४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आँधीखोला सुली प्रकरण : १ करोड १७ लाख रुपैयाँ क्षति

आँधीखोला नदीमा एमोनियायुक्त बिषाक्त कुखुराको सुली मिसाउँदा करिब एक करोड रुपैया बराबरको क्षति भएको छानबिन समितिले प्रारम्भिक ठहर गरेको छ।

आँधीबेरीबाट एक महिलाको मृत्यु

कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए ।

आँधीखोला घटनाको छानबिन गर्न नेफेजको माग

स्याङ्जाको गल्याङस्थित आँधीखोला नदीमा माछासहित जलचर प्राणी सखाप पार्न भूमिका निर्वाह गर्नेमाथि छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले सम्बन्धित पक्षसंग अपिल गरेको छ।

सुली मिसाएपछि आँधीखोलाको पानी सफा गर्न चुना

आँधीखोलाको पानी सफा गर्नका लागि चुना हालिएको छ। भिरकोट नगरपालिका–६ मा सञ्चालनमा रहेको खिलुङ कालिका एग्रो फर्मले आँधीखोलामा सुली फालेपछि दुर्गन्धित पानीलाई सफा बनाउन गल्याङ नगरपालिकाले चुना हालेको हो।

आँधीखोलाका जलचर मरे

स्याङ्जाको गल्याङ नगरपालिका–११ र ७ को सीमामा पर्ने आँधीखोला नदीका जलचर मरेका छन् । शनिबार बिहान एक्कासि आँधीखोला किनारामा मरेका माछा भेटिएपछि स्थानीय प्रशासनले अनुसन्धान प्रक्रिया सुरु गरेको छ ।

भारतमा आँधीबाट मृत्यु हुनेकाे संख्या १४३ पुग्याे

उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३ पुगेको समाचारमा जनाइएको छ।

फिलिपिन्समा आँधी र पहिरोमा परी ४१ को मृत्यु

फिलिपिन्समा शनिबार शुरु भएको भीषण आँधीपछिको पहिरोमा परेका थप १० व्यक्तिको शव मङ्गलबार निकालेपछि यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४१ पुगेको छ ।

जापानमा आँधीबाट पाँचको मृत्यु, यातायात व्यवस्था ठप्प

मध्य जापानमा आएको आँधीबाट पाँच जनाको ज्यान गएको समाचार छ। आइतबारदेखि जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ।

आँधीका कारण क्रिकेट स्थगित

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल टाइफुन आँधीका कारण स्थगित भएको छ।

इरमा आँधीका कारण फ्लोरिडाका ७ सय नेपालीले घर छोडे, ६० लाख प्रभावित

सामुन्द्रिक आँधीबाट टेक्सासको जनजीवन सामान्य हुन नपाउँदै अर्को राज्य फ्लोरिडामा ‘इरमा’ का कारण ६० लाख मानिसलाई घर छोडेका छन्। उत्तरी क्यूबालाई क्षति पु‍र्याउँदै अमेरिकाको फ्लोरिडा राज्यतर्फ डरलाग्दो रूपले बाटो लिएको यो आँधीका कारण त्यहाँ बसोबास गर्दै आएका करिब सात सय नेपालीहरु आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्।

अमेरिकामा आँधीका कारण ९ जनाको मृत्यु

अमेरिकाको क्यारिबियन क्षेत्रमा आएको हरिक्यान इर्मा नामक आँधीका कारण कम्तीमा ९ जनाको मृत्यु भइसकेको छ ।

अस्ट्रेलियामा भीषण आँधी

अस्ट्रेलियाको क्विजल्याण्डको साइक्लोन टापु नजिकैको पर्यटकीय क्षेत्रमा बिशाल आँधी आएको छ। आँधीबाट त्यस क्षेत्रका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। घरको झयाल ढोकालाई बालुवा भरिएको बोराले वरिपरि घेरिएको छ।

अमेरिकामा शक्तिशाली आँधी, ट्रेन–ट्रयाक्टरमा क्षति, उडान अवरुद्ध

संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बिहीबार गएको तीव्र गतिको शक्तिशाली आँधीले ठूलो विनाश गराएको छ। उक्त आँधीले ट्याक्टर, हवाइजहाज तथा ट्रेनसमेत क्षति पुर्याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्