५ आश्विन २०८१ शनिबार
image/svg+xml

पुराण रकम विवादले राधाकृष्ण कुञ्ज विहारीमा भाँडभैलो

सदरमुकाम गाईघाटमा दुई महिनाअघि लगाइएको ‘श्रीमद् भागवत ज्ञान महायज्ञमा संकलित रकमले आयोजक ‘राधाकृष्ण कुञ्ज विहारी संस्था’ मा भाँडभैलो मच्चिएको छ।

कांग्रेस निकट कर्मचारीमा भाँडभैलो

नेपाली कांग्रेस निकट कर्मचारी संगठनभित्रको आन्तरिक विवाद तीव्र बनेको छ। विवाद बढ्दै जाँदा शनिबार जुम्लामा बसेको बैठकमा नेपाल निजामती कर्मचारी युनियन (संघ)को चौथौ पूर्ण केन्द्रीय समितिको बैठक महासचिवसहित १३ पदाधिकारीले बहिस्कार गरेका छन्। ८५ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष गोपाल पोखरेल, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, उपाध्यक्ष उत्तम कटुवाल, सचिव नवराज पाण्डे, यज्ञ ओलीसहित ५५ जना बैठकमा सहभागी छन्। महासचिव सुभाष कोइराला, उपमहासचिव यज्ञराज अर्याल, सचिव जनक रावल, कोषाध्यक्ष धर्मेस गौतम, सचिव शंकर पाण्डे, अशोक रौनियारसहितका केन्द्रीय समितिका ३० जना सहभागी छैनन्।

पाहुनाका अगाडि भाँडभैलो

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन समारोहमा मुलुकको आन्तरिक मामिलालाई छरपस्ट पारेपछि यसको चर्चा सदनदेखि सडकसम्म भइरहेको छ। त्यसो त, हाम्रा सबैजसो नेतालाई आन्तरिक मामिलाबारे विदेशीसँग चर्चा गर्नुहुँदैन भन्ने हेक्कासमेत छैन। तर, मुख्यमन्त्री राउतले ‘विभेदकारी संविधान’ विरुद्ध संघर्षरत रहेको टिप्पणी गरेर उनले आफ्नै पदीय मर्यादाको उल्लंघन गरेका छन्।

समृद्धिको सपना र भाँडभैलो

निर्वाचनअघिनै पार्टी एकता गर्ने उद्घोषसाथ माओवादी केन्द्र र एमालेको असोज १७ को सहमति वीरबलको खिचडी जस्तो हुन पुगेको छ। एकता गर्ने पट्यारलाग्दो भाषणका शृंखला करिब पाँच महिना निरन्तर सुनिरहेका नेपालीले कुनै विद्यार्थीले भोलिपल्ट आफ्नो शिक्षकलाई गृहकार्य बुझाउन हतारो गरेजस्तो गरी प्रधानमन्त्रीको भारत भ्रमणभन्दा पहिले नै एकता गर्ने तीव्र प्रयास भएको देख्न पाए।

कांग्रेसमा भाँडभैलो, गुटैपिच्छे मेलमिलाप दिवस

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको आन्तरिक विवाद तीव्र बनेको छ । अध्यक्ष नैनसिंह महराले संघलाई एकलौटी ढंगबाट अघि बढाएको भन्दै असन्तुष्ट पक्षले आइतबार समानान्तर कार्यक्रम गरेपछि विवाद सतहमा आएको हो ।

महानगरमा भाँडभैलो, जनप्रतिनिधिबीच धुव्रीकरण

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिबीच धु्रवीकरण हुँदा दुई धुव्रमा बाडिँदा भाँडभैलो मच्चिएको छ । अस्ति बुधबार बोलाइएको नगर कार्यापालिका बैठक पनि प्रतिनिधिबीचको तीव्र बिबादले गर्दा बस्न सकेन । महानगरका निर्णयहरू कार्यापालिका बैठकमार्फत पारित गर्नुपर्छ ।

काठमाडौं महानगरपालिकामा भाँडभैलो, जनप्रतिनिधि दुई धुव्रमा

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि दुई धुव्रमा बाँडिएका छन्। निर्वाचित भएर कार्यभार सम्हालेको सय दिन वरपर नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधि दुई धुव्रमा देखिएका छन्।

लोकतान्त्रिक फोरममा भाँडभैलो

विजय गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा भाँडभैलो सुरु भएको छ । पार्टीका नेताहरूले पार्टी न सरकारमा गएको, न आन्दोलनमा जान सकेको भन्दै अध्यक्ष गच्छदारसँग आक्रोशित भएका छन् । ‘गच्छदारको रबैया यस्तै रहिरहे पार्टी छाड्ने’ धम्की नेताहरूले दिएका छन् । पार्टीका नेताहरूले केन्द्रीय समितिको बैठक तत्काल बोलाउन माग गरेका छन् ।

धर्म परिवर्तनले परिवारमा भाँडभैलो

देउखुरीका रामबहादुर चौधरीलाई उनका दाजुले क्रिश्चिय बन्न दबाब दिइरहेका थिए। तर, रामबहादुरले दाजुको दबाब अस्वीकार गर्दै आए। क्रिस्चियन धर्मका स्थानीय अगुवा दाजु भाइप्रति रुष्ट बन्दै गए। सोही क्रममा रामबहादुरको विवाहको कुरा चल्यो। जुनसुकै हालतमा भाइको धर्म परिवर्तन गराउन खोजेका दाजुले क्रिस्चियन धर्ममा लागेकी बर्दियाकी एक युवतीसँग विवाह गर्न दबाब दिन थाले। तर, हिन्दु धर्मबाट विचलित हुन नसकेका रामबहादुरले ती युवती क्रिस्चियन भएकै कारण विवाह गर्न असहमति जनाए।

कर्मचारीको दुई गुटले जिविसमा भाँडभैलो

–बढी कमिसन आउने शाखाको बिषयलाई लिएर जिल्ला विकास समिति बारामा कार्यरत रहेका स्थानीय कर्मचारीबीचको बिवादले जिविस कार्यालयको दैनिक कार्यहरु प्रभावित भएको छ।

भागबन्डाको भाँडभैलो

लाभका पदमा दलीय भागबन्डाका कारण अन्य क्षेत्रजस्तै शिक्षा क्षेत्र पनि दिनानुदिन ग्रसित बन्दै आएको छ । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, डिन वा अन्य महŒवपूर्ण पदमा दलका अस्वस्थ नजर पर्नाले ती निकायमा कहिले लामो समय प्रमुख पद रिक्त हुने गरेको छ त कहिले चरम राजनीतिक प्रभावमा गलत व्यक्ति नियुक्त हुँदै आएका छन् ।

त्रिविमा भाँडभैलो : भागबन्डा नमिल्दा तीन महिने नियुक्ति

त्रिभुवन विश्वविद्यालयका दर्जनजति आंगिक क्याम्पसमा असारदेखि प्रमुख पद खाली भए पनि राजनीतिक भागबन्डा नमिल्दा पूर्णकालीन नियुक्ति हुन सकेको छैन। अनुसन्धान निकाय प्रमुख र डिनमा पनि तीन महिने नियुक्ति गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्