१२ मंसिर २०८१ बुधबार
image/svg+xml

आर्मी र पुलिस सेमिफाइनलमा

दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब नारायणगढमा जारी नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। बिहीबार क्वार्टरफाइनल खेल जित्दै आर्मी र पुलिस अन्तिम ८ मा पुगेका हुन्। पहिलो खेलमा पुलिसले चितवनको एभरेस्ट क्लबलाई ३–० ले पराजित गर्दा आर्मीले पनि वीरगन्ज युथ एकेडेमीमाथि ३–० कै नतिजा निकालेको थियो।

ब्राजिल क्वाटरफाइनलमा प्रवेश

डेनमार्कलाई पराजित गर्दै आयोजक ब्राजिल रियो ओलम्पिक २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा ब्राजिले डेनमार्कलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

पूर्वाञ्चल फाइनलमा

नेपाल एपिएफ क्लब र पूर्वाञ्चलले राष्ट्रिय महिला छनोट क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार वर्षाले खेल हुन नसकेपछि पूर्वाञ्चल र सुदूरपश्चिमले १–१ अंक बाँडेका थिए।

पाँच फिल्मको फाइनल भिडन्त

आगामी साउन २९ गते पोखरामा हुन लागेको डि–सिने अवार्डमा उत्कृष्ट फिल्मका लागि 'क्लासिक', 'ड्रिम्स', 'पशुपति प्रसाद', 'प्रेमगीत' र 'वडा नम्बर ६'बीच प्रतिस्पर्धा हुने भएको छ। छायाँछवि क्रियसनको आयोजनामा डि–सिनेको आठौं संस्करण पोखराको ग्रान्ड होटलमा हुन लागेको हो।

एपिएफ महिला क्रिकेटको फाइनलमा

लगातार दोस्रो जित हात पार्दै एपिएफ क्लब राष्ट्रिय महिला छनोट क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ। सीता रानामगर र ज्योति पाण्डेले उत्कृष्ट ब्याटिङ गरेपछि कीर्तिपुरस्थित त्रिविमैदानमा एपिएफले मध्यपश्चिमलाई ९ विकेटले हराएको थियो।

अविश्वास खेलको फाइनल आइतबार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारविरुद्ध अविश्वास प्रस्तावमाथि आइतबार संसद्मा मतदान हुने भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत सांसदको समर्थनमा कांग्रेस–माओवादी गठबन्धनले पेस गरेको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावबारे आइतबारै प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तोकिएको छ।

युरोकपको फाइनल खेलपछि भएको हिंसामा ४० जना पक्राउ

पेरिस–  युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा कम्तीमा ४० जनालाई पक्राउ गरिएको छ। पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको बताइएको छ। फाइनलमा पोर्चुगलले जितेपछि फ्रान्सका समर्थकहरुले यस्तो हिंसा मच्चाएका थिए।

विश्व विजेता जर्मनीलाई पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश

फ्रान्समा जारी युरो कप २०१६ को अन्तिम सेमिफाइनलमा विश्वविजेता जर्मनीलाई स्तब्ध पार्दै आयोजक फ्रान्स फाइनलमा प्रवेश गरेको छ। गएराति मार्सेलीमा सम्पन्न खेलमा फ्रान्सले जर्मनीलाई २-० गोलले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो।

वेल्सलाई हराउँदै पोर्चुगल युरोकपको फाइनलमा

पोर्चुगलले वेल्सलाई हराउँदै युरोकप २०१६ को फाइनलमा प्रवेश गरेको छ। लियोनमा गएराति सम्पन्न पहिलो सेमिफाइनलमा पोर्चुगलले वेल्सलाई २-० गोलले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

बेल्जियमलाई पराजित गर्दै वेल्स सेमीफाइनलमा

फ्रान्समा जारी युरो कप २०१६ को दास्रो क्वाटरफाइनलमा बेल्जियमलाई पराजित गर्दै वेल्स पहिलो पटक सेमीफाइनलमा प्रवेश गरेको छ।

पोल्याण्डलाई ट्राइब्रेकरमा पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा

फ्रान्समा जारी युरो कप २०१६ को पहिलो क्वाटरफाइनलमा पोल्याण्डलाई ट्राइब्रेकरमा ५—३ गोल अन्तरले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको छ।

एपिएफ र डायमन्ड सेमिफाइनलमा भिड्ने

साविक विजेता एपिएफले यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा मंगलबार साविक उपविजेता न्यु डायमन्ड एकेडेमीसँग प्रतिस्पर्धा गर्ने भएको छ। गत वर्ष जावलाखेलमा प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा एपिएफले डायमन्डलाई सोझो सेटमा हराएको थियो।

आर्मी र लुम्बिनी फाइनलमा

जगदम्बा लुम्बिनी फुटबल क्लब र त्रिभुवन आर्मी क्लबले प्रथम ललित स्मृती यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत बुधबार हुने फाइनलका लागि एक–अर्काविरुद्धको भिडन्त पक्का गरेका छन्।

इङ्ल्याण्ड पराजित, आइसल्याण्ड क्वाटरफाइनलमा

फ्रान्समा जारी युरो कप २०१६ को अन्तिम प्रि-क्वाटरफाइनलमा आइसल्याण्डसँग पराजित हुँदै इङल्याण्ड बाहिरिएको छ। गएराति सम्पन्न खेलमा पहिलोपल्ट युरो कपको प्रि-क्वाटरफाइनल खेलिरहेको आइसल्ण्डले उत्कृष्ट पुनरागमन गर्दै खेल २-१ गोल अन्तरले जितेको हो।

पुलिस र डायमन्ड सेमिफाइनलमा

नेपाल पुलिस क्लब र न्यु डायमन्ड एकेडेमी यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। पुलिससँग पराजित भए पनि समुह 'बी' बाट डायमन्डले अन्तिम चारको यात्रा तय गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्