१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मिथिला कलामा मुस्लिम महिला

उन्नाइस वर्षअघि श्रीमानको साथ गुम्यो। पाँच छोरी र एक छोरा हुर्काउने अभिभारा उनीमा आयो। छोरी सलमा खातुन काखमै थिइन् जब उनका पिताले यस दुनियाँबाट बिदा लिए। सलमासहित ६ जना छोराछोरीको लालनपालनको भार मुनीमाथि प-यो। जनकपुर–४ की मुनी खातुनका लागि आफू सम्हालिएर बच्चा हुर्काउनु उति सजिलो थिएन।

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

बडादशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ। यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ।

झिझियाको रमझममा झुम्दै मिथिलाञ्चल

‘चल चल गे डैनी कदम तर तोहर वेटा के खैवौ वरहम तर।’ मैथिली भाषामा सुरिलो भाकामा गाइने यी यस्ता गीत र त्यसको तालमा नाचिने नृत्यमा अहिले मिथिलाञ्चलका महिलाहरु दिदीबहिनीहरु झुम्न थालेका छन्।

मिथिला कलामा बुद्धको आकृति

मानिसको चहलपहल रहने पाटन दरबार क्षेत्र कलात्मक सुन्दरताको लागि चर्चित छ। साँझपख घाम डुब्दै गर्दाको रोचक दृश्यले यो क्षेत्र अझ रमणीय देखिन्छ। चित्रकार डिबी राईले कोरेको यही रोचक दृश्य समेटिएको पाटन दरबार क्षेत्रको चित्रकला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा झुन्डाइएको छ।

मिथिला कलामा सजियाे बुद्धको आकृति

मानिसको चहलपहल रहने पाटन दरबार क्षेत्र कलात्मक सुन्दरताको लागि चर्चित छ। साँझपख घाम डुब्दै गर्दाको रोचक दृश्यले यो क्षेत्र अझ रमणीय देखिन्छ। चित्रकार डिबी राईले कोरेको यही रोचक दृश्य समेटिएको पाटन दरबार क्षेत्रको चित्रकला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा झुन्डाइएको छ।

रञ्जुको सन्देश

ललितकला पुरस्कार ०७६ बाट पुरस्कृत भएकी मिथिला कलाकार रञ्जु यादव सन्देशमूलक चित्र बनाउन सिपालु छिन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आर्ट काउन्सिल बबरमहल, काठमाडौंमा नवौं राष्ट्रिय ललितकला प्रदर्शनी गरिरहेको छ। त्यहाँ विभिन्न विधाको कला राखिएका छन्। लोककला विधामा यसपालि राष्ट्रिय ललितकला पुरस्कार–०७६ बाट मिथिला चित्रकार रञ्जु यादव पुरस्कृत भइन्।

मधेस प्रदेश होइन, मिथिला

करिब ६ महिनाको अभ्यासपछि आयोगले वैशाख १९ गते प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएको छ। उक्त आयोगले प्रदेशको नाम मधेस र स्थायी राजधानी जनकपुर सिफारिस गरेको छ।यसले गर्दा प्रदेश दुईमा ठूलो तरंग ल्याएको छ।

भेटिएन बालक हत्याको प्रमाण

मिथिला नगरपालिका–६ का शम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको हत्याबारे प्रहरीले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन। सोमबार साँझ आफ्नै घरबाट बेपत्ता भएका दूधे बालक साहको हत्यारा पत्ता लगाउन प्रहरी लागिपरे पनि कुनै प्रमाण नभेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (प्रनाउ) रामेश्वर कार्कीले बताए।

परिवारसँगको रिसइबी साध्न आर्यनको हत्या भएको आशंका

धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरमा अढाई वर्षीय बालकको घाँटी रेटी हत्या गरिएको छ। शम्भु साहका छोरा आर्यन मंगलबार बिहान गर्धन रेटिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। उनी सोमबार साँझपख घरबाट हराएका थिए।

‘मन्दिरको जग्गा हडपेर निजी घर’

प्राचीन मिथिलाको राजधानी जनकपुरले यति बेला प्रदेश २ को अस्थायी राजधानीको पहिचान पाएको छ। त्रेता युगदेखि नै धार्मिक पहिचान बनाउन सफल यो नगरले नेपालका सबै राजनीतिक परिवर्तनमा कुनै न कुनै योगदान दिइरह्यो। प्रदेशको नामकरण र भाषा सम्बन्धमा प्रदेशसभाले निर्णय गर्न त्यति सहज नभए पनि प्रादेशिक राजधानी जनकपुर तोकिँदा कसैले खुलेर विरोध गर्न सकेको छैन।

मिथिलाको प्रतिबिम्ब चित्रकलामा

चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी शुक्रबार समापन भएको छ। बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा ७ दिन सम्म चलेको प्रदर्शनीमा मिथिलाको वास्तविकतालाई चित्रकार यादवले २९ चित्रका माध्यमबाट प्रस्तुत गरेकी थिइन्।

बिहीबार परेका कारण लम्बियो तराईको होली

सदा एक दिन मात्र मनाइने तराईको महत्वपूर्ण पर्व होली यस वर्ष भने दुई दिन मनाइने भएको छ। यस वर्ष तराईको होली बिहीबार परेको र मधेसी समुदायको घरमा बिहीबारका व्रतालु हुने भएका कारण माछामासु नचल्ने भएपछि मिथिला क्षेत्रका सर्वसाधारणले शुक्रबार होली मनाउने तयारी गरेका छन्। मधेसी समुदायमा आइतबार, मंगलबार र बिहीबार अधिकांश घरमा व्रतालु हुने हुँदा माछामासु नचल्ने भएकाले यस्तो बेलामा होली पर्व भोलिपल्ट मनाउने प्रचलन रहेको मैथल संस्कृतिका जानकार रजनीकान्त झा बताउँछन्।

विदेशी बजारमा अजितको मिथिला कला

पिता व्यापार व्यवसायमा लागे पनि उनकी आमा भने घरमै चित्र कोर्थिन् । मिथिला समुदायमा पूजाका लागि बनाइने ‘अपिरण’ ले उनको ध्यान तानिरह्यो । आमाले ‘अपिरण’ बनाएको देखेका उनलाई आमाको त्यो कलाले मोहित बनायो ।

मिथिला लोकचित्रको व्यावसायिक भविष्य

जनकपुरधाममा भारत सरकारको सहयोगमा जयनगर (भारत) देखि बर्दिबास सम्मको रेल खण्ड बन्दैछ। यसमध्ये जनकपुरधाम–जयनगर खण्ड निकट भविष्यमा संचालन हुँदैछ। यहाँ रेल्वे स्टेसनको उल्लेख त्यस कारण गरिएको हैन, त्यहाँ मिथिला लोकचित्रको सुन्दर, आकर्षक चित्रांकनका लागि चर्च गरिएको हो। राम–सीतासँग सम्बन्धित चित्रहरु पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्