१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

आइपिओबिनै एफपिओ ल्याउँदै बुटवल पावर कम्पनी

बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले साधारण सेयर निष्कासन (आइपिओ) जारी नगरी थप सार्वजनिक निष्कासन (एफपिओ) ल्याउने तयारी गरेको छ। बिपिसीले मंगलबार नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) लाई पत्र पठाउँदै एफपिओ निष्कासन गर्न लागेको जानकारी गराएको छ।

बुटवलमा ओम डेभलपमेन्ट बैंक

ओम डेभलपमेन्ट बैंकले बुटवलमा ३१औ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक रेवतीप्रसाद नेपाल तथा ब्रह्माकुमारी विश्वविद्यालय पश्चिमाञ्चलकी सहनिर्देशक ब्रह्माकुमारी कमलाले संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ ।

बुटवल धागो कारखानाको जग्गा फिर्ता भएन

बुटवल धागो कारखानाको जग्गा अझै फिर्ता हुन सकेको छैन । बुटवल नगरपालिका– १२ रामनगरस्थित बुटवल औद्योगिक क्षेत्रमा रहेको बुटवल धागो कारखाना बन्द भएको वर्षौंँ भइसक्दा पनि सरकारले सञ्चालन गर्न नसक्दा उक्त जग्गा अनुत्पादक क्षेत्रमा गएको भन्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले फिर्ता माग गरेको छ ।

बुटवलमा उर्लियाे मानव सागर, सत्तापक्षका नेतासमेत सहभागी

पाँच नम्बर प्रदेश टुक्र्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध शुक्रबार तेस्रो दिन पनि बुटबलमा विशाल सभाकाे अायाेजना गरिएको छ। सत्तापक्षसहितका राजनीतिक दलको अगुवाइमा विशाल सभाभएको हो।

प्रदेश टुक्र्याउने प्रस्तावविरुद्ध बुटवलका उद्योगीको प्रदर्शन

सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने मागसहित शुक्रबार बुटवलका उद्योगी व्यवसायीले जुलुस प्रदर्शन गरेका छन्।

सर्वपक्षीय भेलामा तीन दलका नेता बुटवल आउँदै, जुलुसमा सहभागी हुने

संविधान संसोधन विधेयकलाई लिएर 5 नम्बर प्रदेशमा उत्पन्न समस्या समाधान गर्न आज सर्वपक्षीय भेला आयोजना हुँदैछ। बुटवलमा हुने भेलामा सहभागी हुन नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम, सचिव विष्णु पौडेल र घनश्याम भुषाल बुटवल आउने भएका छन्।

पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्तावकाे बुटवलमा चर्को विरोध

संसदमा पाँच नम्बर प्रदेश टुक्र्याउने गरी संशोधन प्रस्ताव दर्ता भएपछि चर्को विरोध भएको छ। बुधबार बिहानैदेखि विद्यार्थीहरुले ठाउँ ठाउँमा प्रर्दशन गरेका छन्। लुम्विनी बाणिज्य क्याम्पस, बुटवल बहुमुखी क्याम्पसका विभिन्न विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन्। टायर बालेर चक्काजाम गरेका छन्।

बुटवल सहरमा आठ सय थान सौर्यबत्ती जडान

बुटवल उपमहानगरपालिकाको सहरी क्षेत्रमा आठ सय थान सौर्यबत्ती जोडिने भएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा जनसङ्ख्या तथा वातावरण मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा सौर्यबत्ती जडान गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्