७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

बुटवल ब्लास्टर्सद्वारा चितवन राइनोजसामु १ सय ३६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई जितका लागि १ सय ३६ रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालामा भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको बुटवल ब्लास्टर्सले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएपछि चितवन राइनोजले जितका लागि १ सय ३६ रनको लक्ष्य पाएको हो।

बुटवलका लागि शंकर रानाले ४८ र सागर पुनले ४६ रनको सर्वाधिक रनको पारी खेले। शंकरले ४१ बलमा ५ चौंका र १ छक्का प्रहार गर्दा सागरले ४८ बलमा ३ चौंका र २ छक्का हानेका थिए। त्यस्तै सिद्धान्त लोहनीले नटआउट १७ र सोमपाल कामीले ६ रन बनाए।

पहिलो ओभरको पाँचौं र छैटौं बलमा लगातार दुई विकेट गुमाएको बुटवलले चौंथो ओभरको तेस्रो बलमा अर्को विकेट गुमाएको थियो। ९ रनमा ३ विकेट गुमाएर दबाबमा आएको बुटवलका लागि त्यसपछि क्रिजमा आएका सागर र शंकरले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको स्कोर उकासेका थिए। 

चितवनका लागि करण केसीले २ तथा रामनरेश गिरी र शक्ति गौचनले एक–एक विकेट लिए। बुटवलको नेतृत्व साेमपाल कामी र चितवनको नेतृत्व पारस खड्काले गरेका छन्।

प्रकाशित: १० कार्तिक २०७५ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App