११ मंसिर २०८१ मंगलबार
image/svg+xml

ग्रिनफिल्ड र रेडियन्ट क्वार्टरफाइनलमा

ग्रिनफिल्ड र आयोजक रेडिअन्ट शनिबार सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

किर्गिस्तानलाई सेन्ट्रल जोन भलिबल उपाधि

उज्बेकिस्तानको अपराजित यात्रालाई पूर्णविराम लगाउँदै किर्गिस्तानले नेपालमा सम्पन्न पाँचौं संस्करणको एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

बौद्ध र टिआइए फाइनलमा

आयोजक बौद्ध इन्टरनेसनल स्कुल र टिआइए बुधबार चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।

आयोजक बौद्ध सेमिफाइनलमा

आयोजक बौद्ध इन्टरनेसनल स्कुल चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

ड्याफोडिल सेमिफाइनलमा

ड्याफोडिल स्कुल सोमबार चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनमा प्रवेश गरेको छ।

भ्याली पब्लिक र बिएनए फाइनलमा

भ्याली पब्लिक र बिएनए पाँचौं स्किब्स सोमबार अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्। भ्याली पब्लिकले हिमालयलाई १५–१० तथा बिएनएले एक्सेल्सियरलाई १२–१० ले पराजित गरे। ग्रिनल्यान्ड पनि ग्रामरलाई २१–२० को साँघुरो अन्तरले हराउँदै सेमिफाइनलमा पुग्न सफल भयो। सेमिफाइनलमा ग्रिनल्यान्डको भेट बिएनएसँग हुनेछ भने भ्याली पब्लिकले युलेन्सको सामना गर्नेछ।

हिमालय प्रिक्वार्टरफाइनलमा

हिमालय पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार प्रिक्र्वाटरफाइनलमा प्रवेश गरेको छ। हिमालयसँगै निम्सले पनि प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो।

बौद्ध टुसाल सेमिफाइनलमा

बौद्ध टुसाल क्लब प्रथम मोसेन खान स्मृति भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा बौद्धले एसएनकेसी (८८४८) लाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

बौद्ध र रूपिज क्वार्टरफाइनलमा

आयोजक बौद्ध इन्टरनेसनल स्कुल र रूपिज इन्टरनेसनल स्कुल चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

ओसाका पुनः शीर्षमा

युएस ओपन र अस्ट्रेलियन ओपन विजेता नाओमी ओसाका सोमबार डब्लुटिए विश्व वरीयताको शीर्ष स्थानमा फर्किएकी छन्। गत हप्ता रोजर्स कपको क्वार्टरफाइनलमा अमेरिकी स्टार सेरेना विलियम्ससँग पराजित भए पनि जापानी युवा स्टार ओसाका विश्व वरीयताको शीर्ष स्थानमा फर्किएकी हुन्।श

बनेपा क्वार्टरफाइनलमा

बनेपा ब्वाइज क्लब सोमबार प्रथम मोसेन खान स्मृति भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सेब सेमिफाइनलमा

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) सोमबार आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

भलिबल टोली घोषणा, फाइनल पुग्ने लक्ष्य

भदौ पहिलो साता नेपालमा आयोजना हुने लिबएसियन भल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि आइतबार नेपाली टोलीको औपचारिक टुङ्गो लागेको छ। मुख्य प्रशिक्षक नेदरल्यान्ड्सका हान एबिङले प्रशिक्षण दिइरहेको नेपाली टोलीको टुङ्गो लागेको भलिबल टोलीका व्यवस्थापक मंगल श्रेष्ठले जानकारी दिए। नेपालमा आयोजना हुन लागेको पाँचौं संस्करणको प्रतियोगिताका लागि प्रशिक्षणमा रहेका १८ सदस्यीय खेलाडीबाट १४ सदस्यीय खेलाडीको टुंगो लगाइएको हो।

मनवीर र सोभितको जोडी सेमिफाइनलमा

आयोजक ढोरपाटन क्लब ‘ए’ का मनवीर छन्त्याल र सोभित रानामगरको जोडी पाँचौं सेब टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।आयोजक ढोरपाटन क्लब ‘ए’ का मनवीर छन्त्याल र सोभित रानामगरको जोडी पाँचौं सेब टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

हिमालयन र रिलायन्स क्वार्टरफाइनलमा

हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसिए) र रिलायन्स पब्लिक सोमबार आठौं गोल्डेनपिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्