४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको पुनः नक्सांकन गरिँदै

बाँकेको बैजनाथमा बन्न लागेको ‘नौबस्ता औद्योगिक क्षेत्र’ को पुनः नक्सांकन गर्न थालिएको छ।

‘नौवस्ता औद्योगिक क्षेत्र’ निर्माण अलपत्र

सरकारले बाँकेमा निर्माण गर्न थालेको ‘नौवस्ता औद्योगिक क्षेत्र’ को पूर्वाधार निर्माण कार्य अलपत्र परेको छ।

अगाडि बढ्न सकेन नौवस्ता औद्योगिक क्षेत्र

बस्ती क्षेत्रमा बसोबास गर्नेहरूको संख्याका विषयमा सरकार र स्थानीयबीच सहमति हुन नसक्दा सिंगो परियोजना नै अनिर्णयको बन्दी बन्न पुगेको हो।

घोषणाको पाँच वर्षपछि ‘नौवस्ता औद्योगिक क्षेत्र’ शिलान्यास

सरकारले घोषणा गरेको पाँच वर्षपछि बाँकेस्थित ‘नौवस्ता औद्योगिक क्षेत्र’ को शिलान्यास गरिएको छ। लामो समयदेखि चल्दै आएको विवाद टुंगो नलगाएरै सरकारले शिलान्यास गरेको हो। औद्योगिक क्षेत्र निर्माण परियोजनाभित्र पर्ने स्थानीय बासिन्दाले उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गर्न सकेको छैन। स्थानीयको चर्को विरोधका बीच मंगलबार उद्योग मन्त्री लेखराज भट्ट र औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले औपचारिक रुपमा शिलान्यास गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्