३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

परीक्षामा जुत्ता मोजा लगाउन प्रतिबन्ध

चिट चोर्न बाट रोक्ने उद्देश्यले भारतको उत्तरी राज्य बिहारमा विद्यार्थीलाई परीक्षाका बेला जुत्ता वा मोजा नलगाउन प्रशासनले आदेश जारी गरेको छ । परीक्षामा विद्यार्थीले आफ्नो नोटबाट उत्तर नसारुन् भनेर यस्तो कदम चालिएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा प्रकाशित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले डिसेम्बर २०१७ मा संचालन गरेको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा प्रकाशित गरेको छ।

चिट चोर्न नपाएपछि १० लाख विद्यार्थीले परीक्षा दिएनन्

भारतको उत्तरी राज्य उत्तर प्रदेशका १० लाख विद्यार्थीले बोर्ड परीक्षा नदिएपछि मुख्यमन्त्री योगी आदित्यनाथले परीक्षा प्रणालीलाई सजिलो बनाउने भएका छन् ।

स्नातक दोश्रो वर्षको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालयले गत असार/साउनमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको छ।

एसइई परीक्षाका लागि सामग्री जिल्ला पठाउन शुरु

आउदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु गरीएकोे छ।

कानुन र मानविकी स्नातकोत्तर द्वितीय वर्षको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल चैत/वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ।

परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल सोमबार प्रकाशित गरिएको छ ।

परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ चार वर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आइतबार प्रकाशित गरेको छ।

विवेकशील साझाको अग्निपरीक्षा

दोस्रो विश्वयुद्ध चल्दै थियो । अमेरिकी कम्पनी ‘कोकाकोला’लाई जर्मनीमा काम गर्न निकै गाह्रो हुँदै गयो । बिस्तारै कोकाकोला कम्पनीलाई कच्चा पदार्थको कमी हुन थाल्यो । अन्य धेरै कम्पनीहरू धमाधम बन्द हुँदै थिए । कोकाकोलाको कच्चा पदार्थ त्यति बेला बाहिरबाट ल्याउन सम्भव थिएन । कम्पनीले जर्मनीमा के छ भनेर खोज्यो । त्यति बेला जर्मनीमा सुन्तला पाइन्थ्यो । कम्पनीले त्यही प्रयोग गरेर नयाँ पेय पदार्थ बनाए जसको नाम थियो, ‘फ्यान्टा’ । तत्कालीन अवस्थामा कम्पनीले टिक्ने रणनीति लियो जसले गर्दा उसलाई नयाँ कुराको आविष्कार गरायो र सफलसमेत बनायो । कम्पनीमा होस् वा राजनीति, सफलताको राज नै जनभावनालाई प्रतिनिधित्व गर्दै निरन्तर अघि बढ्नु हो।

कक्षा ८ को परीक्षा शिक्षा कार्यालयमा

रुकुम पूर्व र पश्चिम दुवै जिल्लामा यसपाली पनि कक्षा ८ को जिल्ला स्तरीय परीक्षा शिक्षा कार्यालयमा सञ्चालन हुने भएको छ। मंगलबार रुकुम पश्चिमको सदरमुकाम खलंगामा बसेको दुवै जिल्लाका माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले देश संघीयतामा गए पनि अहिलेसम्म विद्यालय ऐन र नियमावली खारेज नभएको र नयाँ ऐन तथा नियमावली समेत नबनेकाले कक्षा ८ को परीक्षा जिल्ला शिक्षा कार्यालयबाट नै सञ्चालन गर्ने निर्णय गरेको हो।

कक्षा ११ को परीक्षाफल पुस तेस्रो सातामा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ। स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढिलाइ गरेको छ।

पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड, पुनः परीक्षाको माग

पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा रहेको कार्यालयमा आज विद्यार्थीले तोडफोड गरेका छन्।  प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जिपी कोइराला कलेज (कृषि संकायको कार्यालय) गोठगाउँमा तोडफोड गरेका हुन्।

कानुन स्नातकोत्तर प्रथम वर्षको परीक्षाफल प्रकाशित

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ-फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

चिट चोर्ने परीक्षार्थी चार वर्ष परीक्षा दिन नपाउने

इलेक्टोनिक उपकरणसहित पक्राउ परेका १२ विद्यार्थीले चार वर्षसम्म कुनै पनि एमबिबिएस प्रवेश परीक्षामा सहभागी हुन नपाउने भएका छन्।

चिट प्रकरणपछि आइओएमको परीक्षा रद्द

त्रिवि चिकित्साशास्त्र अध्यायान संस्था (आइओएम) परीक्षा समितिले चिट चोरी प्रकरण बाहिरिएको एमबिबिएस प्रवेश परीक्षा रद्द गर्ने निर्णय गरेको छ। त्रिविको कात्तिक ३० को निर्देशनाअनुसार नै संचालित परीक्षा रद्द गरेर छिट्टै नयाँ परिक्षा मिति निर्धारण गरिने आइओएमले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्