२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पोखराद्वारा धनगढीसामू १४५ रनको लक्ष्य प्रस्तुत, कमलले लिए ४ विकेट

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा खेलमा पोखरा पल्टनले धनगढी ब्लुजलाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ।

चितवनद्वारा काठमाडौसामु १५० रनको लक्ष्य प्रस्तुत, शाहको अर्धशतक

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं रोयल्ससामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

चितवन राइनोजद्वारा धनगढी ब्लुजसामु १९४ रनको उच्च योगफल प्रस्तुत

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बुधवारको पहिलो खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई जितका लागि १९४ रनको उच्च लक्ष्य दिएको छ।

पोखरा प्रिमियर लिग : विदेशी खेलाडीको प्रदर्शन नै उल्लेख्य

पोखरा प्रिमियर लिगको चौथो दिन सोमबारसम्म बुटवल प्लास्टर्स शतप्रतिशत नतिजा निकाल्दै लिगको शीर्ष स्थानमा छ । पोखरा पल्टन पनि तीन खेल खेल्दै दुई जित र एक हारको नतिजाका साथ दोस्रो स्थानमा छ ।

मुम्बईमा डिसिएको जीत

धनगढी क्रिकेट एकेडेमी (डिसिए) को टोलीका कप्तान सुबोध ऐर ब्याटिङमा चम्केपछि साेमबार डिसिएले मुम्बईको जोली ब्रदर्स क्रिकेट क्लबलार्इ पराजित गरेकाे छ।

विराटनगर टाइटन्सद्वारा काठमाडौं राेयल्समामु १५० रनको लक्ष्य प्रस्तुत

पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर टाइटन्सले काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य दिएको छ।

विश्वकप क्रिकेट ट्रफी राष्ट्रपतिको हातमा

विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छिन्। संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कात्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आइतवार शीतल निवास पु-याइएको थियो। राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचालेकी थिइन।

बुटवल ब्लास्टर्सको लगातार दोस्रो जित, पोखरा पल्टन ३३ रनले पराजित

बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई ३३ रनले पराजित गर्दै महत्वपूर्ण २ अंक जोडेको हो।

भिमको अर्धशतकमा बुटवलद्वारा पोखरासामु १५१ रनको लक्ष्य प्रस्तुत

पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई जितका लागि १५१ रनको लक्ष्य दिएको छ।

क्रिकेट विवाद सल्टिने सङ्केतः मुद्दा फिर्ता लिने निलम्बित क्यानको निर्णय

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)को निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

काठमाडौं रोयल्सको विजयी सुरुवात, धनगढी ब्लुज १७ रनले पराजित

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई १७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

काठमाडौंले धनगढीलाई दियो १८१ रनको लक्ष्य, टोमारको बिष्फोटक ब्याटिङ

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई जितका लागि १ सय ८१ रनको लक्ष्य दिएको छ।

बुटवलसामु चितवन निरीह, ६५ रनमा अलआउट, सोमपालको उत्कृष्ट प्रदर्शन

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ।

बुटवल ब्लास्टर्सद्वारा चितवन राइनोजसामु १ सय ३६ रनको लक्ष्य प्रस्तुत

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई जितका लागि १ सय ३६ रनको लक्ष्य दिएको छ।

विश्वकप क्रिकेट ट्रफी नेपालमा

इङ्ल्याण्ड र वेल्सले अर्को वर्ष संयुक्त रुपमा आयोजना गर्ने आइसिसि विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी शुक्रबार नेपाल ल्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्