२४ असार २०८१ सोमबार
image/svg+xml

'अपहरण गरी बयान फेर्ने कागजमा सही गराए'

विस्फोटका प्रत्यक्षदर्शी एवं वादी पक्षका साक्षी बिहारको सीतामढी जिल्ला बैरगनिया मुसाचोक घर भएका गौरीशंकर राम चमारले आफूलाई आलमका मान्छेले चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागज गराएको दाबी गरेका छन्।

पीडितले बयान फेर्दा न्याय दिन जटिल

नाम परिवर्तित ‘जाउलाखेल ज’ ४२ वर्षीया एक महिलालाई आफ्नै कार्यालयमा काम गर्ने सुपरभाइजरले जबर्जस्ती करणी गरे। कुरा २०७२ साल कात्तिक १७ को हो। उनले घटनाको अर्कोदिन ललितपुर प्रहरीमा जाहेरी दिइन्।

आलमको बयान सकियो, थुनछेकको बहस आजै

राजपुर बम काण्डसम्बन्धी मुद्दाका आरोपी नेपाली कांग्रेसका नेता मोहमद आफताब आलमसँग बयान सकिएको छ।

आलमको बयान जारी

राजपुर बम काण्डसम्बन्धी मुद्दामा नेपाली कांग्रेसका नेता मोहमद आफताब आलमसँग बुधबार पनि जिल्ला अदालत रौतहटले बयान लिएको छ। पहिलो दिन मंगलबार उनलाई न्यायाधीश दीपक ढकालको इजलासमा ९ वटा प्रश्न सोधिएको थियो भने दोस्रो दिन बुधबार २५ प्रश्न सोधियो। बयान नसकिएकाले बिहीबार पनि यो जारी रहने छ।

दोस्रो दिन पनि सकिएन आलमको बयान

राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको बयान दोस्रो दिन पनि पुरा हुन सकेन। पहिलो दिन मंगलबार उनलाई न्यायाधीश दिपक ढकालको इजलाशमा ९ प्रश्न सोधिएको थियो भने दोस्रो दिन २५ प्रश्न सोधिएको छ। उनको बयान भोली पुन हुने छ।

आलमको बयान परिचयमै सकियो, भोलि पनि जारी रहने

रौतहटको राजपुर फरहदवा बम कान्डका मुख्य आरोपी पुर्वसांसद मोहम्मद अफताव आलमको मंगलबारको बयान परिचयमै सकिएको छ।

आलमलाई बयानको लागि अदालत लगियाे, बयान पश्चात बहस हुने

अफताव आलमलाई बयानको लागि अदालत लगिएकाे छ । आलममाथि प्रहरीले ३ वटा अभियोग लगाएर प्रहरीले ८ सय १८ पेजको प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेका फायल साेमबार ४० पेजको अभियोग पत्रसहित आलमविरुद्ध मुद्दा दर्ता गरिएकाे छ।

सुरुमा घटनास्थल पुग्ने प्रहरी निरीक्षकको बयान लिइँदैं

घटनाको प्रमाणहरू फेला पर्न थालेपछि पीडित परिवारमा न्याय पाउने आशा पलाउन थालेको छ। १२ वर्षसम्म न्यायका लागि संघर्ष गरिरहेका मृतक पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तरको घर–परिवारमा न्याय पाउने आशा पलाउन थालेको हो।

‘आफताब जेल नगएसम्म छोराको किरिया गर्दिनँ’

रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम काण्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म काजकिरिया गरेका छैनन्। अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ।

अस्पताल भन्छ: उहाँलाई बाहिर निकाल्न मिल्दैन

निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेको १२ दिन बित्दा पनि बयान लिन सुरु गरिएको छैन। स्वास्थ्यमा समस्या देखिएपछि गत बिहीबार अस्पताल भर्ना गरिएका महराको उपचारमा संलग्न डाक्टरले नै स्वास्थ्य अवस्था गम्भीर भएको बताउँदै आएका छन्।

महराको अस्पतालमै बयान लिने तयारी

उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ।

अख्तियार प्रमुखले नमान्दा नेपालको बयान रोकियो

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा भएको निर्णयमा टेकेर ललितानिवासको जग्गा किनबेच भएको भनिएको विषयमा उनलाई बयानमा बोलाउने प्रक्रिया रोकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले प्रधानमन्त्रीकै रुपमा नेपालको नियत खराब देखिने आधार नभएको र बयानमा बोलाउँदा राजनीतिक प्रतिशोध मात्रै देखिने ठहर गरेपछि प्रक्रिया रोकिएको हो।

बलात्कार घटनामा बयान फेर्न साढे पाँच लाख, आमाले खाेलिन् यस्ताे रहस्य!

गत साउन २० गते मोलुङ गाउँपालिकाकी एक युवती बलात्कृत भइन्। १८ वर्षीया ती युवती घाँस काट्न दिउँसो बारीमा गएको बेला बलात्कृत भएकी हुन्। पीडित पक्षको किटानी जाहेरीका आधारमा सोही ठाउँकै प्रहरी चौकीमा कार्यरत सप्तरीका करिब ३५ वर्षीय प्रहरी जवान प्रकाशकुमार यादव जबरजस्ती करणी मुद्दामा पक्राउ परे। घाँस काट्न गएकी किशोरीलाई यादवले जंगलमै जबरजस्ती करणी गरेको पीडितको आरोप छ।

बयानका लागि थप ५८ जना बोलाइए, नेतासँग बयान लिनेनलिनेमा अलमल

सात दिनभित्र अख्तियारमा उपस्थित नभए कानुनबमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ।

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः अदालतमा बयान शुरु

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलको बयान सोमबार शुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्