सरकारी मोटरसाइकल चाउमिन र पाउरोटी बेच्न प्रयोग
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सरकारी मोटरसाइकल चाउमिन र पाउरोटी विक्रीमा प्रयोग गरेको पाइएको छ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सरकारी मोटरसाइकल चाउमिन र पाउरोटी विक्रीमा प्रयोग गरेको पाइएको छ।
अनियन्त्रित भएर घरभित्र छिरेको मोटरसाइकलको ठक्करबाट खोटाङमा दुई जना घाइते भएका छन्। सडकमा गुड्दै गरेको बा ९६ प ५२२२ नम्बरको बाइक अनियन्त्रित भएर पसल घरभित्र छिर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका किसन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका टंक श्रेष्ठ घाइते भएका हुन्।
मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं मातातिर्थ बस्ने गोरखा मसेल गाउँपालिका ३ घर भएका १९ वर्षीय रामबहादुर मगराती र गोरखा नगरपालिका ७ घर भएका २० वर्षीय ईश्वर श्रीमललाई प्रहरीले पक्राउ गरेको हो।
कक्षा पाँचमा पढ्दै गर्दा उनी भागेर काठमाडौं गए। जहाज वा बसमा भने होइन। अजित बराल १० वर्षकै त्यो उमेरमा साइकल हाँकेरै पोखराबाट काठमाडौं पुगे। पोखरादेखि २०० किलोमिटर टाढा साईकलमा जानु भनेको पक्कै पनि सामान्य कुरा होईन। अजित बराल, जो साईकलमै जिउँछन्, भन्दा फरक नपर्ला। साईकलमै उनले आधा विश्व घुमिसकेका छन्।
राजधानीका तीनवटा प्राचीन सम्पदाको पर्यटन प्रवर्द्धन गर्न शनिबार साइकल यात्रा गरिएको छ। पर्यटनकर्मी युवाको संस्था ‘कन्सेप्ट नेपाल’ र खोकना पुननिर्माण तथा पुनस्थापना समितिले ‘राइड काष्ठमण्डप टु खोकना’ साइकल यात्रा आयोजना गरेका हुन्।
‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ अभियानले शनिबार दुई जना प्रख्यात साइक्लिष्टलाई सम्मानित गर्ने भएको छ । उसले चौंथो राइड काष्ठमण्डप टु खोकना कार्यक्रममा पुराना साइक्लिष्ट सोनाम गुरुङ र विश्व साइकल यात्री पुस्कर शाहलाई सम्मान गर्न लागेको हो।
पिलिक्क आँखा खोलिन् उनले । आँखा चिम्लिएका बेला अनुहार नियालिरहेका मेरा आँखामा जुधे उनका आँखा । अर्कोतिर फर्किन खोजे जस्तो गरिन् । शरीर त हल्लियो तर फर्किन् सकिनन् । तीन दिन भइसकेको थियो म वार्डमा बसेको । उनी केही घण्टा पहिला मात्रै वेड नम्बर १०४ मा आएकी थिइन् । वेड नम्बर १०३ मा सुत्ने मेरो चाँही एक दिन मात्रै बाँकी थियो ।‘के भएको तपाइलाई ?’ म बोल्न खोजें।
काठमाडौंको बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ।
मोटरसाइकल दुर्घटनामा परेर शनिबार राति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ।
तानसेन नगरपालिका ८ डुम्रेचोकमा मोटरसाइकल र जीप जुध्दा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ। साँझ ७ बजेतिर भएको दुर्घटनामा परी तानसेन नगरपालिका १४ रिडीका २२ वर्षीय कृष्ण पुनको मृत्यु भएको हो।
ललितपुरकाे पाटन ढोकाबाट शनिबार बिहान करिब ३ हजारको संख्यामा कोरा साइकल र्याली शुरु भएको छ।
भोली शनिवार काठमाडौंमा ‘कोरा साइकल च्यालेन्ज’ र्याली आयोजना हुँदैछ। यो र्यालीमा झन्डै तीन हजार साइकलप्रेमीहरु सहभागी हुने अपेक्षा गरिएको छ। शनिवार पाटन दरबार प्राङगणबाट बिहानीपखको मौसममा सहर नै ढाक्ने गरि साइकल यात्रीहरु सहभागी हुनेछन्।
पाल्पाको रम्भा गाउँपालिकाले चालू आर्थिक वर्ष २०७५–०७६ मा सबै वडा अध्यक्षलाई मोटरसाइकल र कर्मचारीलाई दिवा खाजा उपलब्ध गराउने निर्णय गरेको छ।
स्वयम्भूमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कंलकीबाट बालाजुतर्फ आइरहेको बा९६प ५९३७ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना६ख ५६४८ नंको डिब्बाले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका गोरखा सुलिकोटका ६६ वर्षीय मोहन पनेरु क्षेत्रीको मृत्यु भएको हो।
मध्यम वर्गीय नेपाली र मोटरसाइकल एकअर्काका पर्यायजस्तै बनेका छन्। मध्यम र न्यून–मध्यम वर्गमा मोटरसाइकल लोकप्रिय सवारी साधन हो। मोटरसाइकलको बढ्दो प्रयोगसँगै काठमाडौंका सडकमा नयाँ चुनौती थपिएका छन्। एकातिर सार्वजनिक सवारीसाधनको प्रयोग घट्दो छ भने अर्कोतिर काठमाडौंका सडक असुरक्षित हुँदै गएका छन्।