२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

यूथ एसिया कपको लागि क्रिकेट टोली घोषणा

यूथ एसिया कपको लागि १५ सदस्यीय टोली घोषणा भएको छ। युवा टोलीमा भिम सार्की र जितेन्द्र सिंह नयाँ अनुहार हुन्।

पाकिस्तानी क्रिकेटर सदबले सोमपालको रेकर्ड तोडे

पाकिस्तानका सदब खानले नेपाली क्रिकेट खेलाडी सोमपाल कामीको रेकर्ड तोडेका छन्। सोमपालले चौथे टि २० मा तीन वर्ष अघि बनाएको रेकर्ड पाकिस्तानी क्रिकेटर खानले तोडेका हुन्।

आँधीका कारण क्रिकेट स्थगित

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल टाइफुन आँधीका कारण स्थगित भएको छ।

लुम्बिनीलाई प्रदेशस्तरीय टि–२० क्रिकेटको उपाधि

सदरमुकाम तानसेनमा संञ्चालित प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी क्रिकेट क्लब कपिलवस्तुले जितेको छ । सोमबार भएको फाइनलमा लुम्बिनीले प्रोफेसलन क्रिकेट क्लब पाल्पालाई एक सय रनले पराजित गरेको थियो । पहिलो ब्याटिङ गरेको लुम्बिनीले १८ ओभर चार बलमा सबै विकेट गुमाउँदै एक सय ५० रन बनाएको थियो । पहिले ब्याटिङमा उतेको लुम्बिनी क्रिकेटका लागि मैनुद्धिन खाँन काजुले ३५ रन, सुद्धिन खान २५ र अहमत खानले १८ रनको योगदान दिएका थिए । मैनुद्धिन खान र वैदुलन खानले ३–३ विकेट लिएका थिए ।

क्रिकेटमै भविष्य खोज्दै नेपाली ‘माही’

‘माही’ विश्व क्रिकेटमा चर्चित नाम हो । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई माही भनेर सम्बोधन गरिन्छ । नेपाली क्रिकेटमा पनि माही नामले खेलाडीलाई बोलाइन्छ । ती माही हुन्– महेश क्षत्री । धोनी विकेटकिपर ब्याट्सम्यान हुन् । महेश पनि विकेटकिपर र ओपनिङ ब्याट्सम्यान हुन् । नेपाली क्रिकेटमा मिहिनेती ब्याट्सम्यान र चलाख विकेटकिपरको रूपमा महेशलाई लिइन्छ ।

अमेरिकामा अन्तर्राष्ट्रिय स्तरको डालास प्रमियर लिग खेल्दै नेपाली क्रिकेट टोली

गत बर्ष टेक्सासको ह्युष्टनमा भएको अन्तर्राष्ट्रिय स्तरको टुएक्स क्रिकेट यूएसए कप खेलमा (६० हजार २ सय ५० डलर) जितपछि हौसिएको नेपाली क्रिकेट टोली अमेरिकामा फेरि अर्कोे खेल खेल्ने तयारीमा जुटेको छ। गत वर्ष नोभेम्बर १३ तारिक अमेरिकामा नेपाली क्रिकेट टोलीको जितले अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको निकै संभावना रहेको संकेत गर्दछ।

खराब मौसमका कारण यु- १९ क्रिकेट टोली क्वाल्लामपुर विमानस्थलमै

आज नेपाल आउन लागेको नेपाली यु- १९ क्रिकेट टोली अहिले मलेसियाको विमान स्थलमै छ। एसीसी यु- १९ पूर्व क्षेत्रको छनोट क्रिकेट च्याम्पियन बनेर फर्कदै गरैको नेपाली युवा टोली अहिले क्वाल्लामपुर विमान स्थलमै रोकिएको छ।

नेपाली युवा क्रिकेट टोली मलेसिया प्रस्थान

मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।

कँडेल र भण्डारी क्रिकेट टोलीमा

सुशील कँडेल र ललित भण्डारीलाई समावेश गर्दै आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपालले आगामी अक्टोवर १३ र १५ मा हङकङसँग खेल्नेछ ।

नेपाली क्रिकेट विवाद : होला त समाधान?

विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले एक महिना अघि जारी गरेको विज्ञप्तीले नेपाली क्रिकेटमा सकरात्मक सन्देश प्रवाह गर्‍यो। उपाध्यक्ष इमरान ख्वाजालाई उदृत गर्दै आइसिसीले 'बहुपक्षीय छलफलमा भएका सहमती कार्यान्वयन भए नेपाली क्रिकेट नयाँ युगमा प्रवेश गर्नेमा शंका छैन' भनेको थियो।

क्रिकेट विवाद समाधानतर्फ

लामो समयदेखि नेपाली क्रिकेटमा रहेको विवाद समाधानतिर उन्मुख भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का उपाध्यक्ष इमरान ख्वाजा र आइसिसीको विकास विभाग हेर्ने कर्मचारी अमर शेखको उपस्थितिमा शनिबार काठमाडौंमा बसेको सल्लाहकार समितिको बैठक सहमतिनजिक पुगेको समितिका प्रवक्ता रोहित दाहालले जानकारी दिए।

बंगलादेश भारतको नयाँ क्रिकेट प्रतिद्वन्द्वी

च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा बिहीबार बंगलादेशले भारतको सामना गर्दा यसले एसियामा नयाँ क्रिकेट प्रतिद्वन्द्वीको जन्म गराउनेछ। थोरै मात्र बंगलादेशी समर्थकले मासरफ मोर्टाजाको कप्तानीमा रहेको टोलीले अन्तिम ४ को यात्रा तय गर्ने आशा गरेका थिए।

बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता

जिल्ला सदरमुकाम बेनीमा बुधबार आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ ।

यु-१९ क्रिकेट खेलाडी छनोट

आइसिसी यु–१९ विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगिताको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरिएको छ। आइसिसीको एसिया विकास प्रमुख बैकटपति राजु, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा र यु–१९ टोलीका प्रशिक्षक विनोदकुमार दासले खेलाडी छनोट गरेका हुन्।

प्रधानमन्त्री कप क्रिकेटः पश्चिमाञ्चल सेमिफाइनलमा

एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्