पाल्पा-बुटवल सडक सुचारु
गएरातिदेखि अवरुद्ध बनेको बुटवल पाल्पा सडक खण्ड सुचारु भएको छ । सवारी आवागमन सहज भएको छ । बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाची, स्याङजा, पोखरा, बाग्लुङका लागि छुटने सवारी साधनहरु चलेका छन् ।
गएरातिदेखि अवरुद्ध बनेको बुटवल पाल्पा सडक खण्ड सुचारु भएको छ । सवारी आवागमन सहज भएको छ । बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाची, स्याङजा, पोखरा, बाग्लुङका लागि छुटने सवारी साधनहरु चलेका छन् ।
बुटवलमा पहिलो पटक रोजगार मेला लाग्ने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीको आायोजामा र अन्तराष्ट्रिय श्रम संगठन आइएलओको आर्थिक सहयोगमा २१ गतेदेखि २३ गतेसम्म रोजगार मेला लाग्ने भएको हो ।
ठेक्का लागेको झण्डै तीन महिनापछि काम सुरु भएको बुटवल गोलपार्क सडक खण्डको बिस्तार फेरि रोकिएको छ। बुटवल बेलहिया व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधिन ६ लेन सडक बिस्तारको काम अदालती परमादेशका कारण अवरुद्ध भएको हो।
सडकका दुवै छेउमा थुपारिएका ढुंगा गिट्टी बालुवाको रास। बीचमा ठूल्ठूला खाडल। हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडक। दैनिक सयौं सवारीसाधान ओहोरदोहोर गर्ने अति व्यस्त बुटवल बेलहिया व्यापारिक मार्ग हो यो।
बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ। उपमहानगरपालिका–८ सुख्खानगमा रहेको भाटभटेनीमा आइतबार बिहान करिब ४ बजेतिर आगलागी भएको हो।
समय थप्दा र संगठित संस्थालाई गुहार्दा पनि बुटवल पावर कम्पनी (बिपिसी)कोे नबिकेको सेयर अब सेयर प्रत्याभूति गर्ने संस्थाले किन्नुपर्ने भएको छ।
जताततै फोहर,धुलाम्मे र ट्राफिक जामले अस्तव्यस्त। हाम्रा शहरका बारेमा कुरा गर्दा दिमागमा यी विषय नाचिहाल्छन्। अब बुटवलको सडक धुलाम्मे र फोहर होइन्, सडकको दाँया—बाँया थरिथरिका फुल फुल र हरियालीले हेर्न लायक हुनेछन्।
नेपालका चर्चित रक व्यान्डका सदस्यहरू आबद्ध भएको नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ले गत शनिवार बुटवलमा ‘टुबोर्ग फेरि उठ्नेछ नेपाल ३’ नामक भव्य कन्सर्ट गरेको छ । चिसो मौसमको वेवास्ता गर्दै झण्डै पाँच हजार बढी दर्शकले व्यान्डमा रहेका गायकगायिकाको गीतबाट मनोरञ्जन लिए।
हस्पिटालिटी नेपाल कन्टेस्टको बुटवल अडिसनबाट ६ जना छानिएका छन्। शनिबार भएको अडिसनमार्फत प्रतियोगिताका लागि बुटवल र आसपासका क्षेत्रबाट ६ जना छनौट भएको आयोजक एपी इन्टरटेनमेन्मटले जनाएको छ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँडले ५ नम्बर प्रदेशको स्थायी राजधानी पनि बुटवल नै हुने दाबी गरेका छन्। तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको चौथो साधारणसभाको शनिवार उदघाटन गर्दै नेता खाँडले प्रदेश सभाका सदस्यहरुले सर्बसम्मत रुपमा बुटवललाई प्रदेशको राजधानी बनाउने दाबी गरे।
एनसेल मेला २०७४ शनिबार बुटवलको दीपनगरस्थित सिद्घेश्वरी मैदानमा आयोजना हुँदैछ। आफ्ना ग्राहक तथा शुभचिन्तकसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रत गतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न मेला आयोजना गरिएको एनसेलले जनाएको छ।
बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी)ले चीनका तीन प्रमुख कम्पनीहरुसँग साझेदारी गरेको छ । बिपिसीले उक्त साझेदारीको बुधबार आयोजित एक कार्यक्रममा घोषणा गरेको हो। बिपिसीले चीनका तीन प्रमुख हाइड्रोपावर कम्पनी सिचुवान प्रोभिन्सियल इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड, चेङ्दु सिंचेन इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र छिमयुआन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडबीच भएको उक्त साझेदारीको सुरुआत गण्डकी अञ्चलको उच्च हिमाली क्षेत्रमा अवस्थित तल्लो मस्र्याङ्दी हाइड्रोपावर आयोजनाबाट हुनेछ । उक्त आयोजना एक सय मेगावाटभन्दा बढी क्षमताका छन् । निकट भविष्यमा थप अन्य आयोजना पनि निर्माण गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
स्थानीय तहकै स्वास्थ्यसंस्थामा उपचार हुनुपर्ने डेंगुका बिरामीले उपचार नपाएपछि बुटवलबाट राजधानी धाउनुपरेको छ । बुटवलबाट राजधानीको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा दैनिक बिरामी आइरहेको अस्पतालले जनाएको छ । ‘उतै उपचार हुनुपर्ने हो, बिरामी आत्तिँदै यतै आइरहेका छन्’, टेकु अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले भने।
पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन् । उत्तर दक्षिण जोड्ने एकमात्र सडक सिद्धार्थ राजमार्ग भएर यहाँ दैनिक सयौँको संख्यामा सवारीसाधन गुड्ने गर्छन्।
बुटवल उपमहानगरपालिका वडा नम्बर २, मैनाबगरमा बनाउन लागेको ‘बुटवल अटो भिलेज’ आठ वर्ष हुँदा पनि डिजाइनमा मात्रै सीमित भएको छ।