१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

शिक्षकले क्षमता वृद्धि गर्न नसके जागिरबाट हट्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकले क्षमता बृद्धि गर्न नसके जागिरबाट हट्नुपर्ने बताएका छन्। उनले गुणस्तरीय शिक्षा दिनका लागि शिक्षकलाई प्रविधीमा ध्यान दिन समेत सुझाव दिए।

सरकारले न्यूनतम ज्यालामा वृद्धि गर्ने योजना बनाएको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन्।

क्षेत्रीय सहयोग अभिवृद्धि र अनुसन्धानमा युआइबीएनको जोड

अप्पर इन्दुज बेसिन नेटवर्क (युआइबीएन)ले काठमाडौंमा आयोजना गरेको कार्यशालाले वैज्ञानिक आधारमा क्षेत्रीय सहयोग अभिवृद्धिमा जोड दिएको छ। नेटवर्क भित्रका अफगानिस्तान, चीन, भारत र पाकिस्तानका सरकारी तथा नीजि संगठनका शोधकर्ता तथा अन्तरािष्ट्रय वैज्ञानिक र शोधकर्ताको सहभागीतामा आयोजना भएको कार्यशालाले यस्तो जोड दिएको हो।

क्षेत्रीय सहयोग अभिवृद्धि र अनुसन्धानमा युआइबीएनको जोड

अप्पर इन्दुज बेसिन नेटवर्क (युआइबीएन)ले  काठमाडौमा आयोजना गरेको कार्यशालाले वैज्ञानिक आधारमा क्षेत्रीय सहयोग अभिवृद्धिमा जोड दिएको छ। नेटवर्क भित्रका अफगानिस्तान, चीन, भारत र पाकिस्तानका सरकारी तथा निजी संगठनका शोधकर्ता तथा अन्तर्राष्ट्रिय वैज्ञानिक र शोधकर्ताको सहभागितामा आयोजना भएको कार्यशालाले यस्तो जोड दिएको हो।

भन्सार क्षेत्रमा निगरानी बढेपछि राजस्वमा वृद्धि

रौतहटको गौर भन्सार कार्यालयले सीमा क्षेत्रमा निगरानी बढाएपछि भन्सार राजस्वमा वृद्धि भएको छ । भन्सार छली हुने गरेको आशंकामा सीमा नाका तथा अन्य सहायक बाटोहरुमा निरन्तर स्थलगत अनुगमन हुन थालेपछि गौर भन्सारको राजस्वमा वृद्धि भएको हो ।

आर्थिक वृद्धि ४.६ प्रतिशत यथावत

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ४.६ प्रतिशत यथावत रहने प्रक्षेपण गरेको छ । आगामी दुई वर्षसम्म वृद्धि दर औसत ४.३ प्रतिशतमा अड्ने बैंकले अनुमान पनि गरेको छ।

चीनको आर्थिक वृद्धिदर अपेक्षा गरिएभन्दा बढी

चीनमा यसै वर्षको जनवरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा केही बढी अर्थात् ६ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि भएको छ।

तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम

पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ। तराई र हिमालमा भने बढी देखिएको छ।

आर्थिक वृद्धिदर ४.७ को सट्टा ४.९

एसियाली विकास बैंक (एडिबी) ले नेपालको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको प्रक्षेपण सच्याउँदै पहिलेभन्दा बढ्ने बताएको छ।

आर्थिक वृद्धिदर ४.९ हुने एडिबीको प्रक्षेपण

एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ।

शैक्षिक शुल्क वृद्धि रोक्न माग गर्दै स्थानीय तह प्रमुखलाई ज्ञापनपत्र

निजी विद्यालयको शुल्क वृद्धि रोक्न माग गर्दै तीन विद्यार्थी संगठनले ७ सय ५३ स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ।

आँप उत्पादनमा वृद्धि

धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ। यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन्।

खुम्बु आउने पर्यटकको संख्यामा वृद्धि

फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।सुन्दर पर्यटकीय स्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका हुन्।

महानगरको कर वृद्धि समय सापेक्ष : मेयर दाहाल

भरतपुर महानगरपालिकामा गरिएको कर वृद्धि समय सापेक्ष रहेको महानगरपालिकाकी मेयर रेणु दाहालले बताएकी छन्। सोमबार महानगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा रहेको करको दर र दायरा वर्तमान समयमा अव्यवहारिक र अवैज्ञानिक देखिएकाले समय सान्दर्भिक बनाउन करको दर बढाइएको उनले बताइन्।

ताप्लेजुङमा अलैंची उत्पादनमा वृद्धि, मूल्य घट्दा किसान मारमा

मूल्यमा आएको उतारचढावले ताप्लेजुङका अलैंची किसान तथा व्यवसायीलाई परेको मारको केहिहद सम्मको मलहम पट्टी उत्पादनमा भएको वृद्धिले गरिदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्