२० आश्विन २०८१ आइतबार
image/svg+xml

हिउँदे झरीले दुई जिल्लाका आलु किसानलाई एक अर्ब घाटा

आलु खेती असोजको अन्त्यतिर गर्न सकिन्छ। आलु खेती अलि छिटो गर्दा हिउँदे वर्षाबाट हुने क्षतिलाई केही कम गर्न सकिन्छ।’

वर्षाले पाँंच करोड काँंचो इटा नष्ट, कर छुट गर्न व्यवसायीको माग

बिहीबारदेखिको वर्षाले भक्तपुरका इटाभटाहरुका करिव पाँंच करोड इटा नष्ट भएको इटाभटा व्यवसायीहरुले बताएका छन्।

आलु किसानलाई १ अर्ब घाटा

अधिक हिउँदे वर्षाका कारण बाँके र बर्दियामा ५० प्रतिशतले आलु उत्पादन घट्ने अनुमान गरिएको छ। आलु उत्पादनमा असर गरेपछि यस क्षेत्रका किसानलाई १ अर्ब भन्दा बढी घाटा हुने आँकलन छ।

पश्चिमी वायुको प्रभावले पश्चिममा वर्षा र हिमपात

पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।

फेरि वर्षा र हिमपातको सम्भावना

वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मङ्गलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिमपात र वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली बुधबार साँझदेखि सशक्त हुनेछ। यसका कारण देशको मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ।

हिउँदे खेतीमा १५ प्रतिशत ह्रास

बाँके खजुरा गाउँपालिकाका किसान लालबहादुर खत्रीले गत वर्ष १० लाख रुपैयाँको टमाटर बिक्री गरेका थिए। उनले खजुरा आएर गाउँमा तीन बिघामा टमाटर र एक बिघामा आलु लगाएका छन्। यस वर्ष उनले टमाटर र आलुबाट १५ लाखको कारोबार गर्ने लक्ष्य राखेका थिए। तर, गत शुक्रबारको अविरल वर्षाले उनको लक्ष्य पूरा नहुने भएको छ।

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले सनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाले काँचो इट्टा नष्ट, करोडौंको क्षति

भट्टीमा हाल्नको लागि तयारी पारिएको करोडौ मूल्यको काँचो इटामा शुक्रबार र शनिबार परेको बर्षाले क्षति पुर्‍याएको छ। एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो इटा बर्षाले नष्ट भए पछि भट्टा संचालकहरु आर्थिक भारमा परेका छन्।

वर्षा र हिमपातले जनजीवन कष्टकर

शुक्रबार बिहानदेखि करिब २४ घण्टा भएको वर्षा र हिमपातले जिल्लाको उच्च भेगको जनजीवन कष्टकर बनेको छ। लेकका अधिकांश क्षेत्रका सडक हिमपातले अवरुद्ध बन्दा यातायात सेवासमेत प्रभावित बनेको छ। आवागमन सहज नहुँदा सर्वसाधारण मारमा परेका छन्।

बर्षाले हिमपात, लेक क्षेत्रमा अत्यधिक चिसो

शुक्रबार बिहानदेखिको २४ घण्टे बर्षासँगै जिल्लाको उच्च लेक क्षेत्रमा केही वर्ष यताकै बाक्लो हिमपात भएको छ। बर्षा र हिमपातका कारण ती क्षेत्रमा अत्यधिक चिसो बढेसँगै जनजीवनसमेत प्रभावित बनेको छ। लेकका अधिकांश क्षेत्रका सडक हिमपातले अवरुद्ध बन्दा यातायात सेवासमेत प्रभावित बनेको छ। आवागमन सहज नहुँदा सर्वसाधारणहरु मारमा परेका छन्।

वर्षातले १० करोडको इँटा नष्ट

शुक्रबार दिनभरको वर्षातका कारण बाँकेमा इँटा व्यवसायीले १० करोड रुपैयाँ बढीको नोक्सानी व्यहोर्नुपरेको छ। तयार पारिएको काँचो इँटा गलेर नष्ट भएका कारण व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको इँटा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जैनुल खाँले बताए।

हिमपात र वर्षाले जनजीवन प्रभावित

शुक्रबार दिनभर गोरखा सदरमुकामलगायत आसपासका क्षेत्रमा वर्षात् भएको छ। पश्चिम वायुको प्रभावका कारण देशभर मौसममा बदली आएसँगै उत्तरी गोरखातिर भने दिनभर हिमपात भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्