गाउँमै सरकारी सेवा पाएपछि स्थानीयलाई राहत
अर्घाखाँचीको सितगंगा नगरपालिका ११ मौवाबारीकी मुना घर्तीलाई नागरिकता बनाउने पिरलोले सताउँथ्यो। एक–दुई दिन भित्र जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता बनाउने उनको योजना थियो।
अर्घाखाँचीको सितगंगा नगरपालिका ११ मौवाबारीकी मुना घर्तीलाई नागरिकता बनाउने पिरलोले सताउँथ्यो। एक–दुई दिन भित्र जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता बनाउने उनको योजना थियो।
लामो समय जनप्रतिनिधिविहीन हुँदा स्थानीय तह अस्तव्यस्त र लथालिंग ढंगले सञ्चालन हुँदै आइरहेको थियो । सेवाग्राही सेवा लिनबाट वञ्चित भइरहेका थिए । हामी जनप्रतिनिधिका रुपमा आएलगत्तै वडा कार्यालयले दिने सेवा प्रवाहलाई छिटो–छरितो मात्रै होइन, जनमैत्री बनाउँदै ल्याएका छौँ ।
गतबर्ष आएको विनाशकारी बाढीबाट प्रभावित बनेकाहरुले राहत नपाएको भन्दै वडा अध्यक्ष र सचिवलाई तीन घण्टा वडा कार्यालयमै थुनेका छन्। बाढीबाट प्रभावित बनेकाहरुको नाम हटाएर गैरपीडितलाई राहत दिन सिफारिस गरेको आरोपमा दुर्गा भगवती गाउँपालिका २ का बासिन्दाले बडा अध्यक्ष र वडा सचिवलाई कार्यालयमै थुनेका हुन।
महोत्तरी जिल्लामा गत वर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहत स्वरुप रु ६ करोड २६ लाख वितरण गरेको छ।
मुस्लिमको महान पर्व रमजान मनाउनका लागि विपन्न मुस्लिम परिवारलाई विभिन्न प्रकारका खाद्यान्न सामग्री वितरण गरिएको छ। करिब एक महिनासम्म चल्ने रमजान पर्व मनाउन मुस्लिम समुदायका विपन्न परिवारलाई कठिनाइ भइरहेको अवस्थामा इस्लामिक रिलिफ वल्र्ड वाइड फन्डको सहयोगमा दुई हजार ५० जना विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको हो।
हामी जनप्रतिनिधी भएर आउँदा वडामा रहेका राजकुलो भत्किएर लथालिंग अवस्थाबाट गुज्रिएको थियो । राजकुलोको पानी जभाभावि चुहिने समस्या थियो । हामी आउने बित्तिकै केही स्थानको राजकुलो सरसफाई– मर्मतसम्भार गरेर व्यवस्थित गरेका छौं । मेरो वडामा राजकुलो लप्सेफेदीदेखि छलम्बुटारसम्म करिव ५ किलोमिटर एरियामा फैलिएको छ ।
गएको विहीबार आगलागीबाट १७ घर जलेर नष्ट भएपछि घरवासविहिन भएका पीडितका लागि राहत वितरण गर्न कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही आफै पुगेका छन्।
कालो हरिण (कृष्णसार) शिकार मामिला र हिट एण्ड रन मुद्दा खेपिरहेका बलिउड अभिनेता सलमान खानले जातिवादी टिप्पणीसम्बन्धी मुद्दामा भने सफाई पाएका छन्। अल्पसंख्यक जातिलाई होच्याएको आरोपमा सलमानसहित अभिनेत्री शिल्पा सेट्टीविरुद्ध परेको रिट निवेदन लुधियाना कोर्टले खारेज गरिदिएको हो।
“हे हजुर तपाई काँ देखि आका हौ, राहत ल्याएर आउने मान्छे भेटाउ कि नाई राहत आउँछ भन्छन तर कसैले गतिलो सहयोग गरेका नाई तँमि किन आका हौ ”डोल्पाको होर्त गाउँमा पुग्ने जो कोही नौलो मानिसलाई सोधिने प्रश्न हो यो।
निजी आवास निर्माणका लागि राज्यले उपलब्ध गराएको आर्थिक राहत बैंकबाट भनेको समयमा नपाउँदा जिल्लाका भूकम्पपीडित मारमा परेका छन्। आफ्नो नाममा पैसा आइसक्दा पनि भनेको समयमा पैसा नपाएपछि पीडित बैंकप्रति आक्रोशित बन्ने गरेका छन्।
नेपाल मैं ‘कन्टेनर लोडअफ’ अर्थात सिपिङ्ग कम्पनीले कन्टेनर फिर्ता लिने सुरु भएपछि नेपाली आयातले एउटा भारी झन्झटबाट मुक्ति पाउन लागेको छ। नेपाली आयातकर्ताले एक दशकदेखि यसको लागि आवाज उठाउदै आएका थिए।
युवा संघ नेपालले गुण्डा नाइके मनोज पुन इन्काउन्टरको स्वागत गरेको छ। पुन मंगलबार विहान प्रहरीसँगको इन्काउन्टरमा मारिएका थिए। युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र कार्यकर्ता बलु पौडेलको हत्याका योजनाकार पुनलाई सजाय दिएको भन्दै युवा संघले प्रहरीलाई धन्यवाद समेत दिएको छ।
खोटाङको हलेसीका आगलागीपीडितका लागि देशविदेशमा संकलन भएको १३ लाखभन्दा बढी रुपैयाँ हस्तान्तरण गरिएको छ । गत पुस १८ गते भएको आगलागीमा घरसहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन बिताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका अग्निपीडितको सहयोगका लागि स्वदेश तथा विदेशमा गरी १३ लाख ३५ हजार १ सय ८५ रुपैयाँ संकलन भएको थियो ।
सरकारी ढुकुटीमा रकम थन्किएर लगानीयोग्य पुँजी (तरलता) को अभाव झेलिरहेका बैंकहरुलाई राष्ट्र बैंकले सहुलियत दिने नीति ल्याएको छ । पछिल्लो समय कर्जाको माग अत्यधिक बढेको तर, निक्षेप वृद्धि नहुँदा बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलिरहेको बेला केन्द्रीय बैंकले ल्याएको नयाँ नीतिले उनीहरुलाई केही राहत पुग्ने देखिएको छ।
खोटाङको हलेसीका अग्नी पिडितका लागि हङकङमा ५ लाखभन्दा बढि राहत संकलन भएको छ। नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले निर्माण गरेको टहरामा कष्टकर जीवन बिताइरहेका अग्नी पीडितको सहयोगका लागि सञ्चालन गरिएको अभियानकाक्रममा ४० हजार १ सय ८० हङकङ डलर संकलन गरिएको खोटाङ समाजका पुर्वअध्यक्ष तेजप्रकाश राईले बताए।