१९ असार २०८१ बुधबार
image/svg+xml

मन ठूलो भएकी ‘पियारी आमा’

खरले छाएको सानो घर। घरछेउको खेतबारीमा धान हरियो छ। हरियो धान खेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कुललाई दिएँ, मैले त पढ्न पाइनँ, अब अरूले पढ्न पाऊन।’

वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरूले ज्यान गुमाएका हुन्।

मालपोत अधिकृतसहित ७ जना भ्रष्टाचारी ठहर

विशेष अदालतले मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थीसहित ७ जनालाई भ्रष्टाचारी ठहर गरेको छ।

विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन बन्द

हिजो र आज लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले दुई दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिए।

नारायणी नदी क्षेत्रमा भेटिए ४३ प्रजातिका चरा

चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पंक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए।

नारायणीमा एक महिनामा तीन पटक देखियो डल्फिन, संरक्षणकर्मी उत्साहित

‘पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो’, संरक्षणकर्मी टेक महतोले भने, ‘यसले हामीलाई निकै हौसला दिएको छ।’ महतोले गत मङ्सिर १४ गते, पुस १३ गते र पुस २६ गते नवलपुरको अमलटारीघाटमा डल्फिन देखेको बताए।

वाल्मीकि आश्रम पुग्न पुल बन्यो, बाटो बनेन

नारायणी नदीमा बनेको यस पुललाई स्थानीयले लव–कुश झोलुङ्गे पुलको उपनाम दिएका छन्। यहाँ पुग्ने जोकोहीलाई यो पुलले आकर्षित गर्छ। पुल निर्माण सम्पन्न भएको करिब एक वर्ष भइसक्यो तर सञ्चालनमा आएको छैन।

पूर्वी नवलपरासीमा ४५ प्रतिशत मतदान

दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस जिल्लामा एक लाख १० हजार सात सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यस्तो छ नवलपरासीपूर्वमा निर्वाचनको तयारी!

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भने, 'निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको छ, आवश्यक सुरक्षाको प्रबन्ध सबै मतदान केन्द्रमा भइसकेको छ।' निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षाको व्यवस्था सुदृढ बनाइएको उनको भनाइ छ।

४७ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै प्रहरी

मासिक चार हजार तीन सय तिरेर भाडाको घरबाट सेवा प्रवाह गर्दै आए पनि सामान्य घटनामा २४ घण्टा नियन्त्रणमा राख्नुपर्ने अवस्था आउँदा थुनुवालाई जिल्ला प्रहरी कार्यालय पठाउनुपर्ने बाध्यता रहेको धोबीले बताए।

दुनाटपरी बनाएर आत्मनिर्भर बन्दै नवलपरासीका महिला

परम्परागत नेपाली दुनाटपरीले बजारमा प्लास्टिकका आयातित प्लेटसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ। दुनाटपरी जङ्गलमा प्रशस्त पाइने पातबाट बनाइने भएकाले कच्चापदार्थको अभाव हुँदैन। महिलालाई आयआर्जनका लागि दुनाटपरी उद्योग उपयुक्त हुने अध्यक्ष मगरको भनाइ छ।

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए।

कुस्तीतर्फ आर्मी टिम च्याम्पियन

विभागीय टिम त्रिभुवन आर्मी क्लबका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठ र पुरुष तर्फको ७४ केजी तौल समूहमा सुरेस चुनारले स्वर्ण पदक जितेका हुन्।

पूर्वी नवलपरासीमा चुनावी सरगर्मी बढ्यो

जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रमा पनि विशेषगरी सत्ता गठबन्धनबाट र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्