१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाल पुलिस क्वार्टरफाइनलमा

बिर्तामोड – घरेलु दर्शकको राम्रो साथ पाएको झापा–११ एफसीमाथि सानदार जित दर्ता गर्दै नेपाल पुलिस क्लब जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

प्रतिस्पर्धात्मक खेलमा झापा–११ लाई २–१ गोलले पराजित गर्दै पुलिसले क्वार्टरफाइनलको यात्रा गरेको हो। पुलिसका लागि सुमन लामा र सौजन याख्खाले १÷१ गोल गरेका थिए। खेलको छैटौं मिनेटमै झापा–११ का निरज बस्नेतले प्रहार गरेको बल गोलपोस्टबाट फर्किंदा गोल गर्ने अवसर गुमायो। त्यसपछि पाएका अवसरमा पनि झापा–११ ले गोल गर्न भने सकेन। तर, १३औं मिनेटमा पाएको फ्रिकिकबाट पुलिसले अग्रता बनायो।

झापा–११ का खेलाडीले डिबक्सनजिक गरेको फउलमा सुमन लामाको फ्रिकिक प्रहारबाट पुलिसले अग्रता लिएको हो। त्यसपछि झापा–११ का कप्तान योगेश गुरुङले बराबरी गर्ने अवसर खेर फाले। मिलन राईमाथि पुलिसका खेलाडीले फउल गर्दा ३०औं मिनेटमा झापा–११ ले फ्रिकिकको अवसर पाएको थियो। तर, कप्तान योगेशको प्रहार सीधै बाहिरिएपछि झापा–११ अभागी साबित भयो।

आक्रामक बनेको झापा–११ का सुशील राईको क्रसमा मिलन राईको हेडर पोस्टबाट थोरै बाहिरिएको थियो। ३१औं मिनेटमा पाएको अवसर पनि गुमाउँदा झापाली दर्शक निरश बनेका थिए। एक गोलको अग्रताले मनोवल उच्च बनाएको पुलिसका खेलाडीले झापाली रक्षकको बिग्रेको तालमेलको फाइदा उठाउँदै काउन्टर अट्याकलाई रणनीति बनाएको थियो।

३८औं मिनेटमा पुलिसका सौजन याख्खा खाली पोस्टमा गोल गर्न नसक्दा अग्रता दोब्बर बनाउन चुकेका थिए। झापाली गोलरक्षक किशोर गिरि बिट भएको अवस्थामा सौजनको प्रहार बाहिरिएको थियो। झापा–११ ले खेलको दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे सफलता हात पार्न भने सकेन। दोस्रो हाफको १४औं मिनेटमा पुलिसका सौजनले गोल गर्दै अग्रता दोब्बर बनाए।

फेरि झापाका गोलरक्षक किशोर गिरि बिट भएको अवस्थामा सौजनले गोल गरेका हुन्। झापाली रक्षक निरज बस्नेतले रोक्ने प्रयास गरे पनि बलले जाली चुमिसकेको थियो। २९औं मिनेटमा झापा–११ ले गोल फर्कायो। पुलिसका गोलरक्षक शत्रुधन चौधरीसँग वान भर्सेज वानमा झापाका कप्तान योगेश गुरुङले गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेनन्। खेलको अन्तिसमय तिर झापा–११ ले पुलिसमाथि दबाब सिर्जना गरेका थिए।

झापा–११ को टिममा नियमित खेलाडी योगेशसँगै किशोर र पुजन उपरकोटी रहँदा कर्ण लिम्बु बेन्चमा थिए। कडा प्रतिस्पर्धा भएको खेलमा ७ वटा पहेंलो कार्ड देखाइएको थियो। ७ मध्ये पुलिसले ५ वटा कार्ड बेहो¥यो। म्यान अफ दी म्याच पुलिसका सौजन याख्खा घोषित हुँदा नगद १० हजार रुपैयाँ पाए। जायोन स्पोटर््स क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका १० टोली सहभागी छन्। सोमबार सिक्किम र बेलबारी एफसी मोरङसँग भिड्नेछ। प्रतिस्पर्धात्मक खेलमा झापा–११ लाई २–१ गोलले पराजित गर्दै पुलिसले क्वार्टरफाइनलको यात्रा गरेको हो। पुलिसका लागि सुमन लामा र सौजन याख्खाले १÷१ गोल गरेका थिए।

प्रकाशित: १८ कार्तिक २०७६ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App