रवेश गर्ने दोस्रो क्यानेडिन महिला खेलाडी हुन्।

पछिल्लो समय सेरेना र एन्ड्रिस्क्यु बीच टोरन्टोमा रोजर्स कपको फाइनलमा भिडे पनि विलियम्सले ढाँडको समस्याका कारण बीचमै खेल छोडेकी थिइन्।
‘म सधैं विलियम्सविरुद्ध खेल्न चाहान्थें, उनले संन्यास घोषणा गर्नुअघि।

अब त्यो अवसर जुरेको छ। उनी महान् खेलाडी हुन् र उनीसँग रोमाञ्चक प्रतिस्पर्धा हुनेछ,’ एन्ड्रिस्क्युले भनिन्, ‘म अहिले निकै भावुक छु। आशा छ, यो लय मेरो उपाधि यात्रासम्म कायम रहनेछ। यता सेरेनाले शुक्रबारै इलिना स्भिटोलिनालाई  ६–३ र ६–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेकी हुन्।

विश्वको आठौं वरीयतामा रहेकी सेरेना कीर्तिमानी २४औं ग्रान्डस्लामको उपाधिनजिक समेत पुगेकी छन्। अस्ट्रेलियाकी मार्गरेट कोर्टको नाममा २४औं ग्रान्डस्लामको उपाधि कीर्तिमान छ। ‘अर्को एक पटक फाइनमा प्रवेश गर्नु आपैंmमा एउटा उपलब्धी हो,’ छैटौं पटक युएस ओपन विजेता विलियम्सले भनिन्, ‘मैले यसअघि पनि धेरै पटक कोर्टको कीर्तिमानसँग बराबरी गर्ने अवसर पाएको थिएँ र अभैm पाउनेछु। आशा छ, यो पटक कीर्तिमान बराबरी हुनेछ।’

सन् २०१७ सेप्टेम्बरमा बच्चा जन्माएपछि सेरेना पहिलो ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्यमा छिन्। ३७ वर्षीया सेरेनाले युएस ओपनको उपाधि अन्तिम पटक सन् २०१४ मा उचालेकी थिइन्। पहिलो पटक सन् १९९९ मा सेरेनाले युएस ओपनको उपाधि जित्दा एन्ड्रिस्क्यु जन्मेकी पनि थिइनन्। सेरेनाले करियरको पहिलो ग्रान्डस्लाम युएस ओपन जितेको एक वर्षपछि मात्र एन्ड्रिस्क्युको जन्म भएको थियो। उनै एन्ड्रिस्क्यु यसपटक २४औं ग्रान्डस्लामको रेकर्ड बराबरी गर्ने योजनामा रहेकी सेरेनाविरुद्ध चुनौती प्रस्तुत गर्दैछिन्।

 

प्रकाशित: २१ भाद्र २०७६ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App