किरण र नङ्सल उत्कृष्ट वर्ष खेलाडी
फुटबलका किरणकुमार लिम्बु र ब्याड्मिन्टनकी नङ्सल तामाङ सोमबार वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् ।
फुटबलका किरणकुमार लिम्बु र ब्याड्मिन्टनकी नङ्सल तामाङ सोमबार वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् ।
मेघराज केसी र उनको क्लब थ्री स्टारका लागि २०७३ चरम उतारचढावको वर्ष रह्यो । प्रशिक्षक केसीको नेतृत्वमा थ्री स्टारले मंगोलियामा भएको एएफसी कपको प्रारम्भिक छनोटमा सफलता प्राप्त गर्यो ।
अन्तर्राष्ट्रिय स्तरमा उल्लेख्य सफलता हासिल गर्न नसक्नु मात्र नेपाली भलिबलको समस्या होइन । घरभित्र पनि भलिबल राम्ररी व्यवस्थित हुन भ्याइसकेको छैन । त्यसका बावजुुद माटो सुहाउँदो भन्दै नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको छ ।
लामो दूरीकी धाविका कान्छीमाया कोजु २०७३ सालमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा अन्य प्रतिस्पर्धीसँगै पल्सर स्पोर्ट्स अवार्डका लागि महिला वर्ष खेलाडीको हकदार भएकी छिन् । सशस्त्र प्रहरी बल एपीएफकी धाविका कोजुसँगै ब्याडमिन्टनकी अन्तर्राष्ट्रिय पदकधारी नङ्सल तामाङ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र त्रिभुवन आर्मी क्लबकी धाविका सरस्वती भट्टराई पनि महिला वर्ष खेलाडीका लागि दाबेदार हुन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार लिम्बुले गत वर्ष अन्तर्राष्ट्रिय खेलमा चार पटक पेनाल्टी जोगाएका थिए । नेपालले मलेसियाको एएफसी सोलिडारिटी कपमा उपाधिसम्मको यात्रा तय गर्दा उनले सेमिफाइनलमा तीन पटक विपक्षीका पेनाल्टी असफल पारेका थिए।
पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो बिहीबार लगातार दोस्रो पटक युइएफए वर्ष खेलाडीको अवार्ड जित्न सफल भएका छन्। दोस्रो पटक युइएफए वर्ष खेलाडीको अवार्ड जित्ने क्रममा रोनाल्डोले चीर प्रतिद्वन्द्वी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी र युभेन्ट्सका कप्तान तथा गोलकिपर जियानलुइजी बुफोनलाई पछि पारे।
समता शिक्षा निकेतन विद्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ल्याप्टप उपहार दिइएको छ ।
चिनियाँ राष्ट्रपति सि जिङ पिङले बलिउड चलचित्र दंगललाई एक हेर्न लायक चलचित्र रहेको भनी प्रशंसा गरेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शुक्रबारको भेटवार्ताको क्रममा यस्तो बताएका हुन्।
कलाको विश्वलाई व्यंग्य गरेर निर्माण गरिएको स्वीडिस फिल्म 'दि स्क्वायर'ले फ्रान्समा भएको ७० औं संस्करणको 'कान्स फिल्म फेस्टिबल'मा उत्कृष्ट फिल्मको अवार्ड जितेको छ। फेस्टिभलमा प्रदान गरिने 'पाम डि ओर' अवार्डका लागि १९ फिल्मबीच भएको प्रतिष्पर्धामा यो फिल्म उत्कृष्ट बनेको हो।
ओपनर हासिम अमलाले उत्कृष्ट प्रदर्शनलाई जारी राखेपछि इन्डियन प्रिमियर लिगमा आइतबार किङ्स–११ पन्जाबले गुजरात लायन्सलाई २६ रनले हराएको छ। यसअघिको खेलमा अमलाले अविजित १ सय ४ रनको योगदान गरे पनि पन्जाब मुम्बई इन्डियन्ससँग ८ विकेटले पराजित भएको थियो।
सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले सोमबार रोयल नेपाल गल्फ क्लबको कोर्समा सुरु हुने भएको छ।
किरन पोलार्ड र कुनाल पाण्डेले छैटौं विकेटका लागि ९३ रनको महत्वपूर्ण साझेदारी गरेपछि मुम्बई इन्डियन्सले शुक्रबार इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा रोयल च्यालेन्जर्स बेङलोरमाथि उत्कृष्ट पुनरागमनमा ४ विकेटको जित हासिल गरेको छ।
दीपेन्द्र लामा निर्देशित नेपाली फिल्म घामपानीको बिहीबार राजधानीमा विशेष प्रदर्शन गरिएको छ। बिग मुभिजमा आयोजित विशेष शोमा नेपाली फिल्म क्षेत्रमा सक्रिय तथा फिल्म निकट व्यत्तित्वहरुको उपस्थिति रह्यो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर नेपाली सेनाले उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा आफूलाई स्थापित गर्दै आइरहेको बताएका छन् ।
घरेलु मैदानमा १—० ले पछि परेको नेपोलीले शनिबार उत्कृष्ट पुनरागमन गर्दै लगातार छैटौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्यमा रहेको युभेन्ट्सलाई १–१ को बराबरीमा रोकेको छ।