३ मंसिर २०८१ सोमबार
image/svg+xml

क्यानभासमा राेशन विककाे मन्दिर काष्ठकला

चित्रकार रोशन विकको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान (नाफा)का कुलपति केके कर्माचार्यले बिहीबार राजधानीको लाजिम्पाटस्थित अरूपण आर्ट ग्यालरीमा ‘उडन रिफ्लेक्सन’ नामक वाटरकलर चित्रकला प्रदर्शनी शुभारम्भ गरे।

कीर्तिपुरमा पार्क निर्माण गर्न मूर्ति बनाउँदै कलाकाहरु

कीर्तिपुर नगरपालिका प्रवेश गरेलगत्तै उत्तरतर्फ लाग्ने बाटोको छेउमा एक हुल मानिसहरु भेला भएर ढुंगाहरुमा विभिन्न आकृति कोर्दै छन्। कोही ढुंगामा कोदेर नयाँ आकार दिन व्यस्त छन्, कोही ढुंगा सफा गर्दैछन् र कोही धुलोबाट बच्न माक्स खोज्दैन्। यो दृश्य कीर्तिपुर नगरपालिकाको स्थापना दिवसको दिन चैत १४ देखि कीर्तिपुरमा निर्माण हुन लागेको ‘युद्ध स्मारक पार्क’ को लागि आयोजना भइरहेको मूर्तिकला कार्यशालामा सहभागि कलाकारहरुको हो।

मिथिलाको प्रतिबिम्ब चित्रकलामा

चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी शुक्रबार समापन भएको छ। बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा ७ दिन सम्म चलेको प्रदर्शनीमा मिथिलाको वास्तविकतालाई चित्रकार यादवले २९ चित्रका माध्यमबाट प्रस्तुत गरेकी थिइन्।

रंगशाला बनाउन क्रिकेट खेल्दै कलाकार

चितवनमा प्रस्तावित रंगशाला निमार्णका लागि नेपाल ‘ए’ र ‘बी’ का बीच च्यारिटी क्रिकेट खेल हुन लागेको हो। नेपाली फिल्मका कलाकार सुनिल थापा, वीरेन्द्र हमाल, निर्मल शर्मा, सन्तोष लामा र राजु ढकाललगायत नियमित प्रशिक्षणमा छन्।

पाटनमा हस्तकला महाेत्सव

स्थानीय सर्वसाधारणको सीपबाट बनेका हस्तकला सामग्रीको महोत्सव ललितपुरको पाटनमा दुई दिनयता चलिरहेका छ। बेरोजगार र शैक्षिक योग्यता कम भएका सिपालु व्यक्तिले बुनेका तीनै हस्तकला अहिले विदेशीको लागि आकर्षक साम्रगी बनेका छन्। विदशी पर्यटकले नेपालको चिनो अर्थात् ‘कोसेली’का रुपमा हस्तकलाका सामग्री नै रोजाइमा पार्न थालेका छन्।

प्रकृति र मानिस जोड्दै सरिता

प्रकृति र मानिस परिपुरक हुन्। यी दुईबीचको प्रगाढ सम्बन्धलाई कलाकार सरिता डंगोलले आफ्ना चित्रमा प्रस्तुत गरेकी छन्। सन् १९९९ बाट चित्र कोर्न थालेकी डंगोलले त्यही समयदेखि नै आफ्ना चित्रमा प्रकृतिसँगको सम्बन्धलाई देखाउँदै आएकी छन्।

ग्यालरीमा जिउँदा उत्तम कला

कलाकार उत्तम खरेल हाल जीवित छैनन्। तर उनले सिर्जना गरेका कला आम दर्शकका लागि जिउँदो छ। कलामा फरक प्रयोग गर्न रुचाउने उत्तमका कलाहरू दर्शक र कलाकर्मीका लागि ‘यूनिक’ लाग्छन्। वर्षदिन अघि दिवङ्गत भएका उत्तमको सम्झनामा उनले सिर्जना गरेका कलाहरूको प्रदर्शनी आइतबारबाट राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरीमा सुरु भएको छ। उनले जीवनका अन्तिम क्षणसम्म सिर्जना गरेका कलाहरूमा दर्शकले विविधता पाउँछन्।

