४ मंसिर २०८१ मंगलबार
image/svg+xml

चुनावमा कलाकार : नाच्दै, गाउँदै, भोट माग्दै

दसैं÷तिहार पछिको समय सुटिङका लागि उपयुक्त मानिन्छ । मौसमको अनुकुलताका कारण पनि निर्माता ÷ निर्देशक यो समयमा सुटिङ गर्न रुचाउँछन् । संगीत र नाटकमा संलग्न कलाकारको पनि काम गर्ने समय यही हो ।

युनिटीका सञ्चालकलाई ठगीमा सफाइ, करको मुद्दा जिल्लामै फिर्ता

सर्वसाधारणबाट ६ अर्बभन्दा बढी रुपैयाँ असुल गरी ठगी गरेको आरोपमा चार वर्षअघि ललितपुर जिल्ला अदालतबाट सजाय पाएका युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालकलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।

विद्यालय बन्द गरेर चुनाबमा लागेका शिक्षकलाई विद्यालय फर्कन निर्देशन

विद्यालय बन्द गरेर प्रधानाध्यापक र शिक्षक निर्वाचन प्रचानरप्रसारमा लागेपछि रसुवामा पठनपाठन प्रभावित भएको छ।  सरकारी विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलको झण्डा बोकेर लागेपछि पठनपठन प्रभावित बनेको हो।

हङकङमा नेपाली सेनाका धावकलाई स्वर्णपदक

नेपाली सेनाका धावकले हङकङमा भएको ट्रेल रेसमा स्वर्णपदक जितेका छन्। साई कुङ देखी टियुन मुनसम्म भएको १ सय किलोमिटर रेसमा नेपाली सेनाका ४ जना अल्ट्रा धावकहरुले १२ घण्टा १ मिनेटको समयमा उक्त दुरी पार गरी स्वर्ण पदक जितेका हुन्।

कलाकार अजय सबैतिर ठिक

कलाकार अजय अधिकारी ‘सुशील’ले केही दिनअघि फेसबुकमा तस्बिर पोष्ट गरे । त्यो तस्बिर थियो–घरबाट स्कूल जान हिडेपनि दिनभर बाग्मती नदीमा गएर खेल्ने विद्यार्थीको।

पाठकलाई विज्ञ बनाइदिने पुस्तक

‘नेपाली कसरी लेख्ने ?’ भाषासँग सम्बन्धित पुस्तक हो । यस्ता पुस्तक अत्यन्त नीरस, नियम र परिभाषाले भरिएका, ज्यादै पट्यारलाग्दा हुन्छन् । तर यो पुस्तक त्यसको ठीक उल्टो छ । मीठो कथा जस्तो अथवा रमाइलो उपन्यास जस्तो, पढ्न थालेपछि छोड्न मन नलाग्ने खालको, सरस र सरल छ ।

रहेनन् होचा कदका कलाकार

होचो कलाकार दीपेन शाहको बिहीबार बिहान निधन भएको छ । धादिङको कार्यक्रम सकेर चार दिनअघि ललितपुरको घर फर्किएका दीपेन अस्वस्थ्य भएपछि किस्ट अस्पताल भर्ना भएका थिए । उनले अस्पतालमै बिहीबार बिहान ७ बजे अन्तिम सास फेरेका हुन् ।

तिब्बती संस्कृतिको प्रवर्द्धन गर्दै डिजिटल कला प्रदर्शनी

तिब्बती सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्दै आयोजना भइहरेको अन्तराष्ट्रिय डिजिटल कला प्रदर्शनीको सम्पन्न भएको छ । तिब्बती परम्परा, भौगोलिक दृश्य र सम्पदालाई भिडियोको माध्यमले प्रस्तुत गरिएको प्रदर्शनीले नेपाल र चीनको मैत्री सम्बन्धलाई प्रवद्धन गरेको आयोजकको दावी रहेको छ ।

वाम गठबन्धनले मुलुकलाई निकास दिन्छ : नेता खनाल

नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताएका छन्। इलामको लक्ष्मीपुरस्थित दाहालटारमा शनिबार बिहान कार्यकर्तासँगको भेटघाटमा उनले भने—“अहिले कम्युनिस्टहरूबीच वाम गठबन्धन भएको देखेर अधिनायकवाद आयो भन्नेहरू नै मुलुकमा अधिनायकवादी शैली अपनाउँदैछन्।”

‘भाषा, धर्म र संस्कृतिबारे लेखनले मुलुकलाई जोड्छ’

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य अन्सारी समाज बुझ्नका लागि पनि विविध विषयमा अध्ययन गर्छिन् । आयोगको कामबाट फुर्सद मिल्नेबित्तिकै उनी समसामयिक विषयमा लेखिएका पुस्तकमा घोत्लिन पुग्छिन् । अन्सारीको अध्ययन एउटै विषयमा मात्र केन्द्रित छैन ।

समानुपातिकलाई छुट्टै मतपत्र पर्दैनः सर्वोच्च

समानुपातिक निर्वाचन तर्फ पनि छुट्टै मतपत्र छाप्नु पर्ने मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले उक्त आदेश दिएको हो। प्रत्यक्ष तर्फ मात्र नभएर समानुपातिकको लागि समेत छुट्टै मतपत्रको लागि आदेश माग गर्दै अधिवक्ता सुनिल कुमार पटेल र अधिवक्ता सिताराम अग्रवालले गत आइतवार छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

ओली र दाहालले दुवै पार्टीका केन्द्रीय बैठकलाई सम्बोधन गर्ने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने भएका छन् । दुवै पार्टीका अध्यक्षले तल्लो कमिटीलाई जारी गरेको सातबुँदे निर्देशनमा एकअर्काका केन्द्रीय कमिटीलाई दुवै अध्यक्षसहित संयोजन समितिका सदस्यले सम्बोधन गर्ने उल्लेख छ।

दर्शकलाई ‘कोहलपुर एक्सप्रेस’ चढाउँदै केकी

सात वर्ष अघि फिल्म ‘स्वर’बाट फिल्मी अभिनयमा डेब्यु गरेकी अभिनेत्री केकी अधिकारीले झण्डै दर्जन फिल्ममा अभिनय गरेपछि भूमिका परिवर्तन गरेकी छिन् । अभिनयमार्फत् दर्शकको मन जित्दै आएकी केकीले सोमबारबाट निर्माताको रुपमा पनि दर्शकमाझ आउने घोषणा गरेकी छिन् ।

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाई दिएर मनाइएको छ । बलिउड अभिनेत्री मनिषा कोइरालाले भाई सिद्धार्थ कोइराला र कोइराला परिवारसँग भाइटिका मनाएकी छिन् । अभिनेता अनमोल केसीले दिदी काजोल केसीको हातबाट टिका थापेका छन् । त्यस्तै कलाकारहरु प्रियंका कार्की, ऋचा शर्मा, रेखा थापा, इन्दिरा जोशी र साम्रागी राज्यलक्ष्मी राणा लगायतले आ–आफ्ना दाजुभाइलाई टिका लगाई दिएर भाइटिका मनाएका छन् ।

मुस्ताङमा हिमाली युद्धकला सिक्दै अमेरिकी सेना

मुस्तागंको जोमसोममा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त हिमाली युद्धकला तालिम शुरु भएको छ । तालिममा सेनाको महावीर रेञ्जर रेञ्जर रेजिमेन्ट र अमेरिकी सेनाको स्पेशल ट्याक्टिस स्क्वायड र स्पेशल अप्रेशन गु्रप सहभागी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्