३ असार २०८१ सोमबार
image/svg+xml

सुनसरी कोशी गाउँपालिकामा बस दुर्घटना हुँदा ३७ जना घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिकामा सोमबार राति यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्।

बैजनाथको पेडाले चिनाएको बरमझियाः थपिँदै पेडा पसल,गुणस्तर धान्न चुनौती

यहाँ सयको हाराहारीमा सञ्चालित पेडा पसल सबै गुणस्तरीय भने छैनन्। सबै पसलेले अघिल्तिर ‘असली’ ‘पुरानो’ जस्ता शब्द झुन्ड्याएका छन्। जसले गर्दा असली पेडा पसलको खोजीमा अधिकांश ग्राहक झुक्किने गरेका छन्। असली बूढो बाजेले खोलेको पेडा पसल भने सशस्त्र प्रहरीको ब्यारेक छेउमै छ।

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएपछि ट्र्याक्टर सडकबाट पाँच मिटर तल खसेकाे थियाे।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको गाभरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

इलामबाट ६१ किलोमिटरमै दमक

सदरमुकामनजिकै फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई हुँदै मार्चेबुङसम्म ५५ किलोमिटरको सडक निर्माण सुरु भएको हो। स्थानीयका अनुसार मार्चेबुङबाट दमक बजार पुग्न ६ किलोमिटर छ। यो सडकले सुकिलुम्बा विमानस्थलबाट ६१ किलोमिटरमा दमक बजार छुने भएपछि स्थानीयसमेत हर्षित छन्।

सवारीको ठक्करबाट चितुवाको मृत्यु

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्