१० मंसिर २०८१ सोमबार
image/svg+xml

हत्यारालाई पक्राउ गर्न माग गर्दै युवा संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै युवा संघ अर्घाखाँचीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ। युवा संघका अध्यक्ष गोविन्दप्रसाद आचार्यले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वाललाई ज्ञापन पत्र बुझाए।

एक महिनापछि जुम्लाबाट हत्यारा पक्राउ

असोज १७ गते नौवस्ता–७ सुतैयामा हत्या गरिएका १७ वर्षीय सुवास शाहीको हत्यामा संग्लन मुख्य आरोपित जुम्लाबाट पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले शुक्रबार जुम्लाको महत गाउँमै पुगेर शाही हत्यामा संग्लन दिनेश महतलाई पक्राउ गरेको हो।

एन्जिलाको हत्यारालाई कडा कारवाहीको माग

गोरखाकी छात्रा एन्जिला गिरीको बलात्कारपछि हत्या भएको विरोधमा छात्रा आन्दोलित भएका छन्। बिहीबार पद्यकन्या क्याम्पसका छात्राले हत्यामा संलग्न व्यक्तिलाई हदैसम्मको कारवाही गर्न माग गर्दैै विरोध प्रर्दशन गरेका छन्।

प्रहरी नै हत्यारा लुकाउँछन्

घटना भएको दिन उनी आफ्नै कार्यालयमा थिए। कसैले फोन गरेर जानकारी दियो- कुमारीगाल चोकमा केही युवकले रोशन र नारायणबहादुर थापालाई छुरा प्रहार गरे। मोबाइल त्यति सहज थिएन।

हत्यारा सालीका छाेरा जाेगाउन पूर्व प्रहरी महानिरीक्षकले यस्ताेसम्म गरे...

नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृहका उच्च अधिकारीको संरक्षणका कारण हत्याजस्तो जघन्य अपराधका आरोपीले १३ वर्षसम्म उन्मुक्ति पाएको खुलेको छ। नेपाल प्रहरीका पूर्वएआइजी रुपसागर मोक्तान र सशस्त्रका पूर्वमहानिरीक्षक किशोरकुमार लामाको संरक्षणका कारण हत्या आरोपी १३ वर्षसम्म पक्राउ नपरेका हुन्।

न्यायाधीश रणबहादुर बमका हत्यारालाई जन्मकैद

काठमाडौं- ललितपुर जिल्ला अदालतले सर्वोच्च अदालतका न्यायाधीश रणवहादुर बम हत्याको अभियोगमा पाँच जना अभियुक्तहरुलाई दोषी ठहर गर्दै सर्वोस्व सहित जन्मकैद हुने फैसला सुनाएको छ।

हत्यारा नजिक प्रहरी

ताप्लेजुुङका व्यवसायी लालबहादुर खड्काको हत्या अनुसन्धान गरिरहेको प्रहरी टोली अन्तत घटनाको तथ्य नजिक पुगेको छ । हत्याका अभियुुक्त चाँडो पत्ता लगाउन जनदबाव झेलिरहेको प्रहरीले तथ्य नजिक पुुगेको संकेत गरेको हो। ‘घटनाको तथ्य नजिक पुुगेका छौं ’केही दिनपछि हामी यसको बिवरण सार्वजनिक गर्ने गर्ने तयारीमा छौं,’प्रहरी स्रोतले भन्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्