राजेशको सम्मानमा गीत र नृत्य

अभिनेता राजेश हमालको सम्मानमा राजधानीमा गीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ। साधना कला केन्द्रले हमालको सम्मानमा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ नामक कार्यक्रम गरी हमालको योगदानको कदर गर्न लागेको हो।

नेपाली चित्रकला सिक्दै चिनियाँ कलाकार

नेपाली कला, संस्कृति र प्रकृतिमा नलोभिने पर्यटक सायदै होलान्। मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित उपत्यका काठमाडौँ घुम्ने चाहना विदेशी पर्यटकको हुन्छ। काठमाडौँ घुम्नै पर्ने शहरको सूचीमा समेत परेको छ।

‘सहरका घर जोडिए पनि मन जोडिएन’

सहर भनेको सबैखाले सेवा सुविधा भएको व्यवस्थित बस्ती हो। सहरमा हरेक किसिमका विविधता लुकेका हुन्छन्। त्यहाँ धेरैभरका मानिसको रैथानेदेखि आुधनिक संस्कृतिसम्म भेटिन्छ। राज्यले पनि सहरको सुरक्षामा उच्च निगरानी राखेको हुन्छ। नीति नियमले सहरी क्षेत्रलाई चुस्त र व्यवस्थित बनाएको हुन्छ।

समाजलाई गीतको रोयल्टी

साइनो कला केन्द्र खोटाङले संगीत रोयल्टी संकलन समाजलाई गीतको रोयल्टी बुझाएको छ। ‘हलेसी साइनो स्टार–२०७५’ को आयोजक कला केन्द्रले ‘हलेसी साइनो स्टार’का प्रतिष्पर्धी छनोंटका क्रममा गीत बजाएवापत समाजलाई ५ हजार रोयल्टी बुझाएको हो।

चित्रबाटै संरक्षणको सन्देश

मुलुकभित्रका ६ सयभन्दा बढी चराको चित्र बनाइसकेका कलाकार हेम पौडेल ७८ वर्षको उमेरमा पनि चित्रकलामै समर्पित छन्। चित्रकलामार्फत् वातावरण संरक्षणको जनचेतना फैलाउने अभियन्ता हुन् उनी। चराका आकृति र तिनका बासस्थानलाई चित्रमा उतारेर संरक्षणको सन्देश बाँड्दै आएका कलाकार हुन्– हेम पौडेल।

चित्रकलामा आमाको थैली

कलाकार सौरगंगा दर्शनधारीको आमाको थैलीसँग पुरानो निकटता छ । बालक उमेरमा आमाको थैलीभित्र बज्ने सिक्काको खनखन्को आवाज अझैपनि उनको मस्तिष्कमा ताजै छ ।

जुठेल्नाको पानीमा उसको छाया देखिँदैन

आफूले क्यानभासमा कला र साहित्यको फ्युजन गरेको बताउँछन्, शेर्पा। पेन्टिङमा ‘पेटानी’ लगाएकी एक महिला टाउकोमा गाग्रो बोकर हिँडिरहेकी छे। पानी भरिएको गाग्रो। काटिएका रूख÷बिरुवाको ठुटो देख्न सकिन्छ। पेन्टिङको बीचबीचमा कविताका पंक्ति छन्।

‘म हुनुको अर्थ मेरो प्रश्नमा छ’

लोकतन्त्र र आलोचनाको कुरा गर्दा लोकतन्त्रको कुराकानी भनेर यो आञ्चलिक ठाउँमा उभिएर भन्दाखेरि कुनै अप्ठ्यारो महसुस हुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्