५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुदूरपश्चिम प्रदेशमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सञ्चालन

सुदूरपश्चिम प्रदेश सरकारका सहयोगमा बैतडी जिल्लामा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सञ्चालनमा आएको छ।

खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन्।

सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत

एमालेको सुदूरपश्चिम इन्चार्जबाट भीम रावललाई हटाएर भट्टलाई इन्चार्ज बनाइएको छ। नयाँ सरकार बनाउन नेपाली कांग्रेस र राजपासँग वार्ता गर्न एमाले प्रदेश समितीको बैठकले प्रदेशका सहइन्चार्ज पाठक संयोजक रहेको तीन सदस्यीय वार्ता टोली पनि गठन गरेको प्रदेश अध्यक्ष थापाले बताए।

सुदूरपश्चिम प्रदेश सरकार बदल्न कसरत सुरु

सुदूरपश्चिम प्रदेश सरकार बदल्न नेकपा एमाले ओलीपक्षले कसरत शुरु गरेको छ । माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारवाट एमालेले समर्थन फिर्ता गर्ने तयारी थालेको छ । सुदूरपश्चिम सरकार बदल्न नेकपा एमालेका सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट, प्रदेश समितीका सहईन्चार्ज महेश्वर पाठक, प्रदेश समिती अध्यक्ष कर्ण थापा लगायतका नेता धनगढीमा केन्द्रित भएका छन । माओवादी केन्द्र र माधव पक्षको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारवाट एमालेले समर्थन फिर्ता लिन संसदिय दल वोलाउने तयारी गरेको छ ।

सात महिनामा २१ प्रतिशत खर्च

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको सात महिनामा कुल बजेटको २१.७७ प्रतिशत मात्र खर्च गरेको छ। ओली पक्षमा रहेका दुई मन्त्री बाहिरिएपछि डेढ महिनादेखि दुईवटा मन्त्रालय खालिरहेको प्रदेश सरकारको कामको गति सुस्त देखिएको छ।

सुदूरपश्चिममा १२ सय क्षयरोगका बिरामी

सुदूरपश्चिम प्रदेशमा पुसको तथ्यांकअनुसार १ हजार २ सय ८२ जना क्षयरोगका बिरामी रहेका छन्। गत आवमा २ हजार ७ सय ३५ जना बिरामी रहेका थिए। कोरोना भाइरसको जोखिमका कारण परीक्षण दर घटेपछि गत वर्षको तुलनामा क्षयरोगका बिरामी कम देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत मनोज ओझाले बताए।

सुदूरपश्चिममा १३ सय जना क्षयरोगका बिरामी, उपचार सफलता दर ९० प्रतिशत

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको जोखिमका कारण परीक्षण दर घटेपछि गत वर्षको तुलनामा क्षयरोगका बिरामीको संख्यामा कमी आएको छ। पुस मसान्तसम्मको तथ्यांकअनुसार १ हजार २ सय ८२ जना क्षयरोगका बिरामी रहेका छन्।

सात महिनामा २१ प्रतिशत बजेट खर्च (अपडेट)

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको सात महिनामा कुल बजेटको २१.७७ प्रतिशत खर्चमात्र गरेको छ । ओली पक्षमा रहेका दुई मन्त्री वाहिरिएपछि डेढ महिनादेखि दुई वटा मन्त्रालय खाली रहेको प्रदेश सरकारको कामको गति सुस्त देखिएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार पुँजीगत खर्च २०.७३ र चालु खर्च २२.८५ प्रतिशत भएको छ । पुँजीगततर्फ १७ अर्ब १४ करोड ३७ लाखमध्ये तीन अर्ब तीन अर्ब ५५ करोड ३७ लाख खर्च भएको प्रदेश लेखा नियन्त्रक बाशुदेव जोशीले बताएका छन ।

मोबाइल पड्किँदा किशोरीको मृत्यु

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो।

गोपीचन्द्र र गौरीका उत्कृष्ट खेलाडी घोषित

खेलकुद पत्रकार मन्च कैलालीले आयोजना गरेको दोश्रो संस्करणको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्कीले वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंहले वर्ष महिला खेलाडीको सम्मान पाएका छन् । पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ५ हजार मिटरको मध्यम दूरीमा पहिलो स्वर्ण पदक जित्ने किर्तिमान बनाएका थिए ।

धुलैधुलोले कुरूप बन्यो अत्तरिया

सुदूरपश्चिम प्रदेशकै प्रमुख द्वारका रूपमा रहेको गोदावरी नगरपालिकाको एक मात्रै सहर अत्तरियाले अझै धुलोमैलोको सकसबाट मुक्ति पाउन सकेको छैन। दुई वर्षयता अत्तरिया चोक धुलाम्य हुनुका साथै नजिकै ढलको दुर्गन्धले ग्रसित छ। त्यसकारण सो बजारको शोभा घट्दै गएको छ। स्थानीयले पटकपटक सडक डिभिजन कार्यालय महेन्द्रनगर र प्रदेशस्थित मन्त्रालयमै गएर प्रदूषणमुक्त बजार निर्माणका लागि पहल गर्दा कुनै सुनुवाइ हुन सकेको छैन।

कैलालीमा झडप

सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेशमा राजनीतिले फरक मोड लिएको छ। सुदूरपश्चिम प्रदेशमा एमाले इन्चार्ज भीम रावललाई मान्ने कि लेखराज भट्टलाई भन्ने विषयमा केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच विवाद उत्पन्न भएको छ। यसै विषयलाई लिएर धनगढी उपमहानगरपालिका–३ स्थित प्रदेश पार्टी कार्यालयमा बुधबार दुवै पक्षबीच झडप भयो।

धनगढीमा ओली र माधव पक्षबीच झडप

सर्वोच्व अदालतको फैसलाले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) पार्टीलाई व्युँताईदिएपछि सुदूरपश्चिम प्रदेशमा राजनीतिले फरक मोड लिएको छ । सुदूरपश्चिम प्रदेशमा एमालेको ईन्चार्ज भीम रावललाई मान्ने कि लेखराज भट्टलाई मान्ने बिषयमा ओली पक्ष र माधव पक्ष बिच बिवाद उत्पन्न भएको छ ।

सुदूरपश्चिममा कुरीति हटाउन धर्मगुरु र भलमन्सासँग सहकार्य

समाजमा घट्ने सामाजिक कुरीतिविरुद्ध जागरुक गराउन धनगढी क्षेत्रका धर्म गुरु र भलमन्सासँग छलफल गरिएको छ। धनगढी उपमहानगरपालिका, न्यायीक समितिले सोमबार नगरका भलमान्सा तथा धार्मिक अगुवासँग प्रचलित कानुनी व्यवस्थाका बारेमा छलफल गरेको हो।

प्रदेश सरकारमा दुई मन्त्री अझै थपिएन

सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले करिव दुई महिना हुदाँ पनि मन्त्री थप गर्न सकेको छैन । नेकपा दुई समुहमा बिभाजन भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा रहेका ओली पक्षिय दुई मन्त्री बाहिरिएपछि मन्त्रालय मन्त्री बिहिन बनेका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्