१० मंसिर २०८१ सोमबार
image/svg+xml

इपीएलमा भैरहवाको रोमाञ्चक जित

एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई जितका लागि १४२ रनको लक्ष्य प्रस्तुत

इपिएलमा ललितपुर–भैरहवा र चितवन–काठमाडौं भिड्दै

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितामा आज पनि २ खेलहरु हुँदैछन्। कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा अहिले बिहान ९ बजे हुने पहिलो खेलमा ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रियट्स र शरद भेषावकरको भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुँदैछ। द्ई खेलमा १ जित र १ मा हार ब्यहोरेको ललितपुर र पहिलो खेलमा काठमाडौं किङ्सलाई पराजित गरेको भैरहवा भिड्न लागेका हुन्।

इपिएलमा बिराटनगर–पोखरा र भैरहवा–काठमाडौं भिड्दै

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा अहिले बिहान ९ बजे बिराटनगर वारियर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दैछ । बिराटनगर वारियर्सको कप्तानमा पारस खड्का र पोखरा राइनोजको कप्तानमा शक्ति गौचन छन् ।

भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना

नेपाल एयरलाइन्सको एउटा जहाज भैरहवा विमानस्थलमा दुर्घटना भएको छ। ९ एन एकेएस जहाज अवतरण गर्नेक्रममा दुर्घटनामा परेको हो। नेपाल एयरलायन्सका प्रवक्ता दामोदर श्रेष्ठका अनुसार अवतरण गर्ने क्रममा पछाडिको बायाँ पट्टिको टायर पंचर भएर दुर्घटना भएको हो।

भैरहवा सेजमा बिजुली पुर्‍याउन समयसीमा

सहमति अनुसार काम भएमा अबको ४० दिनभित्र भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा बिजुली पुग्नेछ र उद्योगहरु सञ्चालन गर्न सहज हुनेछ । उक्त क्षेत्रमा विद्युत् पु¥याउन ऊर्जा मन्त्रालयले समझदारीपत्रमा हस्ताक्षर गरेपछि उद्योग सञ्चालनको आस जागेको हो ।

भैरहवा भन्सारमा सेटिङमा तस्करी, प्रज्ञापनपत्रमा भएभन्दा फरक सामान

एउटै प्रज्ञापनपत्रबाट दुई गाडी छुटेको सार्वजनिक भएको भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा फरक सामान भन्सार पास भएको खुलेको छ। बिहीबार भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र नम्बर ५६७८७ र ५६७९७ मा ना६ख ५६३५ र ना४ख ४१२६ नम्बरका ट्रक  छुटेका थिए। तीमध्ये ना४ख ४१२६ नम्बरको ट्रक भन्सारको दुई नम्बर गेटबाट निस्कँदै गर्दा नियन्त्रणमा लिइएको थियो।

भैरहवा भन्सारमा सेटिङमा तस्करी

एउटै प्रज्ञापनपत्रबाट दुई गाडी छुटेको सार्वजनिक भएपछि भैरहवा भन्सार कार्यालयमा तस्करहरुले सेटिङ मिलाएर दिनहुँ लाखौं राजस्व छलिरहेको खुलेको छ।

भैरहवा सेजमा उद्योग दर्ता सुरु

भैरहवा विशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगहरूको दर्ता प्रक्रिया सुरु भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणसँग सम्झौता भएका १९ वटा उद्योगको दर्ता गत बुधबारबाट सुरु भएको हो।

चिनियाँ कम्पनीसँग विवाद भएपछि भैरहवा अन्तरार्ष्ट्रिय विमानस्थलको काम रोकियो

ठेकेदारको विवादका कारण चार दिनदेखि ठप्प रहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको काम सुरु हुन दुई साता लाग्ने भएको छ। विमानस्थलको निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली सप्लायर्स नर्थ वेस्ट इन्फ्रा नेपालबीच आपसी लेनदेनको विषयमा विवाद भएपछि निर्माणको काम चार दिनदेखि ठप्प भएको हो।

भैरहवाको ‘नेपाल फोटो प्रर्दशनी’ २० हजारद्वारा अवलोकन

फोटो पत्रकार क्लब(पिजे क्लब)को आयोजना तथा सिद्धार्थ होटल एशोसियसन सान र रुपन्देही क्रिकेट संघको सहयोगमा भैरहवामा चार दिनसम्म प्रदर्शन भएको ‘नेपाल फोटो प्रर्दशनी’२०७३ सम्पन्न भएको छ।

भैरहवामा ‘नेपाल फोटो प्रर्दशनी’ सुरु

‘नेपाल फोटो प्रदर्शनी यात्रा’ भैरहवामा बिहीबारबाट सुरु भएको छ। फोटो पत्रकार क्लब (पिजे क्लब)ले आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ठ तस्बिरहरुको प्रदर्शनी भैरहवामा सुरु गरेको हो।

केन्द्रको काम अब भैरहवा सेजबाटै प्रदान गरिने

केन्द्रबाट सञ्चालन हुँदै आएको विशेष आर्थिक क्षेत्रको प्रशासनिक काम अबदेखि भैरहवास्थित सेजको कार्यालयबाटै हुने भएको छ। बिहीबार औपचारिक रुपमै सेज कार्यालयको उद्घाटन गरी प्रसासनिक सेवा प्रदान गर्न लागिएको हो। विशेष आर्थिक क्षेत्र कार्यालयको उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्घाटन गर्दै शुक्रबारदेखि नै सम्पूर्ण प्रसासनिक सेवा प्रवाह गर्न सम्बन्धित निकायलाइ निर्देशन दिए।

पोखरा, धरान, भैरहवासहित दस सहरको एकीकृत रोडम्याप बन्दै

सरकारले बजेटमा घोषणा गरे अनुरुप उपत्यका बाहिरका १० वटा सहरलाई व्यवस्थित र आधुनिक बनाउने रोडम्याप बनाउन सुरु गरेको छ। एकीकृत र व्यवस्थित सहरीकरणको विश्वव्यापी मान्यता अनुसार सहरी विकास मन्त्रालयले त्यस्तो रोडम्याप तयार पार्न लागेको जनाकारी दिएको छ।

भैरहवा सेजमा बिजुली अभाव

भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्न उत्साहित भएका उद्योगी तत्काल बिजुली विस्तार हुने छाँटकाँट नदेखेपछि निराश भएका छन्। अरु सबै पूर्वाधारले उत्साहित व्यवसायी बिजुली अभावमा उद्योग चलाउन नसक्ने निष्कर्ष निकाल्दै निराश भएका हुन्।

भैरहवा सेजमा २३ उद्योगसँग सम्झौता हुँदै

सञ्चालन तयारीमा रहेको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा २३ वटा उद्योग स्थापना हुने भएका छन्। उद्योग स्थापना गर्न आवेदन दिएका २३ लगानीकर्तासँग विशेष आर्थिक क्षेत्र विकास समितिले केही दिनभित्रै सम्झौता गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्