१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विद्यालयको भवन निर्माण सुरु, बालबालिकालाई अब चिसोबाट राहत

अधिकांश पिछिडिएको समुदायको बालबालिका अध्ययन गर्ने महोत्तरीको मटिहानी नगरपालिका ९ सिमरदहीस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको भवन निर्माण कार्य सोमबारदेखि सुरु भएपछि विद्यार्थीलाई गर्मीयाममा रुखको छहारीमा र चिसोमा शीतलहरसंग पैठाजोरी गर्दै पढनुपर्ने बाध्यात्मक अवस्था अब हटेर जाने भएको छ।

अग्नीपीडितलाई राहत

गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषद् संयुक्त अरब इमिरेट्स नामक संस्थाले खोटाङको हलेसीका आगलागीपीडितलाई दुई लाख बराबरको खाद्य सामग्रीका साथै ओढ्ने–ओछ्याउने लुगाकपडा प्रदान गरेको छ ।

उदयपुर सिमेन्ट प्रदुषणमुक्त, मजदुर र स्थानीयलाई राहत

उदयपुरमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले प्रदुषणमुक्त भएपछि कामदार मजदुर र स्थानीयलाई राहत मिलेको छ। उद्योगले फाल्ने धुँवा र धुलोको कारण वर्षौंदेखि समस्या भोग्दै आएका मजदुर र स्थानीयबासी उद्यागेमा ईलेक्ट्रो स्टारिक पावर इन्जिन (इएसपी) जडान गरिएपछि प्रदुषणबाट बच्न सफल भएका हुन्।

राहतको प्रतीक्षामा दलित बस्ती

शीतलहर र बाक्लोे हुस्सुको समयमा तराई मधेश कठ्यांग्रिदै गएको समयमा नेपाल भारत सीमासँगै जोडिएको महोत्तरीको सोनमा गाउँपालिका खैरवनीका सर्वसाधारण राहतको प्रतिक्षामा रहेका छन्।

बाढी पीडितहरूलाई चाइना एडको राहत

गत साउनको अन्तिम साता आएको विनाशकारी बाढीको कारण पीडित बनेकाहरूलाई रौतहटमा ठूलो जनधनको क्षति भयो। बाढीको कारण करिब दुई दर्जन बढीले ज्यान गुमाए, जिल्लाको असी हजार घर परिवार प्रभावित भएको थियो । बाढीबाट पीडित बनेकाहरूलाई विभिन्न गैर सरकारी तथा सरकारी संघ संस्थाहरूले केही राहत समेत उपलब्ध गरायो ।

मुस्लिम समुदायको पहलमा जाडो प्रभावित क्षेत्रमा राहत वितरण

मुस्लिम समुदायका अगुवाहरुले जाडो प्रभावित क्षेत्रमा न्यानो सामाग्री वितरण गरेका छन्। नेपाली जामे मस्जित र नेपाल मल्टी काउन्सिल सेन्टरको पहलमा पर्सामा न्यानो सामाग्री वितरण भएको हो। पर्साको जागरनाथ, हारपुर र रौतहटको भुसनमा न्यानो सामाग्री वितरण गरिएको समिम अन्सारीले बताए। उनका अनुसार २ हजार जति व्ल्याङकेट वितरण गरिएको थियो।

सिँचाइ सुविधा पुगेपछि कृषकलाई राहत

वर्षौंदेखि बाँझिएका जमिनमा सिँचाइ सुविधा पुगेपछि रामपुर नगरपालिका–१० हेक्लाङ क्षेत्रका १२८ घरधुरी लाभान्वित भएका छन्।

तापक्रम बढ्दै चिसोबाट राहत

अघिल्लो साताका तीन दिन अत्यधिक चिसो महसुस गरेका राजधानीबासीले अब केही दिन राहत पाउने भएका छन् । पुस २३ देखि २५ गतेसम्म न्यूनतम तापक्रम शून्य रहँदा चिसोले राजधानीबासीलाई अत्याएको थियो ।

कम्बलले मात्रै छेक्दैन शीतलहर : राहत कुर्ने मनोविज्ञानबाट मुक्ति आवश्यक

तराईमा शीतलहरले जनजीवन कष्टकर बनेपछि यतिबेला सबैतिर राहत बाँड्ने होडबाजी चलेको छ । स्थानीय तह, प्रहरी प्रशासन सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदैमा व्यस्त छन् । विपन्न बस्तीमा गएर केही थान कम्बल बाँड्ने संघसंस्थाको ओइरो देखिन्छ ।

बाढीपीडितलाई राहतका लागि एक अर्ब बढीको अख्तियारी

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले तराईका बाढीपीडितलाई घर मर्मतका साथै तत्काल चिसोबाट जोगाउन राहतका लागि रु एक अर्ब चार करोड ६ लाख ५० हजारको अख्तियारी दिएको छ। बाढीका कारण पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६२६ घरधुरीलाई प्रतिपरिवार घर मर्मत गर्न रु १५ हजार र न्यानो कपडा खरिदका लागि रु १० हजार वितरण गर्ने गरी प्राधिकरणले उक्त रकम गृह मन्त्रालयलाई अख्तियारी दिएको प्राधिकरणका निमित्त सचिव यमलाल भुसालले जानकारी दिए।

अग्निपीडितलाई राहत जुट्नेक्रम जारी

आगलागीबाट विस्थापित भएका खोटाङको हलेसीका पीडितलाई शुभेच्छुकबाट राहत जुट्नेक्रम जारी छ । पुस १८ गते भएको आगलागीमा घरसहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन बिताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीश दासलगायतका पीडितलाई विभिन्न कार्यालय तथा संघसंस्थाबाट राहत जुट्नेक्रम जारी छ ।

चिसो प्रभावितका लागि सरकारद्वारा सवा २ करोडको राहत

सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।

शीतलहर प्रभावित तराईका २२ जिल्लामा राहत घोषणा

सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैंया बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले तराईका २२ जिल्लामा राहत घोषणा गरेको थियो ।

चिसोमा राहत स्वरुप कम्बल

जिल्लाका विपन्न समुदायका लागि चिसोमा राहत स्वरुप कम्बल वितरण सुरु गरिएको छ । बढ्दो चिसोसँगै बगनासकाली गाउँपालिका–७, दैलातुङका बोटे समुदायलाई प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले १३ घरलाई प्रति परिवार २ थान कम्बल वितरण गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्