२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दुहवीमा सिद्धार्थ बैंकको शाखा

सिद्घार्थ बैंकले सुनसरीको दुहवीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको हो।

महायज्ञको तयारी अन्तिम चरणमा

सुनसरीको चतराधाममा माघ २६ गतेबाट हुन लागेको श्रीराम तारकब्रह्म महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने महायज्ञ फागुन ७ गतेसम्म चल्नेछ।

प्रदेश १ माथि एपीएफको फराकिलो जित, कुमालले लिए ७ विकेट

एपीएफले सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। शुक्रबार भएको समूह ‘डी’ अन्तर्गत लिग चरणको पहिलो खेलमा एपीएफले ९२ रनले प्रदेश नं. १ लाई हराउँदै विजयी भएको हो।

फाल्गुनन्द गोल्डकप : सुनसरीलाई रोक्दै सरस्वती अन्तिम चारमा

खेलको आठौं मिनेटमा लिएको अग्रतालाई अन्तिम १५ मिनेट जोगाउन नसक्दा साबिकको विजेता सुनसरी–११ फिदिममा जारी दशौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

प्रहरी र डाँकाबीच गोली हानाहान, एकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ।

सुनसरी मोरङ करिडोरका उद्योगमा अर्बौं लगानी थप

राजनीतिक स्थायित्वपछि विकास निर्माणले गति लिने आसमा सुनसरी–मोरङ औद्योगिक करिडोरमा निर्माण समाग्री उत्पादन गर्ने ठूला उद्योग थपिन थालेका छन्। सुनसरी–मोरङ औद्योगिक करिडोरका विभिन्न स्थानमा फलामे डन्डी, सिमेन्ट जस्ता निर्माण सामग्री उत्पादन गर्ने नयाँ उद्योग धमाधम स्थापना हुन थालेका हुन्।

सुनसरीमा साउनयता ११ हत्या

आफूहरूले विदेशमा गरेको कामको खिल्ली उडाएको झोंकमा तीन युवकले गत भदौ २४ गते सुनसरी बराहक्षेत्र–६ का २२ वर्षीय सुरेन्द्र माझीको हत्या गरे । रक्सीले मातेका ती युवकले आफूहरू विदेशमा हुँदा गरेको कामको आलोचना भएपछि आवेशमा आएर माझीको हत्या गरेका थिए ।

‘नारदमुनि गोल्डकप’ को उपाधि डिसिटी सुनसरीलाई

उदयपुरमा सम्पन्न ‘चौदण्डीगढी नारदमुनि गोल्डकप प्रतियोगिता ०७५’ को उपाधि डिसिटी सुनसरीले चुमेको छ। चौदण्डीगढी नगरपालिकाको बसाहा बर्खेडाँडास्थित नारदमुनि रंगशालामा मंगलबार सम्पन्न फाईनल खेलमा डिसिटीले ४–० गोल अन्तरले बारा ११ युथ क्लव बारालाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो।

नारदमुनि गोल्डकप : मोरङलाई हराउँदै डिसिटी फाइनलमा

उदयपुरमा जारी ‘चौदण्डीगढी नारदमुनि गोल्डकप प्रतियोगिता ०७५’ मा डिसिटी सुनसरी टिम फाइनलमा पुगेको छ। आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा टाइब्रेकरमा बिपक्षी समूह मोरङ ११ लाई ४–२ गोल अन्तरले पराजित गर्दै डिसिटी सुनसरी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।

सुनसरीमा गोली हानी विद्यालय सञ्चालकको हत्या, प्रहरीमाथी समेत गोली प्रहार

सुनसरीको हरिनगर गाउँपालिका २ भुताहामा गोली हानी एक जनाको हत्या भएको छ। अपरिचित समूहले स्थानीय नेशनल वोर्डिङ स्कुलका सञ्चालक मौलाना खुसिद आलमको गोली हानी हत्या गरेका हुन्।

सुनसरीमा मानसिक सन्तुलन ठीक नभएकी महिला बलात्कृत

सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन्।

सैन्यदस्ता नेपाल भित्र्याउने रणनीति

सप्तरी र सुनसरीको सिमानामा अवस्थित सप्तकोसी ब्यारेजलाई गम्भीर सुरक्षा चुनौती रहेको भन्दै भारतीय पक्षले लामो समयदेखि सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्न नेपाली पक्षलाई दबाब दिँदै आएको छ।

खोलामा डुबेर दिदीको मृत्यु, भाई बेपत्ता

सुनसरी रामधुनी नगरपालिका–३ स्थित झरना खोलाले बगाएर मंगलबार एक बालिकाको मृत्यु भएको छ भने मृतककी भाइ बेपत्ता भएका छन्।

सुनसरीमा स्कारपियो दुर्घटना, ६ भारतीय पर्यटकको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका वडा नं. ४ मा सोमबार राती स्कारपियो दुर्घटना हुँदा ६ भारतीय पर्यटकको मृत्यु भएको छ ।

घुस लिएकाे अाराेपमा शिक्षा समन्वय समिति सुनसरीका प्रमुख पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्रप्रसाद सुवेदीलाई पक्राउ गरेको छ । सुवेदीलाई ५० हजार घुस लिँदालिँदै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीक प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्