२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

बर्दघाटमा एभरेष्टको १२५ औं शाखा

एभरेष्ट बैंकले नवलपरासीमा आफ्नो १२५ औं शाखा उद्घाटन गरेको छ। नयाँ शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापति केशवप्रसाद भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका छन्।

उक्त उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ला सभापति भण्डारीले बर्दघाटमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताएका छन्। साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बर्दघाट र सो आसपासका बासिन्दालाई अत्याधुनिक र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे। 

प्रकाशित: २६ वैशाख २०८० ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App