५ माघ २०८२ सोमबार
image/svg+xml

विदेशी हस्तक्षेप र तोडफोडले देश थिलथिलो बनेको अवस्थामा सबै एकताबद्ध हुनुपर्छ : झलनाथ खनाल

उनले विदेशी हस्तक्षेप र तोडफोडले देश थिलथिलो बनेको अवस्थामा देशका सबै जातजातिका जनता एकताबद्ध हुनुपर्नेमा जोड दिए।

ग्रीनल्याण्डको दुर्लभ खनिजमा ट्रम्प, पुटिन र सीको नजर

पछिल्ला वर्षहरूमा आर्कटिक समुद्री हिउँको क्षेत्रफल घट्दै गएको छ। सन् २०२५ मा वार्षिक अधिकतम हिउँ क्षेत्रफल रेकर्डमा सबैभन्दा कम भएको छ। यसले समुद्रहरू लामो समय खुला राखेको छ। पहिले बाक्लो हिउँले जहाजहरू रोक्दथ्यो, तर अब साधारण जहाजहरू पनि गुड्छन्। उत्तरी समुद्री मार्ग सबैभन्दा महत्वपूर्ण छ, जसले युरोप–एसियाको यात्रा छोटो बनाउँछ। रुसले यसमा बन्दरगाह र सैन्य उपस्थिति बढाएको छ।

नेपाली पहिचान निर्माण गर्न पर्वहरूको महत्वपूर्ण योगदान हुन्छः माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले चाडपर्वहरूले आपसी एकता, सद्भाव र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताएका छन्।

सोनाम ल्होछार जस्ता पर्वले उज्यालो दिएको छ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार पर्वको शुभकामना दिएका छन्।

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्ष गर्नुपर्नेछ : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, समानता, समावेशिता तथा उत्पीडित समुदायका अधिकारका लागि अझै सङ्घर्ष गर्नुपर्नेमा अवस्था रहेको बताएका छन‍्।

प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार पर्व मनाइन्छ।

दुई लाख ८२ हजार पुग्यो सुन, चाँदीले पनि बनायो रेकर्ड

सुन तोलामा चार हजार २ सय रुपैयाँ बढेर दुई लाख ८२ हजार रुपैयाँ पुगेको छ। सुन आइतबार दुई लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

बाँकेमा एमाले र नेकपाले टुंग्याए उम्मेदवार, कांग्रेससहितका दल अलमलमा

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सबै उम्मेदवार टुंगो लगाएका छन्।

रसुवामा सर्वदलीय बैठक सम्पन्न

बैठकमा आचार संहिताको पूर्णपालना, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने, मनोनयन दर्ताका लागि समय निर्धारण जस्ता विषयमा भएको छलफलमा थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्